मुख्य समाचार
विश्व
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले विदेशी कामदारका सम्बन्धमा महत्वपूर्ण घोषणा गरेका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उनको सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउने बताएका छन्। उनले क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि बताए। जस्टिन ट्रुडोले सामाजिक सञ्जाल पोस्टमार्फत उक्त जानकारी दिएका हुन्। अहिले श्रम बजारमा परिवर्तन आएको उनको ...
। रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् । साथै ...
। भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा स्थापित छत्रपति शिवाजी महाराजको प्रतिमा हावाले ढालेपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भएको छ । प्रधानमन्त्री मोदीले सन् २०२३ को डिसेम्बर ४ मा नौसेना दिवसको अवसरमा प्रतिमा अनावरण गरेका थिए । भारतीय नौसेनाले निर्माण र स्थापना गरेको उक्त प्रतिमा ३५ फिट अग्लो थियो । एक वर्ष नपुग्दै प्रतिमा ...
अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच ब्यारी विलमोर पृथ्वी आगामी वर्ष सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै पृथ्वीमा फर्किने भएका छन् । यसका लागि नासाले आगामी सेप्टेम्बर २४ मा क्रु नाइन मिसन प्रक्षेपण गर्नेछ। नासाका अनुसार उनीहरुलाई स्पेस एक्सको ड्रागन क्रु क्याप्सुल मार्फत् पृथ्वीमा ल्याइनेछ । यो यान निर्माण पश्चात् हालसम्म ४६ पटक सफल प्रक्षेपण ...
आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ । ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो । फान नामक ती व्यक्तिको धेरै ...
यही २४ अगष्टमा मा रूसको निजी सेना तथा भाडाका लडाकुको रूपमा चिनिने वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्यु भएको एक वर्ष पूरा हुँदैछ । प्रिगोजिनको अप्रत्यासित मृत्युको एक वर्ष बितिसक्दा पनि सो समूहमा आबद्ध रहेका भाडाका लडाकु तथा सैनिकहरुको अवस्था हाल के कस्तो छ भन्ने प्रष्ट छैन । ती लडाकुहरू युक्रेन, सिरिया र अफ्रीकाका केही भागहरूमा ...
: थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो। आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका ...
। ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी भोलि नेपाल आउने भएका छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ । उनी पर्सि ओमान फर्किनेछन् ...
: लेबनानको हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण गरेको छ। इजरायलको दक्षिणी भूभागमा हिजबुल्लाहले सयौं मिसाइल प्रहार गरेको हो। इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले प्रहार गरेका रकेट लन्चरलाई विफल बनाएको दाबी गरेको छ। 'करिब १०० आईएएफ लड़ाकू विमानले दक्षिणी लेबनानमा रहेका हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,' ...
। नेपालमा चुनावमा मुखमा दलबदल नौलो दृश्य होइन। स्थानीय तह मात्र होइन, प्रतिनिधिसभाको चुनावमा समेत आफ्नो दलले टिकट नदिने भएपछि अर्को दलबाट टिकट दिने थुप्रै छन्। टिकटकै आशमा दल बदल्छन्। छिमेकी मुलुक भारतमा पनि चुनावको मुखमा दल बदल चर्कै हुन्छ । पछिल्ला चुनावहरुमा विपक्षी दल छाडेर सत्तारुढ भाजपामा जाने धेरै देखिएका थिए ।तर, अमेरिकाको राष्ट्रपति चुनावमा ...
पाकिस्तानी संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ । संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ । जियो न्युजका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो । पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ । मुसाले संसदका महत्वपूर्ण कागजात पनि नष्ट ...
। यतिबेला अमेरिकामा राष्ट्रपतीय चुनावको गर्मागर्मी माहोल छ । हलिउडदेखि अमेरिकी फेसन, संगीत उद्योग पनि राजनीतिबाट अछुतो रहने कुरो भएन । सेलिब्रेटी एकपछि अर्को गरी आफूलाई मनपर्ने उम्मेदवारको पक्षमा खुलेका छन् । तर कतिपय सेलिब्रेटी मौन छन् । पपस्टार टेलर स्वीफ्टले पनि यो मौनता साँधिरहेको जस्तो देखिएको छ । यो मौकाको फाइदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ...
। एक महिना अगाडिसम्म अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव इतिहासकै सबैभन्दा ज्येष्ठ उम्मेदवारहरूको प्रतिस्पर्धा जस्तो थियो । अनि, पहिलो टेलिभिजन बहसपछि डेमोक्र्याटहरूलाई असाध्यै डर लागिरहेको थियो, वर्तमान राष्ट्रपति जो बाइडेनको बुढ्यौलीकै कारण डोनाल्ड ट्रम्प फेरि सत्तामा आउने त होइनन् ? अमेरिकी इतिहासमा ट्रम्प एकमात्र पूर्वराष्ट्रपति हुन्, जसले एउटा चुनावमा पराजयपछि पनि फेरि फर्किन प्रयास गरेका ...
: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफूले सकेजति देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन्। बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका छन्। 'अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ', ८१ वर्षीय बाइडेनले करिब एक घण्टा ...
। एक वर्षभन्दा बढी समयदेखि जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको चान्सलर बन्नका लागि आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकर बुखारीले एक्स (साविकको ट्वीटर)मार्फत् सो जानकारी दिएका हुन् । उनका अनुसार इमरान खानले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर इलेक्सन २०२४ का लागि आवेदन दिएका हुन् । बीबीसीका अनुसार विश्वविद्यालयले उम्मेदवारको नाम आगामी अक्टुबरमा ...
: अमेरिकी पूर्व राष्ट्रपति र यस पटकको अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलोन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे प्रश्न सोधिएको थियो। जवाफमा ट्रम्पले आफू मस्कलाई सल्लाहकार बनाउन तयार रहेको बताए। टेस्ला र स्पेसएक्सका मालिक ...
First Prev ... 84 85 86 87 88 89 90 91 92 93 94 ... Next Last