मुख्य समाचार
विश्व
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 'जुनसुकै बेला' वार्ता गर्न तयार रहेको बताएका छन् । अमेरिकामा गत नोभेम्बर ५ मा भएको चुनावबाट राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युक्रेनमा शान्ति सम्झौता गर्ने बताएका थिए । पदभार ग्रहण गरेसँगै ...
— जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय मिटर पर ...
— अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबार युरोपेली संघ (इयु) लाई तेल र ग्यास खरिदमार्फत वासिङ्टनसँगको ‘विशाल’ व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका छन् । 'मैले इयुलाई उनीहरूले हाम्रो तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर संयुक्त राज्य अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु', ट्रम्पले शुक्रबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक ...
: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्। डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदले उनलाई गत साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौंपछि सबैभन्दा खराब राजनीतिक संकटमा फसाएको छ। भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार ...
— मलेसियाले नेपालसहित आप्रवासी श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्ने भन्दै एक दशकदेखि कार्यान्वयनमा ल्याइएको विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणाली (एफडब्लूसीएमस)लाई निरन्तरता दिइएको जनाएको छ । मलेसियाको गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै गत कार्तिक १६ गते (१ नोभेम्बर)देखि नै एफडब्लूसीएमएसलाई नविकरण गरिएको जनाएको छ । मलेसियाले यो प्रणालीअनुसार श्रमिकको भर्ना प्रक्रियालाई अगाडि बढाउन सूचना जारी गरेको ...
— दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोगबारे सुनुवाइ प्रक्रिया सुरू गरेको छ । सैनिक शासन घोषणा गरेको र देशलाई राजनीतिक उथलपुथलमा डुबाएको आरोपमा कोरियाली संसद्ले गत राष्ट्रपति युनविरुद्ध शनिबार महाभियोग प्रस्ताव पारित गरिसकेको छ । संसद्‍बाट महाभियोग प्रस्ताव पारित भएसँगै निलम्बनमा परेका युनलाई हटाउने वा पुनर्बहाली गर्ने विषयमा ९ सदस्यीय अदालतले निर्णय ...
— प्रशान्त राष्ट्र भानुआतुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार ७.३ म्याग्निच्युडको भूकम्प ५७ किलोमिटरको गहिराइमा भानुआतुको मुख्य टापु एफेटको तटबाट करिब ...
— मायात टापुमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ । अधिकारीहरूले एक हजार जना भन्दा बढीको ज्यान गएको आशंका गरेका छन् । ९० वर्षयताकै शक्तिशाली चिदो आँधीले भीषण हावाहुरी ल्याएपछि मायातको जनजीवन अस्तव्यस्त बनेको हो । मडागास्कर र मोजाम्बिकबीच हिन्द महासागरमा अवस्थित मायातमा फ्रान्स प्रशासित टापु हो । २ सय २५ ...
। इजरायलले सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सिरियन वार मनिटरले इजरायलको यो आक्रमणलाई पछिल्लो दशकमा टार्टसमा भएको सबैभन्दा ठूलो आक्रमण भनेको छ। इजरायली फाइटर जेटहरूले ...
। बंगलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले बताएका छन् । गत अगष्टमा बंगलादेशमा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेद अपदस्थ भएकी थिइन् । त्यसपछि बनेको कामचलाउ सरकारका नेता युनुसले आगामी वर्षको अन्त्य वा सन् २०२६ को सुरुमा आम निर्वाचन हुने दाबी गरेका छन् । गत अगस्टमा ...
— अमेरिकाको एबीसी न्युजले मानहानी मुद्दामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १५ मिलियन डलर(झन्डै २ अर्ब नेपाली रुपैयाँ) तिर्ने भएको छ । एबीसी न्युजका प्रस्तोता जर्ज स्टेफानोपोलिसका कारण ट्रम्पलाई च्यानलले पैसा तिर्नुपरेको हो । जर्जले यसै वर्षको मार्च १० का दिन एक अन्तर्वार्ताका क्रममा ट्रम्प 'बलात्कारका लागि जिम्मेवार' रहेको बताएका थिए । एबीसी न्युजले ट्रम्पलाई मानहानीमा ...
। हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान ...
— अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा राष्ट्रपति बसर अल-असदलाई परास्त गरेको हयात तहरीर अल-साम (एचटीएस) विद्रोहीसँग प्रत्यक्ष सम्पर्क गरेको बताएका छन् । हालसम्म पनि आतंककारी संगठनको सूचीमा रहेको एचटीएससँग अमेरिकाले पहिलोपटक प्रत्यक्ष सम्पर्क गरेको हो । विदेशमन्त्री ब्लिन्केनले हराइरहेका अमेरिकी पत्रकार अस्टिन टाइसको अवस्थाका विषयमा एटीएससँग सम्पर्क गरेको बताएका बीबीसीले जनाएको छ । उनीसहित टर्की, अरबी ...
— झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा आइतबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्युु भएको छ। सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ कि जमुना धिमाल र सोही स्थान बस्ने ...
। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा डेभिन नुन्सलाई नियुक्त गरेका छन् । ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत नुन्सलाई गुप्तचर निकायको सल्लाहकार नियुक्त गरेका हुन् । हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्त्वपूर्ण भूमिकाको लागि ...
। इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको ...
First Prev ... 90 91 92 93 94 95 96 97 98 99 100 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम