मुख्य समाचार
स्वास्थ्य
— यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकलाई प्रदान गरिएको छ । कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्रु वेसमानलाई संयुक्त रूपमा यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको हो । सन् २०१९ मा कोरोना सुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि ...
— वीरगन्ज महानगरपालिकामा डेंगी संक्रमण बढ्दै गएको छ । यस वर्ष साउनको अन्तिम सातादेखि आइतबारसम्ममा महानगरमा ५७ डेंगी रोगी देखिएका वीरगन्ज महानगर स्वास्थ्य महाशाखा प्रमुख अनिलकुमार यादवले जनाए । उनका अनुसार, साउनमा २, भदौमा ३८ र असोजमा १७ गरी कूल ५७ डेंगी रोगी फेला परेका हुन् । उनीहरु वीरगन्जका विभिन्न अस्पताल तथा चिकित्सकको सम्पर्कमा पुगेका छन् ...
— पाँचथर जिल्ला अस्पतालमा पहिलो पटक गेडीको सफल प्रत्यारोपण गरिएको छ । जसलाई चिकित्सकको भाषामा हेमी रिप्लेसमेन्ट आर्थोपोलोजी भनिन्छ । चिकित्सकहरुका अनुसार गेडी प्रत्यारोपण र यसको पूर्व तयारीमा गरिने अप्रेसनलाई जटिल प्रकृतिको मानिन्छ । यसअघि यो अप्रेसन कोशी अञ्चलका कुनै सरकारी अस्पतालमा भएको थिएन । देशभरका जिल्ला अस्पतालहरुमा गेडीको सफल प्रत्यारोपण गर्न पाँचथर अस्पताल पहिलो पटक ...
— सरकार र स्वास्थ्यकर्मीबीच सहमति भएको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकमाथि आइतबार कुटपिट भएको छ । उपचारका लागि केएमसी आएका बिरामीका आफन्तले डा. मनीष खड्कामाथि हातपात गरेको अस्पतालले जनाएको छ । कार्यकक्षमै डाक्टर कुटिएपछि स्वास्थ्यकर्मीहरूले सिनामंगल क्षेत्रमा प्रदर्शनसमेत गरेका थिए । ओपीडी सेवा बन्द गरेर आन्दोलन गरिएको डा. हेमा चन्दले जानकारी दिइन् । मिर्गौलाको ...
— ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर चाबहिलमा विपन्न, असहाय, बेवारिस बिरामीको निःशुल्क उपचारका लागि शय्या छुट्याएको कोठामा ताला लगाइएको छ । तर, अस्पतालले २०७९ साउन २६ मा ६५ हजार ८ सय ९९ अमेरिकी डलर पर्ने इको कार्डियोग्राफी मेसिन भन्सार छुटमा ल्याएको थियो । काठमाडौं महानगरपालिकाले मापदण्डबमोजिम कुल शय्याको १० प्रतिशत विपन्न, असहाय र बेवारिसका लागि निःशुल्क नगरेको ...
— देशभरका चिकित्सकलगायत स्वास्थ्यकर्मीले चार दिनदेखि गरेको आन्दोलनले सर्वसाधारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । देशभरका अधिकांश अस्पतालको सेवा अवरुद्ध बनेको छ । आकस्मिक सेवा मात्रै सञ्चालन गर्ने डाक्टरहरूले घोषणा गरेका छन् । वीर अस्पतालमा उपचारको प्रतीक्षामा रहेका धादिङका टंकलाल अर्यालले तोकिएको दिनमा डाक्टर भेट्न नपाएको गुनासो गरे । ‘शरीर सुनिएर वीरमा उपचार गराएर डिस्चार्ज भएको थिएँ, डाक्टरले ...
— सुरक्षित कार्यस्थलको माग राख्दै चिकित्सकसहित स्वास्थ्यकर्मीले बिहीबार पनि सडकमा प्रदर्शन गरेका छन् । ३ दिनदेखि काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरका अधिकांश अस्पतालका आवासीय चिकित्सकहरूको अगुवाइमा सुरक्षाको माग राख्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् । देशभरका आवासीय चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मीलगायतले आन्दोलनमा सहभागिता जनाएका नेपाल मेडिकल कलेजका डा. विष्णु झाले बताए । स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित काम ...
: चिचिला गाउँपालिका–४ की भद्रमाया गुरुङ पाँच महिनादेखि दुवै आँखा देख्न छाडिन् । ८३ वर्षीया गुरुङ उमेरकै कारण आँखा देख्न छाडेको भन्दै उनी घरमै परिवारको सहयोगमा भित्रबाहिर गर्दै आएकी थिइन्। उमेरका कारण आँखा देख्न छाडेको र अब उपचार हुँदैन भनेर बसेकी थिएन्। आँखाको शल्यक्रियापछि दुवै आँखाको ज्योति फर्किएपछि गुरूङले भनिन्,'अब त दुवै आँखा देख्ने भइयो,यरी हेर्न ...
— चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण भएको भन्दै लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालका १ सय भन्दा बढी चिकित्सकहरू बिहिबार आन्दोलनमा उत्रिएका छन् । उनीहरू काम छाडेर सुरक्षा माग गर्दै तानसेन बजारका सडकमा उत्रिएका छन् । मेडिकल कलेजका कन्सल्ट्यान्ट चिकित्सक, आवासीय चिकित्सक, इन्टर्नका साथै स्वतःस्फूर्त रुपमा एमविविएस पढ्दै गरेकाहरू नारा जुलुस गर्दै सडकमा ओर्लिएका हुन् । चिकित्सकहरू ...
— नेपाल चिकित्सक संघको बोर्ड बैठकले दुई सातायता कञ्चनपुर, लमजुङ र पोखराको मणिपाललगायत अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणपछि आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनबारे कुनै ठोस निर्णय लिन सकेन । बुधबार बसेको बैठकले आगामी दिनमा आवासीय चिकित्सकहरूले सुरु गरेको आन्दोलन र त्यसमा उठाइएका मागहरूका बारेमा निर्णय लिने बताइए पनि त्यसबारे छलफलमात्रै भएको हो । संघका अध्यक्ष डा. अनिलविक्रम ...
— पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कतै सतप्रतिशत खपत भएको छ भने कतिपय ठाउँमा अझै खपत हुन सकेको छैन । एचपीभी खोप : कतै सतप्रतिशत खपत, कतै अवधि थपियो सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘पाइलटिङ/डेमोन्सट्रेसन’ भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट गरेको थियो । एचपीभी खोप गत असार १९ मा चीनबाट २० हजार मात्रा खरिद ...
हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै विभिन्न अस्पतालमा अहेव/डाक्टरमाथि आक्रमणका शृंखला सार्वजनिक भइरहेका छन् । दुई सातायता कञ्चनपुर, लमजुङ र पोखराको मणिपाल लगायत अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । डाक्टरमाथि आक्रमणमा मेलमिलाप होइन, कानुनी कारबाही गर आक्रमण बढेपछि डाक्टरहरू सुरक्षा माग गर्दै सडकमै ओर्लिएका छन्, कतिपय अस्पतालमा सेवा बन्द गरेका छन् । मानव जीवनको सुरक्षामा खटिनुपर्ने डाक्टरहरू ...
। देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका सांघातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । २७ भदौमा हेटौंडाको सञ्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण भएयता बुटबल, लमजुङ, मणिपाल शिक्षण अस्पताल पोखरा, बिराटनगर, बघौडा अस्पताल चितवन, पाटन अस्पताल लगायतमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको संघले ...
: किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’अभियान बुधबारबाट सुरु भएको छ। बुधबार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोप अभियानको सुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले ...
: यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गरे। उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा ...
: बैतडीको दोगडाकेदार गाउँपालिकाका एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ। दोगडाकेदार-६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो। प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले यही भदौ १९ गते अनुगमनका क्रममा कार्कीले मेडिकल अवैधरूपमा सञ्चालन गरिरहेको फेला पारेको थियो। अवैधरूपमा मेडिकल सञ्चालन गरेको ...