मुख्य समाचार
विश्व
। बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियासँग आफूले व्यापार सम्झौता गरेको बताएका छन् । सम्झौता अन्तर्गत दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियाबाट अमेरिकाले ठूलो परिमाणमा सामान खरिद गर्नेछ । ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने इन्डोनेसियाली सामानहरूमा १९ प्रतिशत कर लाग्ने उल्लेख गरेका छन् । यो राष्ट्रपतिले यसअघि इन्डोनेसियालाई लगाउने ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका तर्फबाट रुसको राजधानी मस्कोमा आक्रमण गर्न नहुने बताएका छन् । फाइनान्सियल टाइम्सको एक रिपोर्टमा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग मस्कोमा आक्रमण तीव्र बनाउनुपर्ने कुरा गरेको खबर सार्वजनिक भएपछि उनको यो बयान आएको हो । फाइनान्सियल टाइम्सले सुत्रलाई उदृत गर्दै भनेको थियो, ‘यदि अमेरिका युक्रेनलाई लामो दूरीमा मार हान्न सक्ने हतियार ...
— इजरायलले पूर्वी लेबनानको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको लेबनानको सरकारी समाचार संस्था नेसनल न्युज एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली सेनाले लेबनानको लडाकु समूह हिजबुल्लाहका लक्ष्यमा प्रहार गरेको पुष्टि गरेको छ । मृतकमध्ये सात जना सिरियाली छन् । आक्रमणमा परी आठ जना घाइते भएका छन् । इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै ...
— युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने तथा रुसी व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले शान्ति प्रक्रियामा प्रतिकूल असर पार्न सक्ने भन्दै रुसले चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ट्रम्पले रुसलाई ५० दिनको समयसीमा दिँदै युक्रेनसँग शान्ति सम्झौता गर्न दबाब दिएका छन् । साथै, उनले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरूसँग समन्वय गर्दै ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘रवैया’ ले आफू उनीप्रति निराश भएको टिप्पणी गरेका छन् । बीबीसीसँगको विशेष टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘तर उनीसँगको सम्बन्ध टुटेको भने होइन ।’ त्यसो त उनले आफूले कसैमाथि पूर्ण भरोसा नगर्ने पनि थपे । ‘हामी निकै दुःखी छौं, म रुससँग दुःखी छु । यदि ५० दिनमा शान्ति सम्झौता भएन ...
— रक्षा अधिकारीहरुका प्रमुख मुरहाफ अबु कास्राकाअनुसार स्थानीय ड्रुज सशस्त्र गुटहरू, बेदुइन जनजातिहरू र अन्तरिम सरकारका सेनाहरू बीचको घातक आक्रमणपछि सिरियाली रक्षा अधिकारीहरूले मंगलबार दक्षिणी प्रान्त स्वेइडामा पूर्ण युद्धविरामको घोषणा गरेका छन् । अबु कास्राले स्थानीय र प्रतिष्ठित व्यक्तिहरूसँग सम्झौता गरेपछि स्वेइडा शहरभित्र कार्यरत सबै ईकाइहरूको लागि पूर्ण युद्धविरामको आदेश दिएको बताए । अबु कास्राका अनुसार सिरियाली ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच आणविक युद्ध रोकेको दावी गरेका छन्। नेटो महासचिव मार्क रटसँगको भेटमा ट्रम्पले आफूले युद्ध नरोकेको भए भारत-पाकिस्तानबिच आणविक युद्ध हुनसक्ने खतरा रहेको बताएका छन्। उनले भनेका छन्,' मैले भारत र पाकिस्तानलाई भनेको थिएँ कि जबसम्म तपाईंहरू यो मुद्दा समाधान गर्नुहुन्न । तबसम्म हामी तपाईंहरूसँग व्यापारको बारेमा कुरा ...
। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम दूरीका रकेटहरू समावेश हुनेछन् । यद्यपि यी हतियारबारे अन्तिम निर्णय भने ...
: राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन्। डोनाल्ड ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या खुलाएका छैनन्। उनले भने,‘हामी युक्रेनलाई आवश्यक पर्ने हतियार पठाउनेछौं।’ डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको हालैको छलफलप्रति निराशा व्यक्त गरेका छन्। त्यसपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन्। ट्रम्पले भने,‘पुटिनले धेरै मानिसलाई साँच्चै चकित पारेका छन्। ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् । ‘हामी उनीहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार ...
। बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ । श्रीमती र छोराछोरीसँग विमानको गतिविधि ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको समयमा यो कदम उठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नेटोसँग सम्झौता गरेको एनबीसी न्यूजलाई बताए। यसमा युक्रेनले गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली प्राप्त गर्नेछ। रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय ...
: दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको जनाएका छ। घटनास्थलमा उपस्थित प्यालेस्टिनीले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्। इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो तर्फबाट भएको गोलीबारीमा कोही पनि घाइते नभएको बताएको छ। एक इजरायली सेना अधिकारीले भने,‘मानिसलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आईडीएफ ...
: पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले ९ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्। यात्रुहरूलाई बसबाट ...
: दक्षिण कोरियामा सन् २०२६ का लागि तलब निर्धारण गरिएको छ। न्युनतम तलब निर्धारण समितिको १२ औं बैठकले २.९ प्रतिशत अर्थात २९० वन बढाउने निर्णय गरेको हो। निर्णय अनुसार दक्षिण कोरियामा काम गर्ने कामदारले प्रतिघण्टा न्यूनतम तलब १० हजार ३२० वन पाउने छन्। सन् २०२६ मा श्रमिकको प्रतिमहिना न्यूनतम तलब २१ लाख ५६ हजार ८८० ...
First Prev ... 75 76 77 78 79 80 81 82 83 84 85 ... Next Last