। बंगलादेशका सडकमा मंगलबार आन्दोलनकारी विद्यार्थीहरु ट्राफिक व्यवस्थापन गर्दै गरेको देखिएका छन् ।
राजधानी ढाकासहित बोगुरा जिल्लामा विद्यार्थीहरुले स्वयंसेवी रुपमा ट्राफिक व्यवस्थापन गरेको बंगलादेशी अखबार डेली स्टारले लेखेको छ ।
सडकमा ट्राफिक प्रहरी नदेखिएपछि मिरपुर–२, मिरपुर १०, अग्रगाउँ, बंगला मोटर क्षेत्र लगायतमा विद्यार्थीहरुले सडक व्यवस्थापन गरेको देखिएको समाचारमा उल्लेख छ । उनीहरुले कुनै पनि सवारी साधनलाई इन्टरसेक्सनमा ...