मुख्य समाचार
विश्व
— अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो । अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको ...
— अमेरिकी सेनाको कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले अमेरिकासँग 'साझा विकास'का लागि सहकार्यको प्रस्ताव गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा थप सैन्य प्रहार हुनसक्ने चेतावनी दिइरहेका बेला रोड्रिग्वेजको यस्तो नरम प्रतिक्रिया आएको हो । शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा छापा मारी मदुरोलाई नियन्त्रणमा लिएको थियो । सुरुमा ...
— क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको खुलेर विरोध गर्दै हवानामा आयोजित प्रदर्शनको नेतृत्व गरेका छन् । क्युबाको कम्युनिस्ट पार्टी (पीसीसी) का प्रथम सचिवसमेत रहेका कानेल शनिबार बिहान ‘एन्टी–इम्पेरियलिस्ट प्लेटफर्म’ मा आयोजित विरोध सभामा अग्रपंक्तिमा उभिएका थिए । हवानाको ‘एन्टी–इम्पेरियलिस्ट ट्रिब्युन’ स्थलमा भएको सभामा क्युबाली उच्च नेतृत्वका साथै भेनेजुएलाका कूटनीतिक प्रतिनिधिको उपस्थिति थियो ...
— भेनेजुएलामा निकोलस मदुरोलाई सत्ताच्युत गर्न गरिएको अमेरिकी सैन्य कारबाहीको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् भने कोलम्बिया र क्युबालाई समेत चेतावनी दिएका छन् । ग्रीनल्यान्डमा अमेरिकी दाबी फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका ...
— नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा किसान र माछा बोकेको डुंगा पल्टिँदा कम्तीमा २६ जनाको नदीमा डुबेर मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । शनिबार राति जिगावा राज्यबाट योबे राज्यतर्फ जाँदै गरेको डुंगा दुर्घटनामा परेको जानकारी योबे राज्यको आपतकालीन व्यवस्थापन निकायका कार्यकारी निर्देशक मोहम्मद गोजेले दिए । 'आपतकालीन स्वयंसेवक र उद्धार टोलीले अहिलेसम्म २६ जनाको ...
— साउदी अरेबियाले निजी क्षेत्रमा रहेका ४६ वटा इन्जिनियरिङ पेसामध्ये ३० प्रतिशत स्थानीयकरण (साउदी नागरिकद्वारा पूर्ति) गर्ने निर्णय स्वीकृत गरेको छ। यो निर्णय रणनीतिक प्राविधिक क्षेत्रमा राष्ट्रिय रोजगारी बढाउने र साउदी इन्जिनियरहरूका लागि अवसर विस्तार गर्ने व्यापक प्रयासको हिस्सा हो। यो निर्णय मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नगरपालिका तथा आवास मन्त्रालयले संयुक्त रूपमा ३१ ...
— बेलायतमा सोमबारदेखि लागू भएको नयाँ नियमले दिउँसोको समयमा जंक फुडको टिभी र अनलाइन विज्ञापनहरूमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न 'विश्वकै अग्रणी कार्य' भनि अर्थ्याएको छ । प्रतिबन्ध–चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनहरूका विज्ञापनहरूलाई लक्षित गर्दै–हरेक वर्ष बच्चाहरूको आहारबाट उल्लेख्य क्यालोरीहरू हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साँझ ...
— अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी कब्जामा लिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई शनिबार न्युयोर्क पुर्‍याइएको छ । उनीहरूलाई सेनाको पानीजहाज ‘इवो जिमा’ मार्फत अमेरिका ल्याइएको थियो । त्यसपछि सैनिक हेलिकोप्टरमार्फत ‘स्टिवार्ट एयर नेसनल गार्ड बेस’ मा लगियो । अहिले ब्रुकलिनस्थित न्युयोर्क डिटेन्सन सेन्टरमा हिरासतमा राखिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ...
: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीबाट आफू गहिरो चिन्तित भएको बताएका छन्। बीबीसीका अनुसार महासचिवले संयुक्त राष्ट्र संघको बडापत्रसहित सबैले अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मानको महत्त्वमा जोड दिइरहेको बताएका छन्। उनले अमेरिकाको सैन्य कारबाहीले यसले "क्षेत्रको लागि चिन्ताजनक प्रभाव पार्ने" बताए। "भेनेजुएलाको अवस्थालाई ध्यानमा राख्दै, यी विकासहरूले खतरनाक उदाहरण प्रस्तुत गर्दछन्," विज्ञप्तिमा ...
: अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ। बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो। यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। बीबीसीका अमेरिकास्थित समाचार साझेदार सीबीएस न्युजले स्रोतहरूलाई ...
:अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाहीको संज्ञा दिएकी छिन्। सामाजिक सञ्जाल प्लेटफर्म X मा धारणा सार्वजनिक गर्दै ह्यारिसले मादुरो 'क्रूर' र 'अवैध' शासक ...
— रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको निन्दा गरेको छ । उसले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । यस आक्रमणलाई जायज ठहराउन गरिएका बाहना न्यायसंगत छैनन् । विश्वासमा आधारित व्यवहारिक सम्बन्ध निर्माण गर्ने इच्छाशक्तिमाथि वैचारिक रूपमा प्रेरित शत्रुता हाबी भएको छ,' रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रूसले संकट समाधानका कुटनीतिक पहल ...
— अहिलेको संकटको समाधानका लागि शान्ति वार्ताको मध्यस्थता गर्न तयार छ,’ स्पेनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेनेजुएलाको राजधानी काराकाससहितका क्षेत्रमा मध्यराति अमेरिकाले भयानक आक्रमण गरेको छ । अमेरिकी सेनाको डेल्टा फोर्सले यस आक्रमण गरेको हो । आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अमेरिकाले नियन्त्रणमा लिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका ...
— भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ। उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो ...
— अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो ...
— कोलम्बिया, ईरान र क्युवाले भेनेजुएलामाथिको अमेरिकी आक्रमणको विरोध गरेका छन् । मध्यराति अमेरिकाले भेनेजुएलामा आक्रमण गर्दा ठूलो क्षति पुगेको आँकलन गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन । भेनेजुएलाका राष्ट्रपति निकोलास मदूरो र उनकी पत्नीलाई अमेरिकी सेनाले कब्जामा लिएको छ । भेनेजुएलामा अहिले राष्ट्रिय संकटकाल छ । 'अमेरिकी सेनाले आक्रमण गरेर भेनेजुएलाकोराष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको ...
First Prev ... 81 82 83 84 85 86 87 88 89 90 91 ... Next Last