मुख्य समाचार
विश्व
— अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसमर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका हुन् । उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका ...
: भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई १४ वर्षको जेल सजायको फैसला भएको छ। पाकिस्तानको विशेष अदालतले खानलाई राज्यका गोपनीय दस्तावेज चुहावट गरेकोमा दोषी ठहर गरेको एकदिन पछि भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय सुनाएको हो। राज्यको गोप्य कुरा चुहावट गरेको आरोपमा खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। २०२२ मा विपक्षीहरूले ...
सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको राष्ट्रिय दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन्। पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्ने छन्। प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए। उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद ...
: पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय सुनाइएको छ। पाकिस्तानको एक विशेष अदालतले खानलाई १० वर्षको सजाय सुनाएको हो। राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा खानसहित पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सुनाइएको हो। उक्त मुद्दा वासिङटन र इस्लामावादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए। खानले ...
— साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली कामदारको सख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् । साउदीले अवैध (अलेखबद्ध) रुपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीब्रता दिएको हो । पछिल्लो एक साता मात्रै १९ ...
— पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष जेल सजाय सुनाएको छ । कुरैशीलाई कूटनीतिक पत्राचार चुहावट गरेको आरोपमा सजाय सुनाइएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ । वासिंटनर इस्लामाबादबीचको कूटनीतिक दस्ताबेज ...
— सिरियाली सीमा क्षेत्र जिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । ‘हामीले जवाफ दिनेछौं,’ बाइडेनले भने । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको ...
यी जुम्ल्याहा दिदी बहिनीको चिनाजानी १९ वर्षपछि भयो । उनीहरुलाई भेट गराउनमा सोसल मिडियाको सबैभन्दा ठूलो हात छ । यी दुई बहिनी युरोपेली मुलुक जर्जियामा एक अर्कोबाट निकै टाढाको दूरीमा बस्दथे । उनीहरुलाई एक अर्काको बारेमा केही पनि थाहा थिएन । तर, एउटा टिकटक भिडियो र टेलिभिजन ट्यालेन्ट शोका कारणले उनीहरु दुईजना भेट्न पाएन । ती ...
। कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । तर माउन्टेन फ्लाइट मार्फत नेपाली आकाशबाटै कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि माउन्टेन फ्लाइट ...
एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट ...
। बेलायतले मध्यपूर्वका प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको राहत संस्था (यूएनआरडब्ल्यूए) को फण्डिङ रोक्ने घोषणा गरेको छ । गत ७ अक्टुबरमा इजरायलमाथि हमास लडाकुहरुले गरेको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारी पजि संलग्न रहेको आरोप लागेपछि बेलायतले फण्डिङ रोक्ने घोषणा गरेको हो । इजरायलले आफ्नो भूमिमा भएको आक्रमणमा यूएनआरडब्ल्यूएका कर्मचारीहरु पनि संलग्न भएको आरोप लगाएको थियो ...
। साउदी अरबले निश्चित गैरमुस्लिम विदेशीलाई मदिरा बिक्री गर्नका लागि राजधानी रियादमा पहिलो पसल खोल्ने भएको छ । योसँगै साउदी अरबमा ७० वर्षमा पहिलोपटक मदिरा बिक्री हुनेछ । साउदी अरबमा सन् १९५२ देखि मदिरा प्रतिबन्धित छ । राजा अब्दुल अजिजका छोराले रक्सीको नसामा एकजना बेलायती कूटनीतिज्ञको हत्या गरेपछि साउदी सरकारले मदिराको प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध ...
। भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले राजीनामा दिएका छन् । उनले आज बिहान ११ बजे राज्यपाद राजेन्द्र विश्वनाथ अर्लेकरलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै उनले गठबन्धनबाट अलग हुने घोषणा पनि गरेको बीबीसी हिन्दीले जनाएको छ । उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनता र पार्टीको राय सुनेर राजीनामा दिएको बताए । आगामी योजनाबारे सोधिएको प्रश्नमा उनले भने, ...
— अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । यस मुद्दामा ...
: संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर भएका एकजनालाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। उक्त विधिबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो। हत्याका दोषी केनेथ यु्जिन स्मिथलाई यस्तो सजाय दिइएको हो। ५८ वर्षीय स्मिथले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागेपछि सर्वोच्च अदालतमा अपिल दिएका थिए। तर, अदालतले उनले निवेदन ...
: अष्ट्रेलियाको भिक्टोरियास्थित फिलिप आइल्याण्डको समुद्र तटमा डुबेर चार भारतीय नागरिकको मृत्यु भएको छ। क्यानबरास्थित भारतीय उच्चआयोगले यसबारे जानकारी गराएको छ। भारतीय उच्च आयोगले ट्वीटरमा लेखेको छ,'अष्ट्रेलियाको भिक्टोरियाको फिलिप समुद्र तटमा डुबेर चारजना भारतीय नागरिकको मृत्यु भएको छ। मृतकको परिवारप्रति गहिरो संवेदना छ।' उसले पीडित परिवारसँग सम्पर्कमा रहेको जनाएको छ। मृत्यु हुनेको पहिचान भने खुलाइएको छैन। -एजेन्सी
First Prev ... 74 75 76 77 78 79 80 81 82 83 84 ... Next Last