मुख्य समाचार
विश्व
: उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र सम्भवतः केही सातामै युक्रेनविरुद्ध लड््ने सम्भावना रहेको अमेरिकाले जनाएको छ । उत्तर कोरियाले ठूलो संख्यामा सैनिक पठाउँदा ‘महत्वपूर्ण सुरक्षा खतरा’ उत्पन्न भएको दक्षिण कोरियाको भनाइ छ । दक्षिण कोरियाले लामो समयदेखि आणविक–सशस्त्र उत्तर कोरियाले मस्कोलाई किएभविरुद्ध लड््न हतियार पठाएको आरोप लगाउँदै आएको छ । उत्तर कोरियाली नेता किम ...
। स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए ...
। विमानस्थलमा आफ्ना प्रियजनलाई स्वागत तथा बिदाइ गर्दा अँगालो हाल्ने अर्थात् हग गर्ने गर्छौं हामी । यस्तो अंकमाल कति लामो समयसम्म गर्ने भन्ने कुरामा कुनै समयसीमा तोकियो भने के होला ? यस्तो कुरा सायद तपाईंले कल्पना पनि गर्नुहुन्न । तर न्युजिल्याण्डको एक विमानस्थलमा भने एकअर्कासँग अंकमाल गर्नका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको छ । यदि ...
: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उक्त कार्यक्रममा ६०० भन्दा बढी नेपाल भारत मूलका मानिसले भाग लिएका थिए। भारतीय-अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै,बाइडेनले ह्वाइट हाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो दिवाली कार्यक्रम आयोजना गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्। बाइडेनले भने, 'राष्ट्रपति, ...
। भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाले उल्लेख गरेअनुसार, नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ परेका जगदिशले २०२३ ...
— लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा दुई बालबालिका छन् । हेजबुल्लाहको गढ रहेको बालबेक क्षेत्रका विभिन्न १६ स्थानमा इजरायली सुरक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा ५८ जना घाइते भएका छन् । घटनाबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरायलले ...
। फिलाडेल्फियाका मुख्य अभियोजकले अर्बपति इलोन मस्कले मतदातालाई दिने भनेको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् । स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् । ‘फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध ...
। नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ । यस चुनावमा डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । यी दुई उम्मेदवारलाई लिएर सिंगो अमेरिका विभाजित छ । सेलेव्रिटीले समेत आ-आफूलाई मनपर्ने उम्मेदवारलाई इन्डोर्स गरिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी छ ...
— करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ । इरानले लेबनानस्थित इरान समर्थित समूह ...
मङ्गलबार दक्षिणी लेबनानको एउटा घरमा इजरायली आक्रमणमा परी ६ महिला र पाँच बालबालिकासहित १९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता रहेका बीबीसीमा उल्लेख छ। टेफाहाटा गाउँको तीनतले भवनमा परिवारका सबै सदस्य सँगै बस्थे । आक्रमणमा परी सोही गाउँका इमाम शेख अब्दो अबो रायको पनि मृत्यु भएको उनले ...
। बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन सुरु भएको छ । विद्यार्थी आन्दोलनका बीच देश छाडेर हिँडेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी ‘कागजी प्रमाण नरहेको’ भन्ने अभिव्यक्ति दिएपछि उनीविरुद्ध प्रदर्शन सुरु भएको हो । ढाकाको दैनिक पत्रिका डेली स्टारका अनुसार, बंगलादेशको मानव जमिन पत्रिकाका लागि अन्तर्वार्ता दिने क्रममा उनले हसिनाबारे यस्तो अभिव्यक्ति दिएका थिए । ‘अगस्ट ...
। चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘…दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व ...
। मध्यपश्चिम विश्वविद्यालयसहित दक्षिण एसियाका १३ विश्वविद्यालयले संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । चीनमा आयोजित ‘हुबेई (चीन) र दक्षिण एसियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम’ मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् । घोषणा पत्रले शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिएको छ । घोषणाले साझेदारीहरुलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढावा दिने र डिजिटल ...
— इजरायलले हेजबुल्लाह समूहलाई सहयोग उपलब्ध गराएको दाबी गर्दै दक्षिणी लेबनान र बेरुतका बैंकमा आक्रमण गरेको छ । इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिणी लेबननस्थित हेजबुल्लाहको नियन्त्रणमा रहेका दाहिय र बेका उपत्यका क्षेत्रमा भीषण हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणमा मानिसहरू हताहत भएको विषयमा भने केही उल्लेख गरिएको छैन । लेबनानको सरकारी समाचार संस्था ...
। भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल.सी.मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो । सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा ...
: उत्तरी गाजाको बेइट लाहियामा भएको इजरायली आक्रमणमा कम्तिमा ८७ जनाको मृत्यु भएको छ। भग्नावशेषमुनि अहिले पनि केही मान्छे पुरिएको आशंका गरिएको छ। उद्धार कार्य जारी रहँदा मृतकको संख्या बढ्ने अनुमान गरिएको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ। गाजा पट्टीको उत्तरमा खाद्यान्न, पानी र औषधिजस्ता आवश्यक सेवाको पहुँच विच्छेद गरेको १६ दिने इजरायली सैन्य घेराबन्दीका कारण ...
First Prev ... 76 77 78 79 80 81 82 83 84 85 86 ... Next Last