मुख्य समाचार
स्वास्थ्य
— सरोकारवाला निकायमा दर्ता नगरी स्वास्थ्यसम्बन्धी विभिन्न जाँच गर्ने ल्याब उपकरण तथा एक्सरे मेसिन राखेर मेडिकल हल, डाइग्नोस्टिक सेन्टर सञ्चालन गर्ने आधा दर्जन व्यापारिक स्वास्थ्य संस्थालाई धरान उपमहानगरपालिका तथा राजस्व अनुसन्धान कार्यालयले बिहीबार कारबाही गरेको छ । कुनै पनि निकायमा दर्ता नगरी बिरामीको उपचार गर्दै आएका व्यापारिक स्वास्थ्य संस्थाले सर्वसाधारणको जीवनसँग खेलवाड गरेको भन्दै कानुनी उपचारको ...
— दार्चुलाका विभिन्न ठाउँहरूमा आँखा पाक्ने संक्रमण फैलिँदै गएको छ । नेपाल नेत्रज्योति संघको दार्चुला आँखा उपचार केन्द्रमा अहिले दैनिक रूपमा बिरामीहरू यो समस्या लिएर उपचारका लागि आउन थालेको आँखा उपचार केन्द्र दार्चुलाका नेत्र सहायक करनसिंह डाँगाले बताए । सीमावर्ती भेगमा आँखा पाक्ने संक्रमण फैलिरहेको छ । जिल्ला सदरमुकामको खलंगा बजार भारतीय बजारसित सीमा जोडिएको हुनाले दिनहुँ ...
— धरानलगायतका सहरमा डेंगीले महामारीको रूप लिए पनि यस वर्ष राजधानी उपत्यकामा भने डेंगीले प्रकोपकै रूप लिने सम्भावना कम रहेको विज्ञहरूले बताएका छन् । तर, सावधानीका लागि सातामा एक पटक घर र छेउछाउमा लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान चलाउन उनीहरूको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार बिहीबारसम्म मुलुकमा कुल डेंगी संक्रमणको ...
कैलाली : सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार छ सय बढीमा सङ्क्रमण भएको छ। सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ। यस प्रदेशमा सन् २०२३ को सुरुआतदेखि हालसम्म तीन सय २५ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति ...
नुवाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई आधुनिक शववाहन हस्तान्तरण गरिएको छ। अस्पतालका प्रमुख डा. प्रतीक सिंहलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी र आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले शववाहन हस्तान्तरण गरेका हुन्। शव वाहन उपलब्ध भएकाले सञ्चालनका लागि अस्पतालले वैकल्पिक स्रोतको खोजी गरिरहेको अध्यक्ष राजु पण्डितले बताए। त्रिशूली अस्पतालमा आकस्मिक र बहिरंग गरी दैनिक तीन सय जनाको ...
धरान :सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान ...
धूमपान रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण बनेको छ । धूमपानका कारण प्रत्येक वर्ष ८७ लाख मानिसको मृत्यु हुने गरेको छ भने अर्काले उडाएको धुँवामा सास फेर्दा १३ लाख जनाले ज्यान गुमाउने गरेका छन् । डब्ल्यूएचओका अनुसार इथियोपिया, इरान, आयरल्याण्ड, जोर्डन, मदगास्कर, मेक्सिको, न्यूजील्याण्ड र स्पेनसहितका आठ देश सुर्ती नियन्त्रणमा सामेल हुन एक ...
विश्व स्वास्थ्य सङ्गठनले धूमपानविरुद्धको अभियानमा केवल चार देश – ब्राजिल, मरिसस, नेदरल्याण्डस् र टर्कीले साथ दिएको बताएको छ । धूमपानले निम्त्याउने अकल्पनीय क्षतिविरुद्धको लडाइँमा सिफारिस गरिएका सुर्ती विरोधी सबै उपाय ती देशले अपनाएका उक्त संस्थाले सोमबार बताएको छ । पछिल्लो एक प्रतिवेदनअनुसार डब्ल्यूएचओले आफ्ना सदस्य सबै राष्ट्रलाई सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न,सूर्ति र सुर्तीजन्य उत्पादनको ...
विराटनगर : मोरङको उर्लाबारीमा औषधि खुवाएर अवैध तरिकाले गर्भपतन गराउँदा महिलाको मृत्यु भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उर्लाबारी नगरपालिका–६ स्थित आश्रय मेडिकल हल (औषधि पसल)ले उपलब्ध गराएको औषधि सेवन गर्दा झापाको दमक नगरपालिका–४ ताराबारीकी ४० वर्षीया कल्पना राईको मृत्यु भएको पत्ता लागेको हो। प्रहरीका अनुसार इच्छाविपरीत गर्भ रहेको भन्दै गर्भपतनका लागि कल्पना गत जेठ ...
झापा : कचनकवल गाउँपालिकाले म्याद गुज्रेको औषधि वितरण गर्ने तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको बारेमा जानकारी गराएको हो। निलम्बनमा पर्नेहरूमा हेल्थ असिस्टेन्ट, एग्जुलरी हेल्थ वर्कर र फार्मेसी सहायक रहेका छन्। साथै गाउँपालिकाले घटनाको सत्य तथ्य छानबिनका लागि छानबिन ...
काठमाडौं : दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल दाङको बङ्गलाचुली नगरपालिका पाँचजना र कालीकोटको खडाचक्र नगरपालिकामा चारजनामा दादुराको सङ्क्रमण देखिएको जानकारी दिए। उनले ती दुवै ठाउँका शङ्कास्पद बिरामीको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा दादुराको सङ्क्रमण पुष्टि भएको बताए । कालीकोटमा नौ ...
जाजरकोट :लम्पी स्किन रोगबाट जाजरकोटमा एक हजार ४ सय ६० पशुचौपाय मरेका छन् । उपचार अभावमा जाजरकोटमा ठूलो संख्यामा पशुचौपाया मरेका हुन् । जिल्लाभर ९ सय २ गोरु, २ सय ४९ गाई, १ सय ९९ भैंसी र १ सय १० बाछाबाछीको मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु चिकित्सक डा.सुशिल ऐरीले बताए । ...
काठमाडौं : नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिए। 'एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,' विज्ञप्तिमा भनिएको छ, 'ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ...
First Prev ... 11 12 13 14 15 16