मानवीय कल्याणको पवित्र उद्देश्यले खोलिएको नेपाल रेडक्रस सोसाइटी नेतृत्व विवाद, आर्थिक अनियमितता, राजनीतिक हस्तक्षेपजस्ता समस्यामा गुज्रँदा अन्तर्राष्ट्रिय रेडक्रस महासंघ तथा रेडक्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले तत्कालका लागि सहकार्य टुटाएको छ ।
अमेरिका, जापान, बेलायत, क्यानडा र फिनल्यान्डलगायतका रेडक्रसले पनि सहकार्य स्थगन गरेका छन् । जबकि नेपाल रेडक्रस ‘अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अंगका रूपमा मुलुकभर मानवीय सेवाका लागि’ स्थापना ...