मुख्य समाचार
विश्व
— चीनले सरकारी कार्यालयहरूमा आईफोनको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार सार्वजनिक भएसँगै एप्पलको सेयरमा गिरावट आएको छ । चीनले सरकारी कार्यालयमा आईफोन प्रयोगमा प्रतिबन्ध लगाएको समाचार वाल स्ट्रिटले सार्वजनिक गरेसँगै लगातार दोस्रो दिन एप्पलको सेयरमा दोस्रो दिन पनि गिरावट आएको हो । पछिल्लो दुई दिनमा सेयर बजारमा ६ प्रतिशत अर्थात २०० बिलियन डलरबराबरले सेयर मूल्यमा गिरावट आएको ...
— रुस-युक्रेन युद्धको विषयमा जी-२० का सदस्य राष्ट्रहरूबीच एकै खालको धारणा नहुँदा साझा वक्तव्य नआउने आशंकाबीच आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र लगभग तयार भइसकेको जनाएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतका तर्फबाट जी-२० मा नेगोसिएसनमा रहेका शेर्पा अमिताभ कान्तले घोषणापत्र तयार रहेको र नेताहरुबाट अनुमोदन मात्रै बाँकी रहेको दाबी ...
— मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते ...
— विश्वको ठूलो अर्थ व्यवस्था भएका देशहरूको संगठन जी–२० को शिखर सम्मेलन शनिबार नयाँ दिल्लीमा सुरु भएको छ । बैठकको पहिलो दिनमै ‘नयाँदिल्ली जी–२० लिडर्स’ घोषणापत्रमा सहमति भएको छ । रुस–युक्रेन युद्धको विषयमा मतभेदका कारण घोषणापत्रमा सहमति हुनेबारे आशंका गरिएको थियो । तर, घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रले समर्थन गरेका हुन् । घोषणापत्र तयारीमा भारतका ...
— सन् १९६७ मा आजकै दिन (सेप्टेम्बर १०) मा जिब्रल्टारको सार्वभौमसत्ताको विषयमा जनमतसंग्रह भएको थियो । जनमतसंग्रहमा जिब्रल्टारवासीलाई बेलायतअन्तर्गत स्वशासित क्षेत्र वा स्पेनको विशेष भूभागका रूपमा रहने छान्न दिइएको थियो । जनमतसंग्रहमा बेलायती भूभागकै रूपमा रहने पक्षमा १२ हजार १३८ र स्पेनी भूभागका रूपमा रहने पक्षमा जम्मा ४४ मत परेको थियो । जिब्रल्टारलाई १७०४ अगस्ट ४ मा बेलायतले कब्जा ...
— शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् । उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रमा रहेका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ, जसका कारण बाढीपहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण ...
— फ्रान्सका शैक्षिक संस्थामा सरकारले मुस्लिम समुदायको पहिरनलाई प्रतिबन्ध लगाएपछि विवाद सुरु भएको छ । शैक्षिक संस्थामा धर्मलाई चिनाउने पहिरन लगाउनु धर्मनिरपेक्ष कानुनको उल्लंघन हुने सरकारले जनाएको हो । तर, विपक्षी वामपन्थी दल, मुस्लिम समुदाय र केही अभियन्ताले भने व्यक्तिगत स्वतन्त्रता हनन हुने भन्दै सरकारको निर्णयको आलोचना गरेका छन् । गत साता सुरु भएको नयाँ शैक्षिक सत्रदेखि शैक्षिक संस्थामा ...
— सन् २००१ मा आजकै दिन (सेप्टेम्बर ११) मा अमेरिकामा आतंककारी आक्रमण भएको थियो । न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आतंकवादी आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए । आक्रमणकारीले चार वटा विमान अपहण गरी दुई वटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए । अमेरिकी राष्ट्रपति कार्यालय ...
— ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै जी–२० को शिखर सम्मेलन आइतबार सकिएको छ । नयाँदिल्लीमा आयोजित सम्मेलनको अन्तिम दिन आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । यद्यपि, नोभेम्बरसम्म भारत नै अध्यक्ष रहने र त्यस अवधिमा थप विशेष सेसन आयोजना गर्ने मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइजले जी–२० का मुद्दा ...
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ। सबैभन्दा धेरैको मृत्यु दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन्। पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पले सबैभन्दा धेरै विनाश मराकेसमा नै गरेको छ। शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ ...
: जी–२० देशका वर्तमान अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापनमा ब्राजिललाई अध्यक्षता हस्तान्तरण गरेका छन् । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी-२० देशहरूको अध्यक्षता सम्हाल्नेछन्। प्रधानमन्त्री मोदीले भने, ‘नोभेम्बरसम्म जी–२० को अध्यक्षता भारतसँग छ । हामीसँग अझै साढे दुई महिना बाँकी छ । हामीले के निर्णय गरेका छौं समीक्षा गर्न भर्चुअल सत्र आयोजना गर्ने प्रस्ताव गर्दछु। ...
: भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा भोलिदेखि जी-२० सम्मेलन हुँदैछ। दुई दिन चल्ने सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने भएका छन्। युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठनको नामले चिनिएको जी-२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने विषयले चर्चा पाएको छ। तर विश्वकै दुई ...
: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी-२० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्। उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। दुई देशबीचको सम्बन्ध अझ मजबुद बनाउँदै लैजाने ...
: युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउने विषयमा जी-२० का नेताहरू सहमत भएका छन्। रूसका साथै युक्रेनका केही कट्टर समर्थकहरूलाई एकै ठाउँमा ल्याउने समूहका नेताहरूले विशेष गरी १८ महिना पुरानो आक्रमणबारे धेरै कुरामा सहमत हुन संघर्ष गरिरहेका छन्। ठूलो कूटनीतिक लज्जाको सामना गर्दै ...
: विश्वव्यापी रूपमा हेर्दा ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुकहरू एउटै मञ्चमा छलफलकोे तयारीमा छन्। (हालसम्मको तथ्यांकमा रसिया र चीनबाहेक)। नयाँ दिल्लीमा भइरहेको जी–२० सम्मेलनमा सहभागी हुने देशहरूले आ–आफ्नो ठाउँबाट थोरै मात्रै कार्बन न्यूनीकरण गरे पनि त्यसको प्रतिफल उल्लेखनीय हुन्छ। त्यसैगरी कार्बन घटाउने तथा आर्थिक विषयमा पनि उनीहरूको प्रतिबद्धता महत्वपूर्ण हुन्छ। किनभने ती देशहरूले विश्वको ...
सैनिक हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन्। दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताएका हुन्। बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए। दाँत ...