मुख्य समाचार
विश्व
— दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाभियोगबाट जोगिएका छन् । दक्षिण कोरियाली संसद्‍मा शनिबार भएको मतदानमा ‍१ सय ९५ सांसदले मात्र राष्ट्रपति युनविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका हुन् । 'कुल १ सय ९५ मत संसद्का‌ कुल सदस्यको दुई तिहाइ बहुमतमा पुग्न सकेन । त्यसैले, म घोषणा गर्दछु महाभियोग प्रस्ताव पारित हुन सकेन,' सभामुख ...
। सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् । विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) ले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया ...
— विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् । सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर ...
— कतारमा सन् २०२२ मा भएको विश्वकप फुटबलको विरासत (लिगेसी) कोषले कतारको विश्वकप पूर्वाधार बनाउने क्रममा न्यून ज्याला पाएका तथा घाइते र मृत्यु भएका आप्रवासी श्रमिकका परिवारलाई क्षतिपूर्ति प्रदान नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरी ५० मिलियन डलर सहयोग गर्ने घोषणाको अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूले आलोचना गरेका छन् । २०१० देखि २०२२ सम्म कतारमा विश्वकपसम्बद्ध पूर्वाधार बनाउने क्रममा ...
— फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ ...
। दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति युन सुक-योलविरुद्ध महाभियोग अगाडि बढाउने संकेत गरेको छ। समाचार एजेन्सी एपीका अनुसार शुक्रबार पीपुल्स पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपतिको संवैधानिक शक्तिलाई कम गर्नु आवश्यक भएको प्रतिक्रिया दिएका छन् । ‘राष्ट्रपतिले मार्शल ल लगाउँदा केही नेताहरूलाई पक्राउ गर्न सेनाको प्रयोग गर्न खोजेका थिए भन्ने मैले थाहा पाएको छु, जसमा मेरो नाम ...
। कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले अत्याधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मीसँग एक्लै प्रतिकार गरेको दृश्य त्यस्तो आन्दोलनको चिरस्थायी विम्ब बन्न सक्छ । बंगलादेशमा निरंकुश प्रधानमन्त्री शेख हसिनाको शासन विरुद्ध विद्यार्थीले शुरु गरेको आन्दोलन चर्किरहेका बेला प्रहरीको निशस्त्र प्रतिकार गरिरहेका विद्यार्थी अबु सइदलाई प्रहरीले गोली हानी हत्या गर्‍यो । सरकारी जागिर खाने सपना देखेका ...
— अस्ट्रेलियाले देशमा आवश्यक जनशक्तिको आधारमा आगामी वर्षका लागि दक्ष व्यवसायको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा कुक, एकाउन्टेन्ट, सेफलगायतका धेरै दक्ष कामदारलाई सूचीमा अटाइएको छ । अस्ट्रेलियाले आफूलाई चाहिएको जनशक्तिका आधारमा हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गरेको छ । सूचीमा रहेका व्यवसायमा दक्ष र अस्ट्रेलियाका अध्यागमन नियम तथा कानुनअनुसार योग्यता पुगेका ...
— दक्षिण कोरियामा अप्रत्याशित रूपमा मंगलबार राति संकटकालीन ‘मार्सल’ कानुन लागू गरेका राष्ट्रपति युन सुक येओलले महाभियोगको सामना गर्ने भएका छन् । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युनविरुद्ध बुधबार महाभियोगको प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपति युनले दक्षिण कोरियासँगै विश्व समुदायलाई नै चकित पार्ने गरी मार्सल कानुन लागू गरेका थिए । तर आफ्नो दल पिपुल्स पावर पार्टी (पीपीपी) सहितका राजनीतिक ...
— दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए । राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उनले उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको बताएका छन् । देश विरोधी तत्वलाई ठिक पार्न यसका अलावा अरु कुनै विकल्प नरहेको राष्ट्रपति योलले बताएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले ...
। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल देशमा सैनिक शासन (मार्शल ल) लगाउने निर्णयबाट पछि हटेका छन् । यो निर्णयको प्रतिपक्षी दलले तीव्र विरोध जनाएपछि राष्ट्रपति योलले आफ्नो निर्णय केही घण्टामै बदलेका हुन् । उनले मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशको सुरक्षा गर्न मार्शल ल लगाउनु परेको बताएका थिए । ‘उत्तरकोरियाको कम्युनिष्ट शक्तिबाट देशको सुरक्षाका ...
। भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४ मा भएको ...
— अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले 'न्यायको पतन' को संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ...
। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ । अमेरिकी विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सहायक विदेशमन्त्री लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरुसँग भेटवार्ता पनि ...
। प्लास्टिक प्रदूषण सन्धिका लागि करिब दुई सय देशबीच भएको छलफल निष्कर्षविहीन भएको छ । प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जनाउने लक्ष्यका साथ गत २५ नोभेम्बरदेखि दक्षिण कोरियाको बुसानमा एक साता लामो छलफल भएको थियो । तर संयुक्त राष्ट्रसंघका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निश्कर्षमा पुग्न ...
First Prev ... 82 83 84 85 86 87 88 89 90 91 92 ... Next Last