औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ ।
‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
। सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी हुने भएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिएर उद्धार गर्ने कर्मचारी, २०८१ मा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको ...
। इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) नेपालको आयोजनामा १५औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप यही पुस ३ देखि काठमाडौंमा हुने भएको छ। सो विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराएका छन्।
आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ भने आइओएफटिसी नेपाल त्यसको सहयोगी संस्था हो। सन् २००० मा सुरु ...
। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्।
एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ। युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा ...
। काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा ...
। काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा ...