मुख्य समाचार
विश्व
— युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो । बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै ...
— खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् । सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो पानी परेको हो । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा ...
इजरायल र प्यालिस्टाइनी लडाकु समूह हमासबीच साढे ६ महिनादेखि जारी पछिल्लो युद्ध थामिनेभन्दा फैलिने जोखिम बढेको छ । हमास आक्रमणमा १४ सय मारिएपछि इजरायलको प्रत्याक्रमणमा ३५ हजारको ज्यान गएको छ । इजरायलमाथि दबाब बढाउन भन्दै यमन र लेबनानका लडाकु समूहले इजरायलसँग भिडन्त गर्दै आएका छन् । अझ अहिले आएर उनीहरूलाई समर्थन गर्दै आएको दाबी गरिएको इरान सोझै द्वन्द्वमा मिसिएको ...
— इजरायलको जेरुसेलमस्थित मोहिनमा कार्यरत बाँकेका कुमार बुढा क्षेत्रीलाई शनिबार राति इरानले इजरायलमाथि आक्रमण गर्दै छ भन्ने पूर्वसूचना थियो । तर, त्यो आक्रमण कति भयानक हुन्छ भन्ने क्षेत्रीलाई आकलन थिएन । ‘इजरायलमाथि आक्रमण हुँदै छ भन्ने हल्ला एक सातादेखि नै व्यापक थियो । यहाँको सरकारले शनिबार राति आक्रमण हुँदै छ भन्ने पूर्वसूचना दिएको थियो । त्यसअनुसार हामी सुरक्षित अवस्थामा ...
— सिक्किमका मुख्यमन्त्री मात्रै हैन सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का सुप्रिमो पनि हुन् प्रेम सिंह तामाङ उर्फ पीएस गोले । यसपटक उनी गान्तोकको रिनोक र सोरेङको बारफुङ क्षेत्रबाट उम्मेदवार बनेका छन् । दुई मध्ये एक क्षेत्रबाट जित्ने दाउमा रहेका उनलाई पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङसँग डर छ । चाम्लिङ पुनः फर्किएलान् र कुर्सी खोसिएला भन्ने त्रासमा छन् ...
युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मङ्गलबार जनाएको छ। रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ। कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गरेको छैन। 'बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार ...
First Prev ... 93 94 95 96 97 98