— गड्डाचौकी नाका भएर भारतबाट नेपाल घर फर्किदै गरेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार एण्टिजेन परीक्षण गरिएका ७९ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारीका अनुसार गड्डाचौकी नाकामा लामो समयपछि पहिलो पटक संक्रमण देखिएको हो ।
उनका अनुसार भारतको हरिद्वार, दिल्ली र पञ्चावबाट आएकाहरुमा संक्रमण ...