मुख्य समाचार
विश्व
। माओवादी केन्द्र सहितका राजनीतिक दल तथा नागरिक अगुवाहरुले इजरायलले प्यालेस्टाइन तथा लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् । साथै उनीहरुले प्यालेस्टाइन तथा लेबनानका जनताको पक्षमा मत दिन नेपाल सरकारलाई समेत आग्रह गरेका छन् । बुधबार जारी संयुक्त वक्तव्य जारी गर्दैै उनीहरुले इजरायलले गरिरहेको आक्रमण २१औं सताब्दीकौ सबभन्दा ठूलो जातीय नरसंहार भएको बताएका छन् । ‘हामी यस ...
। संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानबाट शान्ति रक्षक सैनिक नहटाउने बताएको छ । यूएन पिसकिपिङ अपरेशन्सका प्रमुख न्या पियरे लेक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरुसँग कुरा गर्दै युनाइटेड नेशन्स इन्टरिम फोर्स इन लेबनान (यूनिफिल)ले आफ्नो सैनिक नहटाउने बताएका हुन् । यो निर्णयप्रति राष्ट्रसंघ सुरक्षा परिषद् र मिसनमा आर्थिक सहयोग गर्ने देशहरुको समर्थन रहेको उनले बताए । जबकी इजयरालले शान्ति रक्षक सैनिक ...
। युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । ‘इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनीफील) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्’, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, ‘संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया ...
। गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ। सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ...
: युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ। युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्थाहरू र उप-रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत ...
: संयुक्त राष्ट्रसंघले उत्तर लेबनानमा इजरायली आक्रमणबारे छानबिन गर्न माग गरेको छ। उत्तर लेबनानमा इजरायली आक्रमणबाट कम्तिमा २३ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयका प्रवक्ता जेरेमी लरेन्सका अनुसार इसाइ बहुल गाउँ एटोमा इजरायली हमलाले मानवीय कानुनमाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ। उनका अनुसार इजरायली आक्रमणबाट मारिनेहरूमा १२ महिला र दुई बालबालिका पनि रहेका ...
: विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कले रिपब्लिक पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रमलाई चुनाव प्रचार प्रसारका लागि ७५ लाख मिलयन डलर सहयोग गरेका छन्। सरकारी अनुसन्धानले यो कुरा बाहिर ल्याएको हो। सरकारी अनुसन्धान अधिकारीका अनुसार मस्कले ट्रम्पलाई तीन महिनाको अवधिमा करिब ७५ मिलियन डलर सहयोग गरेको खुलेको हो। मस्कले जुलाईमा भएको हमलापछि ट्रमलाई औपचारिक रुपमा समर्थन ...
: उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको हो । यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरूको बसोबास ...
: भारतले ६ क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने र भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पत्रकार सम्मेलन गरेका छन् । ट्रुडोले राजधानी ओटावामा आयोजित पत्रकार सम्मेलनमा क्यानडाका अधिकारीहरूले आफ्ना भारतीय समकक्षीहरूलाई आपराधिक गतिविधिको प्रमाण दिएको तर भारत सरकारले सहयोग नगरेको दाबी गरेका हुन्। ट्रुडोले भने, 'भारतीय सरकारी एजेन्टहरूले सार्वजनिक सुरक्षालाई खतरामा ...
। उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ । आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ ...
। चीनले ताइवानको आसपास समुद्री क्षेत्रमा गरेको सैन्य अभ्यासको विरोधमा ताइवानले कडा प्रतिक्रिया दिएको छ । ताइवानका राष्ट्रपति विलियम लाईको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवनशैलीलाई सम्मान गर्नुपर्छ र आफ्नो सैन्य घुसपैठ रोक्नुपर्छ।’ विज्ञप्तिमा ताइवानको सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु दुवै देशको साझा जिम्मेवारी रहेको पनि उल्लेख छ ...
। संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली सेनाबीचको तनाव बढाएको छ। बीबीसीले यूनीफीललाई उद्धृत गर्दै लेखेको छ, इजरायली सेनाको ट्यांकले आइतबार मुख्य गेट तोडेर शिविरमा प्रवेश गरेको थियो र त्यसपछि गोलीबारी पनि गरेको थियो। ...
। क्यानडामा बसोवास गर्न चाहने विदेशीहरूका त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारले स्थायी बसोवासका लागि आवेदन आह्वान गरेको छ । क्यानडाको सरकारी संघीय निकाय आप्रवासन, शरणार्थी र नागरिकता विभाग (आईआरसीसी) ले एक्सप्रेस इन्ट्री प्रणाली मार्फत यस्तो आह्वान गरेको हो । अक्टोबर १० बाट गरिएको यस्तो आह्वानमार्फत फेडरल स्किल्ड वर्कर प्रोग्राम, क्यानेडियन एक्सपेरियन्स क्लास र फेडरल स्किल्ड ...
। लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा ड्रोनबाट हमला गरेको छ । स्थानीय समयअनुसार आइतबार राति गरेको हमलामा इजरायलका ४ जवान मारिएका छन् भने ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । इजरायली सेनाले लेबनानमा हिजबुल्लाह विरुद्ध आक्रमण तीव्र ...
। बङ्गलादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ । सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । डिजिएचएसका ...
: पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ। सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको ...
First Prev ... 78 79 80 81 82 83 84 85 86 87 88 ... Next Last