मुख्य समाचार
विश्व
। सर्बियाली प्रहरीले राष्ट्रपति अलेक्जेन्डर भुकिक र उनको परिवारको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ४९ वर्षीय डि. आर. र ४१ वर्षीय एम. आर. लाई संवैधानिक व्यवस्था उल्ट्याउन खोजेको र हतियार जम्मा गरी राष्ट्रपतिको ज्यान लिने योजना बनाएको आरोपमा पक्राउ गरिएको हो । गृह मन्त्रालयका अनुसार उनीहरूले राष्ट्रपति, उनकी पत्नी र छोराछोरीलाई ...
। भेनेजुएलाका विदेशमन्त्री यभान गिल पिन्टोले अमेरिकी नियन्त्रणमा रहेका पूर्व राष्ट्रपति निकोलस मदुरो दम्पत्तिको रिहाइको माग गरेका छन् । सोमबार जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले पूर्वराष्ट्रपति मदुरो र उजकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गरेका हुन् । सन् २०१३ देखि सत्तामा रहेका मदुरोलाई अमेरिकी सेनाले दुई महिनाअघि राजधानी काराकसस्थित निवासबाटै नियन्त्रणमा ...
। अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ । रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ...
। भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो । रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
— स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की दिएका छन् । सोभियतकालीन द्रुज्बा पाइपलाईन क्रसिङबाट सोमबारसम्म स्लोभाकियामा रुसी तेल आपुर्ति हुनुपर्ने माग उनले राखेका छन् । उनले युक्रेनलाई मात्रै फाइदा हुनेगरी दुईपक्षीय सम्बन्ध बढाउन नसकिने बताए । शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘ यदी युक्रेनी राष्ट्रपतिले तेल आपुर्तिलाई सोमबारसम्म ...
— अमेरिकाले इन्धनमा लगाएको प्रतिबन्धपछि क्युबाका सबै क्षेत्र प्रभावित भएका छन् । झन्डै १ करोड १० लाख जनसंख्या रहेको क्युवाले गत जनवरीदेखि नै लोडसेडिङ, दाउराले भात पकाउनुपर्ने अवस्था, सार्वजनिक यातायत बन्दलगायत दैनिक जीवनका समस्या भोगिरहेको छ । स्याटेलाईट तस्विरहरूले रातको समयमा क्युवाको राजधानी हभानामा प्रकाशको स्तर ५० प्रतिशतसम्म घटेको देखाएका छन् । अहिले देशको स्वास्थ्य क्षेत्र ...
— इरानसँग तनाव बढिरहेको वेला अमेरिकाले कतार र बहराइनमा राखिएका सैन्य बेसबाट सेना फिर्ता गरेको छ । न्युयोर्क टाइम्सका अनुसार अरब क्षेत्र हेर्न राखिएको प्रमुख सैन्य बेसको रुपमा रहेको कतारको अल उदेइद एयर बेस र बहराइनको अमेरिकी नेभीमा राखिएका सेनाहरू फिर्ता लगिएको हो । कतारको अल उदेइदमा मात्रै १० हजार सैनिक छन् । कतार र बहराइनमा ...
— साउदी अरबका सुरक्षाकर्मीले एक सातामा १९ हजारभन्दा बढी कागजातविहीन आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ । साउदी अरबको गृह मन्त्रालयका अनुसार १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । साउदीले पछिल्लाे समय कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानमा तिव्र बनाएको छ । गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी ...
— इरानमा गत जनवरीमा हिंसात्मक दमनपछि केही समय मत्थर भएको आन्दोलन फेरि सुरु भएको छ । शनिबार तेहरानको सरीफ युनिभर्सिटी अफ टेक्नोलोजीअन्तर्गतका क्याम्पसहरुमा नयाँ सेमेस्टर सुरु हुनसाथ विद्यार्थीहरुले आन्दोलन सुरु गरे । त्यस्तै, गत जनवरीमा मारिएकाहरुको संझनामा मौन धारण गरेपछि राष्ट्रिय झन्डा बोकेर मार्चपास गरे । लगत्तै उनीहरुसँग सरकार समर्थकहरुको झडप भएको थियो । राजधानीको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैश्विक भन्सार शुल्क १५ प्रतिशत पुर्‍याउने बताएका छन् । यसअघि शुक्रबार उनले अमेरिकामा आयात हुने सबै सामाग्रीमा १० प्रतिशत शुल्क लाग्ने बताएका थिए । तर शनिबार ट्रुथ सोशलमा नयाँ घोषणा गर्दै उनले १५ प्रतिशत भन्सार लगाइने बताए । अस्ट्रेलिया र बेलायतजस्ता देश यस घोषणाले अलमलमा परको छन् । यसअघि अमेरिकाले ...
— मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा जेलिस्को न्यु जेनेरेशन कार्टेल (सिजेएनजी) प्रमुख नेमिसियो ओसेगुरा कार्भेन्टेसको मृत्यु भएको छ । ‘इल मेन्चो’ नामले चिनिने नेमेसियो विश्वकै कुख्यात ड्रग्स कारोबारीमध्ये एक मानिन्थे । प्रहरीसँगको झडपका क्रममा उनी मारिएका हुन् । पूर्व प्रहरी अधिकारी ओसेगुराको नेतृत्वमा सिजेएनजी मेक्सिकोभित्रैको शक्तिशाली र कठोर आपराधिक समुह बनेको ...
First Prev ... 3 4 5 6 7 8 9 10 11 12 13 ... Next Last