मुख्य समाचार
विश्व
। बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् । हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा ...
। अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो। बीबीसीका अनुसार यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ...
खुसी कारखाना (ह्याप्पीनेस फ्याक्ट्री) का हरेक साना कोठाहरूलाई बाहिरी दुनियासँग जोड्ने एउटा मात्र चिज भनेको ढोकामा भएका खाना खाने प्वालहरू हुन् । ती कोठाहरूभित्र फोन तथा ल्यापटप लैजान पाइँदैन । कोठाको आकार भण्डारकोठाको दराजभन्दा ठुलो छैन र त्यहाँ साथी भनेकै नांगा भित्ताहरू हुन् । त्यहाँका बासिन्दाहरूले कैदीले लगाउने जस्तै निलो रंगका पोशाक लगाउँछन्, तर उनीहरू कैद होइनन् ...
। बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका ...
लोग्नेस्वास्नीको झगडा, परालोको आगो भन्ने उखान हामीकहाँ चर्चित छ । यसको अर्थ हो कि पतिपत्नीको झगडा भनेको मिलिहाल्छ अर्थात् फासफुस भैहाल्छ, त्यसैले अरुले टाउको दुखाउनु पर्दैन। तर, लोग्ने र स्वास्नीबीचका सबै झगडाको आगो कहाँ निभिहाल्दो रहेछ र ? कतिपय झगडालु दम्पतिहरु त यतिसम्म जब्बर हुुँदा रहेछन् कि उनीहरुको मारमुंग्रीले गर्दा आकाशमा उडिरहेको हवाइजहाज समेत आपतकालीन रुपमा ...
: भारतको मध्य प्रदेशको सागरको साहपुरस्थित एक घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको भारी वर्षाका कारण आइतबार बिहान ८:३० बजेतिर जीर्ण घरको पर्खाल भत्किदा ९ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार दुईजना बालकको घटनास्थलमै मृत्यु भएको हो। बाँकी सातजनालाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...
: दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्गमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता छन् । उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो । यो पुलको तीन लेनको ...
लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको इजरायलले जनाएको छ । लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको तथा अन्य कैयौं घाइते भएका बीबीसी समाचारमा उल्लेख छ। इजरायली सेनाले गुप्तचर सूचनाको आधारमा हिजबुल्लाहका शीर्ष कमाण्डर फौद शुक्रलाई लडाकु विमानबाट निशाना बनाएर आक्रमण गरेको ...
बुधबार हमासका राजनीतिक विभाग प्रमुख मुजाहिद इस्माइल हानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ। इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको आक्रमणमा हानियाको मृत्यु भएको हो। 'हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ', हमासले एक विज्ञप्ति जारी ...
: केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ। सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी ...
: पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा जग्गा विवादमा चर्किएको द्वन्द्वमा परी ४३ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ । पाकिस्तानको कुर्रमको पारा चिनारको उपनगर बुशेहरामा उक्त घटना भएको हो। पाकिस्तानमा आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रको द्वन्द्व लामो र हिंसात्मक हुन सक्ने अधिकारीहरुले बताएका छन्। यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने ...
अन्तरिक्षमा दोस्रो ग्रहका जीव अर्थात् एलियनको खोजका लागि दक्षिण अमेरिकी मुलुक चिलीको पहाडमा संसारकै सबैभन्दा ठुलो टेलिस्कोप (दूरबिन) बनिरहेको छ। सो टेलिस्कोपका लागि एउटै निकै ठूलो डोमको निर्माण गरिएको छ । यसको सञ्चालन युरोपियन साउदर्न अब्जरभेटरी (इएसओ) ले गर्नेछ। टेलिस्कोपको नाम Extremely Large Telescope हो। चिलीको अटाकामा मरुभूमिमा रहेको सेरो आर्माजोन्स पहाडमा सो टेलिस्कोपको निर्माण भइरहेको छ। ...
। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् । पूर्वराष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त वक्तव्यमा अहिलेको संकटपूर्ण समयमा ह्यारिसको दूरदृष्टि, चरित्र र शक्तिको माग भइरहेको ...
। गत आइतबार अर्थात् जुलाई २१, २०२४ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा रह्यो । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (c3s)का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ । यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका छन् । भयानक ...
: ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी र पहिरो गएको छ। आँधीले घर र पसलहरूमा क्षति पुगेको छ। आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ। फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ। साथै ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ भने दुई सय २० भन्दा बढी घाइते भएका छन्। ताइवानमा कार्यालय र विद्यालय ...
गाजामा हमासले बन्दी बनाएका दुई बन्धकको मृत्यु भएको इजराइली अभियान समूह होस्टेजेज एन्ड मिसिङ फ्यामिलिज फोरमले बताएको छ । फोरमका अनुसार अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा अपहरित ३५ वर्षीय यागेभ बुचश्ताब र ७६ वर्षीय एलेक्स डान्सिङको मृत्युले बन्धकहरूलाई घर फर्काउनु अत्यावश्यक भएको सम्झना गराउँछ। फोरमले उनीहरूको मृत्यु कहिले भएको भन्नेबारे कुनै जानकारी दिएको छैन ...
First Prev ... 90 91 92 93 94 95 96 97 98 99 100 ... Next Last