मुख्य समाचार
विश्व
— पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।काकर सन् २०१८ मार्चदेखि ...
: भौतिक विज्ञानमा नयाँ क्रान्ति हुन लागेको वैज्ञानिकहरू बताउँछन्। उनीहरूका अनुसार भौतिकशास्त्रीहरू पाँचौं फोर्स (बल) पत्ता लगाउन नजिक पुगेका छन्। हालसम्म गुरुत्वाकर्षण, विद्युत् चुम्बकत्व, दुई वटा आणविक बल (बलियो बल र कमजोर बल) गरी बाह्म्णमा चार वटा अस्तित्वमा छन्। वैज्ञानिकका अनुसार, ती चार बलबीचको अन्तक्रियाले ब्रह्माण्डलाई नियन्त्रण गरिरहेको छ। वैज्ञानिकहरूका अनुसार सब एटोमिक पार्टिकल (उप–परमाणिक ...
: भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले शुक्रबार जनाएको छ । भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए । चौधरीलाई तत्काल ...
वासिङटन डिसी : हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् । लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो । लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक ...
: पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन्। यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता ...
वासिङटन डिसी : अमेरिकामा हवाईको माउइ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ। साथै उक्त आगलागीमा दर्जनौँ मानिस घाइते भएका छन्। प्रशान्त महासागर नजिकै बज्रिएको आँधीबाट उत्पन्न तीव्र हावाहुरीका कारण मङ्गलबारदेखि सुरु भएको डढेलो द्रुत गतिमा फैलिएको हो। त्यहाँका हजारौँ सर्वसाधारणलाई अस्थायी आश्रयस्थलमा स्थानान्तरण गरिएको छ। माउइमा विद्युतीय पोलहरू ढल्दा ११,००० मानिस बत्तीबिना बसिरहेका ...
बेइजिङ (सिन्ह्वा) : भारी वर्षाका कारण चीनको बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ। यो तथ्यांक मंगलबार रातिसम्मको भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरू बताउँछन्। उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ। बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा ...
— सर्वोच्च अदालतको आदेशपछि भारतमा विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता पुनर्बहाली भएको छ । ‘मोदी उपनाम’ को मामिलामा विवादास्पद अभिव्यक्ति दिएका कारण गान्धीको सांसद पद गएको थियो । तर, उनलाई गरिएको कारबाही सर्वोच्च अदालतले शुक्रबार खारेज गरेपछि लोकसभा सचिवालयले सदस्यता पुनर्बहाली गरेको हो । साढे चार महिनापछि उनले सोमबार संसद् बैठकमा भाग लिएका छन् । मानहानि मुद्दामा ...
— केही महिनाभित्रै दोस्रो पटक पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको हो । खानलाई यसअघि गत मे ९ मा पनि अर्कै भ्रष्टाचार ...
। पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले ...
स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएका स्विडेनी प्रसारक एसभिटीले उल्लेख गरेको छ। करिब १,००० एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको ...
: भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ। सर्वोच्च अदालतले उनीमाथि लगाइएको सजायमाथि रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली हुने भएको हो। मोदी थर प्रकरणमा राहुललाई सुरतस्थित तल्लो अदालतले दोषी ठहर्‍याउँदै दुई वर्षको सजाय तोकेको थियो। चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी देखिएपछि संसद सचिवालयले उनको पद खारेज गरेको थियो। सर्वोच्चका न्यायाधीश ...
— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोको ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्यवृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाए । ‘रुसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,’ जेलेन्स्कीले बुधबार भिडियो सम्बोधनमा भने, ‘उसले विश्वव्यापी विपत्तिको विरुद्धमा लडिरहेको छ ।’ रुस विश्व खाद्य बजार ...
— सन् १७०४ मा आजकै दिन (अगस्ट ४) मा जिब्राल्टरलाई बेलायतले कब्जा गरेको थियो । बेलायतसँगको युद्धमा स्पेनले आत्मसमर्पण गरेसँगै जिब्राल्टार गुमाएको थियो । त्यसयता यो बेलायती भूभागका रूपमा रहेको छ । एंग्लो–डच सेनाले कब्जा गरेको जिब्राल्टर १७१३ को सन्धिअनुसार स्पेनले बेलायतलाई सुम्पेको हो । यो दोस्रो विश्वयुद्ध तथा नेपोलियनसँगका युद्धमा बेलायती नौसेनाका लागि महत्त्वपूर्ण आधार शिविरका रूपमा रहेको थियो । ...
वासिङ्टन — अमेरिकामा सन् २०२० मा भएको चुनावी परिणाम उल्टाउन षड्यन्त्र गरेको आरोपमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा चल्ने भएको छ । ७७ वर्षीय ट्रम्पविरुद्ध वासिङ्टन डीसीस्थित एक संघीय अदालतमा बिहीबारदेखि सुनुवाइ थालिएको हो । उनी आगामी वर्ष अमेरिकामा हुने राष्ट्रपतिको चुनावमा फेरि रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्ने प्रयासमा छन् । तीन वर्षअघिको चुनावमा ट्रम्प हालका राष्ट्रपति जो बाइडेनसँग पराजित ...
: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीबीच सम्बन्ध विच्छेद भएको छ। वैवाहिक जीवनको १८ वर्षपछि उनीहरू अलग भएका हुन्। सन् २००५ मा विहे गरेका उनीहरूको तीन सन्तान छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् आफूहरू अलग भएको घोषणा गरेका हुन्। उनीहरूले एकअर्काप्रति अगाध प्रेम र सम्मान रहिरहने उल्लेखसमेत गरेका छन्। कागजीरूपमा उनीहरू छुट्टिए पनि अझै केही ...