मुख्य समाचार
विश्व
: फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराका कारण पेरिस ओलम्पिकको उद्‍घाटन समारोह सर्न सकिने बताएका छन्। युक्रेन र गाजामा युद्ध सुरु भएपछि जुलाई २६ मा हुने उद्‍घाटन समारोहलाई उनले सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका हुन्। बिएफएमटिभी र आरएमसीसँगको अन्तरवार्तामा उनले उद्‍घाटन समारोहलाई एफिल टावरबाट नदीपारि ‘ट्रोकाडेरो’ भवनसम्म सीमित गर्नसक्ने समेत बताए। मुख्य रंगशालामा खेलहरू ...
इजरायली युद्ध मन्त्रिपरिषद्ले इरानले गरेको ड्रोन र मिसाइल आक्रमणको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गरेको छ। हालसम्म इजरायलले उक्त बैठकमा कुनै निर्णय भए नभएको बारेमा भने नबताएको बीबीसी समाचारमा उल्लेख छ। इजरायलका सहयोगीहरूले इरानको कदमको निन्दा गरेका छन्। बेन्जामिन नेतन्याहु सरकारलाई संयमता अपनाउन पनि आग्रह गरेका छन्। इरानले आफ्नो पक्षबाट अब यो मामिला समाप्त ...
: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले 'महत्वपूर्ण पूर्वाधार' लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताएका छन् । रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे ...
: अष्ट्रेलियाको प्रहरीले सिड्नीको एक मलमा चक्कु प्रहार गर्ने पुरुषको निशाना महिला नै भएको देखिएको बताएको छ । ४० वर्षीय जोएल काउचीले शनिबार भीडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा चक्कु प्रहार गरेर ६ जनालाई मारेका थिए। यस आक्रमणमा मारिएका ६ जनामध्ये ५ जना महिला छन् । यस आक्रमणमा एक बालिका सहित धेरै जना घाइते भएका छन् । न्यु ...
इरानले इजरायलमा आक्रमण गरेपछिको मध्यपूर्वको अवस्थालाई लिएर अमेरिका र इराकबीच वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इराकका उपप्रधानमन्त्री मोहम्मद अली तमिमसँग मध्यपूर्वको सुरक्षाका विषयमा कुराकानी गरेका छन् । इरानले शनिबार इजरायलमा सयौं ड्रोन तथा मिसाइलद्वारा आक्रमण गरेको थियो। ब्लिन्केनले तमिमलाई अमेरिका इरानसँग तनाव बढाउन नचाहने तर इजरायलसँग उभिने बताए । तमिमले आफ्नो सरकारको तर्फबाट क्षेत्रलाई युद्धतर्फ ...
इरानले इजरायलप्रति संयमिता अपनाएकोमा पश्चिमी देशहरूले इरानको प्रशंसा गर्नुपर्ने बताएको छ । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको सन्दर्भमा इरानी अधिकारीहरूले यस्तो बताएका हुन्। यसमा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका ...
: पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा ...
। लोकसभा निर्वाचनका लागि सत्तारूढ भारतीय जनता पार्टी र भारतीय कंग्रेस दुबैले मतदाता समक्ष आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् । भाजपाले आफ्नो एजेण्डालाई संकल्पपत्र भनेको छ भने कंग्रेसले न्यायपत्र भनेको छ । कंग्रेसले करिब दुई साताअघि घोषणापत्र सार्वजनिक गरेको थियो । घोषणापत्र सार्वजनिक गर्दै नेता राहुल गान्धीले लोकसभा चुनाव लोकतन्त्रको समर्थक र लोकतन्त्र मास्नेविरुद्धको प्रतिस्पर्धा रहेको ...
। इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको ...
: सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका ...
ब्रायन जोन्सन नामका एकजना अर्बपति तथा प्रविधि उद्यमीले दाबी गरेका छन् कि उनले एन्टी एजिंग अर्थात् बुढ्यौली हटाउने सुत्र पत्ता लगाएका छन् । जवान देखिने त्यो गोप्य सुत्र उनले हरेक व्यक्तिलाई ३४३ डलरमा बिक्री सुरु गरेका छन् । आफूले त्यही कोडबाट आफ्नो जैविक उमेरलाई उल्टाउन सफल भएको जिकिर उनको छ । जसका कारण उनी आफ्नो वास्तविक ...
। इरानले इजरायलमा ड्रोन आक्रमण गरेको छ । इरानले २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल ...
। रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का पावर प्लान्टमा रुसले मिसाइल आक्रमण गरेको हो । आक्रमणबाट पावर प्लान्टमा आगो लागेको र बिजुली उत्पादन बन्द भएको बीबीसीले जनाएको छ । रुसले पछिल्लो पटक युक्रेनका बिजुली, रेलवे लाइन, पुल सहित पाँच क्षेत्रमा आक्रमण केन्द्रित गरेको छ । ...
। रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको अल जजिराले बताएको छ । सन् २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानूनी रूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम ...
यो अप्रिल महिनाको अन्त्य सम्ममा अमेरिकाका विभिन्न १६ वटा राज्यमा झ्याउँकिरीको आक्रमण हुनेवाला छ । अंग्रेजीमा सिकाडा भनिने झ्याउँकिरीका करीब १० खर्ब बथानले अमेरिकामाथि आक्रमण गर्नेछन् । त्यसबाट ठूलो परिमाणमा बालीनालीमा क्षति पुग्न सक्नेछ र यातायात समेत प्रभावित हुनसक्छ। झ्याउँकिरी विभिन्न दुईवटा वर्गका हुन्छन् । एउटा समूहको नाम ब्रूड चौधौं हो, जसलाई ग्रेट साउदर्न ब्रूड पनि ...
। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् । अमेरिकाको औपचारिक भ्रमणमा रहेका सार्क महासचिव गोलाम सरवारसँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा भएको शिष्टाचार भेटका क्रममा गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको क्षेत्रसँग राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । भेटका क्रममा उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको ...