मुख्य समाचार
विश्व
। अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन। युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र ...
: हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानमा हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार राति अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणको जवाफी सैन्य कारबाही सुरु गरिएको जनाएको हो। सेन्टकमले इरानले गरेको आक्रमणलाई अनुचित, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लंघन भएको दाबी गरेको छ। व्यावसायिक जहाजलाई निशाना बनाउने कार्यको ...
: पाकिस्तानको एउटा मालवाहक (कार्गो) विमान मंगलबार राति रहस्यमय रुपमा सम्पर्कविहीन भएको छ । विमानमा चालक दलका पाँच सदस्य सवार थिए । यो विमान शारजाहबाट कराँचीतर्फ जाँदै थियो । तर, उडानका क्रममा नेभिगेसन प्रणालीमा समस्या आएपछि यसको हवाई ट्राफिक नियन्त्रण (एटीसी) सँगको सम्पर्क टुटेको थियो । प्रारम्भिक विवरणअनुसार विमान कराँचीको दक्षिण–पश्चिमस्थित अरब सागरमा दुर्घटनाग्रस्त भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आक्रमणपछि सिर्जित भारत र पाकिस्तानबीचको द्वन्द्वलाई लिएर पुनः टिप्पणी गरेका छन्। युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफूले अहिलेसम्म आठवटा युद्ध रोक्न सफल भएको दाबी समेत गरे। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “मैले भारत र पाकिस्तानबीचको द्वन्द्व पनि रोक्काएको थिएँ। अन्य मामिलाहरूमा पनि मैले ...
: श्रीलंकाको नेगोम्बो जेलमा सोमबार बिहान भएको हिंसाका कारण २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।बीबीसीका अनुसार मृत्यु हुनेहरूमा तीन जना प्रहरी अधिकारी पनि रहेका छन्। आइतबार पनि यसै जेलमा झडप भएको थियो, जसमा दुई जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। यद्यपि, आइतबार नेगोम्बो जेलभित्रको तनावपूर्ण स्थितिलाई ...
: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा मध्यपूर्वका प्रमुख चरमपन्थी संगठनहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। यस उपस्थितिमार्फत इरानले आफ्ना कट्टर शत्रुहरू—इजरायल र अमेरिकालाई कडा सन्देश दिँदै आफ्नो 'एक्सिस अफ रेसिस्टेन्स' (प्रतिरोधको धुरी) अझै पनि पूर्ण रूपमा सक्रिय र जीवित रहेको दाबी गरेको छ। तेहरानमा आयोजित उक्त शोक सभा र अन्त्येष्टिमा हमास, हिज्बुल्लाह र ...
: इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह तेहरानमा सुरु भएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार अन्त्येष्टि कार्यक्रममा लाखौँको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको छ। विभिन्न मिडिया आउटलेटहरूले सार्वजनिक गरेका तस्बिर र भिडियोहरूमा समारोहमा जनसागर उर्लिएको देखिन्छ। विशेष भीडभाडलाई मध्यनजर गर्दै राजधानी तेहरान र धार्मिक सहर कोममा विशेष ट्राफिक नियम र सुरक्षा व्यवस्था लागू गरिएको छ। यसैबीच, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे नयाँ अभिव्यक्ति दिएका छन् । उनले यदि चाहेको भए एकै आक्रमणमा इरानको बाँकी नेतृत्वलाई समाप्त पार्न सक्थे, तर उनले इरानले वार्ता गर्न चाहेकाले त्यसो नगरेको बताएका छन् । ट्रम्पले खामेनीप्रति श्रद्धाञ्जली दिन उपस्थित मानिसहरूको रुवाइलाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘सायद यी नक्कली आँशु हुन् ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत आफ्नो हस्ताक्षर भएको १०० अमेरिकी डलरको नोटको नयाँ तस्बिर सार्वजनिक गरेका छन् । केही महिनाअघि अमेरिकी कोष विभाग (ट्रेजरी विभाग) ले पहिलो पटक कार्यरत राष्ट्रपतिको हस्ताक्षर अमेरिकी कागजी मुद्रामा समावेश गरिने घोषणा गरेको थियो । अमेरिकी कोष सचिव स्कट बेसेन्टले शनिबार ट्रम्पको आर्थिक उपलब्धिको प्रशंसा गर्दै अमेरिकाको ...
रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्नका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्ने उद्देश्यले जमिनमै आधारित एक विशेष नमुना संमिश्रण (ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स) निर्माण गरिरहेको छ। एफएमबीएका एक अधिकारीले रूसी समाचार संस्था टासलाई यसको जानकारी दिएका हुन्। उक्त अधिकारीले टाससँग भनेका छन्, ‘एफएमबीए अन्तरिक्ष चिकित्सा र जीवविज्ञान केन्द्रले यस क्षेत्रको विकास गरिरहेको ...
। रुसको प्रमुख सहरमध्येको एक पिटर्सबर्गमा रहेको एक प्रमुख तेल टर्मिनलमा युक्रेनले भीषण हमला गरेको छ । शुक्रबार राति उक्त हमला सफल भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । उनले रुसलाई युद्धका लागि राजस्व उत्पादन गर्ने एक प्रमुख आधारभूत ढाँचामा आफ्नो सेनाले सफल हमला गरेको दाबी गरेका छन् । यस्तै, उनले त्यसका साथै रुसको ...
। अमेरिका र इजरायलको हमलामा मारिएका इरानका सर्वोच्च नेता आयतुल्लाह अलि खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन तेहरानमा लाखौं मानिस जम्मा भएका छन् । शुक्रबारबाट सुरु भएको श्रद्धाञ्जली सभामा शनिबारसम्म उस्तै बाक्लो भिड कायम रहेका तस्वीरहरू सार्वजनिक भएका छन् । खामेनीको शव तेहराको ग्रान्ड मोसल्लामा राखिएको छ । त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् । इरानी अधिकारीका अनुसार ...
: इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएको छ। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दुवै देशको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिका लागि चेतावनी दिएका हुन्। यसअघि बेलायत र फ्रान्सले शुक्रबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई 'वैश्विक अर्थतन्त्रको जीवनरेखा' को ...
: अमेरिका–इजरायल युद्ध सुरु भएकै बेला मारिएका इरानका सर्वोच्च नेता अली खामेनीको निधन भएको चार महिनापछि इरानले उनको सम्मानमा एक सातासम्म चल्ने भव्य अन्त्येष्टि कार्यक्रम आयोजना गरेको छ । यो कार्यक्रम दुई देशका पाँच सहरमा सञ्चालन हुनेछ र करोडौं शोकाकुल नागरिक सहभागी हुने अपेक्षा गरिएको छ । विश्वका दुई शक्तिशाली सैन्य शक्तिसँग महँगो युद्ध लडेको र ...
: थाइल्याण्डको उत्तर-पूर्वी मुकदाहान प्रान्तमा एक ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा नौ जना बौद्ध भिक्षुको मृत्यु भएको छ। तीर्थयात्रामा निस्किएका ३५ भिक्षु र पाँच सर्वसाधारणको समूह सडकमा हिँडिरहेका बेला बालकले अनुमति बिना अभिभावकको गाडी चलाएर नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार पाँच जना भिक्षुको घटनास्थलमै र अन्य चार जनाको अस्पतालमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी गरेका छन् । उनले अमेरिका इरानका सर्वोच्च नेता रहेका अली खामेनीको अन्त्येष्टि (अन्तिम संस्कार) सम्पन्न गर्नका लागि एक साताको समय दिएको पनि बताएका छन् । अमेरिका स्थापना भएको २५० वर्ष पूरा हुन लागेको अवसरमा आयोजित ऐतिहासिक सम्बोधनका क्रममा ट्रम्पले यी कुरा बताएका हुन् ...
First Prev ... 4 5 6 7 8 9 10 11 12 13 14 ... Next Last