मुख्य समाचार
विश्व
: अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ। उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरेग्रिन ल्यान्डर बोकेको छ। प्राविधिक समस्याका कारण पेरेग्रिन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई रहन सकेका छैनन्। पेरेग्रिन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष ...
: बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) र अन्य दहरूले बहिष्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बीबीसीमा समाचार छ। कूल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको हो। एकजना उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ मा निर्वाचत रद्द भएको थियो। निर्वाचन ...
। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आपत्तिजनक प्रतिक्रिया जनाउने माल्दिभ्सका ३ जना मन्त्री निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद छन् । भारतको लक्ष्यद्वपि टापुमा पुगेर मोदीले पर्यटन प्रवर्द्धनसँग सम्बन्धित भिडियो सार्वजनिक गरेका थिए । माल्दिभ्सको पर्यटन उद्योगलाई चुनौति दिनु पर्ने भन्दै भारतका विभिन्न क्षेत्रका व्यक्तिहरुले पनि मोदीको त्यो भिडियोलाई ...
अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा पछिल्लो १२ महिनामा अमेरिका, युरोप तथा विश्वका देशो लोकतन्त्रहरुलाई विभिन्न झट्का लागे । यद्यपि ती मध्ये कुनै पनि विनाशकारी रहेनन्, तथापि यसले अमेरिकी प्रभुत्वयुक्त पश्चिमी मूल्यबाट टाढा बदलिंदो शक्ति सन्तुलनतर्फ संकेत गर्दछ, जुन वर्षौंदेखि प्रभावी रहँदै आयो । यद्यपि विभिन्न मोर्चाहरुमा पश्चिमी हितका लागि गलत दिशामा हावा चलिरहेको छ । विश्व रंगमञ्चमा के कारणले यस्तो ...
भनिन्छ, चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ र देशहरुले आ आफ्ना बेस खडा गर्नेछन् । चन्द्रमामा मानिसहरुको बसोबास भयो भने मानिसका लागि बिजुली आपूर्ति कसरी होला ? चन्द्रमामा न त पानी छ, न त हावा नै । त्यसैले त्यहाँ कुनै जलविद्युत वा वायु ऊर्जा उत्पादन गर्न सकिने कुरा भएन । चन्द्रमाको उज्यालो हिस्सामा सौर्य ऊर्जा उत्पादन ...
: दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्धभ्यास’गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार बस्ती खाली गर्न आदेश दिइएको थियो। दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् ...
— प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बंगलादेशमा आज संसदीय निर्वाचन भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरूको न्यून उपस्थिति रहेको केही बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । द डेली स्टारका अनुसार लगभग आधा समय बाँकी रहँदा मतदाताहरू अपेक्षित रूपमा मतदान केन्द्रमा आएका छैनन् । सिल्हेट-६ संसदीय निर्वाचन क्षेत्रअन्तर्गतको पञ्चखण्ड हरगोविन्द स्कुलमा जम्मा २ हजार ...
: बङ्गलादेशमा आइतबार हुने १२औं राष्ट्रिय निर्वाचनमा करिब १७ करोड जनताको २९९ प्रतिनिधि (सांसद) चुन्नका लागि आइतबार बिहानैदेखि मतदान सुरू भएको छ। प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्ने विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश ...
। अमेरिकाले प्राविधिक जाँच गर्नुपर्ने भन्दै १७१ वटा बोइङ विमानको उडान रोकेको छ । अलास्का एयरलाइन्सको विमान उडिरहेका बेला एक टुक्रा भाँचिएर अलग भएपछि अमेरिकाको संघीय उड्डयन प्रशासन (एभिएसन एडमिनिस्ट्रेसन- एफएए) ले १७१ वटा विमानलाई प्राविधिक जाँच पूरा नहुन्जेल उडानमा रोक लगाउने निर्णय गरेको हो । एफएएका अनुसार यो निर्णयबाट अमेरिकाका ‘बोइङ्ग ७३७ म्याक्स ९’ का १७१ ...
। इजरायल-हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाए अनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन्। गत अक्टोबर ७ गते यता इजरायलले ...
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन्। सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएको बताएका छन्। उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए। मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय ...
। भारतले सूर्यको अध्ययन गर्न पठाएको यान आदित्य–एल १ गन्तव्यमा पुगेको छ । भारतले ५ अगष्ट २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण भएको एक सातापछि भारतले सूर्यको अध्ययनका लागि अर्को यान पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सूर्यको अध्ययन गर्नका लागि भारतको पहिलो आदित्य–एल १ आफ्नो गन्तव्यमा पुगेको ...
अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई आपतकालीन अवतरण गराइएको थियो। ‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार शुक्रबार साँझ ५:०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,' सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको ...
। इजरायलले उत्तरी गाजा क्षेत्रमा हमासको सैन्य संरचना नष्ट गर्ने अभियान पूरा भएको जनाएको छ । अब गाजा क्षेत्रको मध्य र दक्षिणी क्षेत्रमा हमासलाई समाप्त पार्ने अभियान सुरु गर्ने इजरायलले जनाएको छ । गत ७ अक्टुबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै हमासलाई समाप्त पार्ने अभियान सुरु गरेको थियो । सोही ...
— इजरायल-हमासबीच द्वन्द्व सुरु भएदेखि गाजा पट्टीमा इजरायली हमलामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६०० पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएअनुसार इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् । गत अक्टोबर ७ गते यता ...
बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्। अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको ...
First Prev ... 79 80 81 82 83 84 85 86 87 88 89 ... Next Last