मुख्य समाचार
खेलकूद
— आज फेरि भारतविरुद्ध पाकिस्तानको खेल छ, एसिया कपमा । प्रतियोगिताको सुपर–फोरमा यी दुई छिमेकी प्रतिद्वन्द्वी भिड्न लागेका हुन् । श्रीलंकाको कोलम्बोमा खेल हुँदै छ । डर छ, कतै खेल फेरि एकपल्ट वर्षाले प्रभावित हुने त होइन ? कोलम्बोमा यतिखेर छिनछिनमा पानी परिरहेको छ । भारत र पाकिस्तान समूह चरणमा भिड्दा पनि खेल पूरा हुन पाएको थिएन, पानीकै कारण । तर यसपल्ट ...
— अमेरिकी किशोर खेलाडी कोका गउफले एक सेटले पछाडि रहेको स्थिति उल्टाउँदै शनिबार बेलारुसकी आरयना साबलेन्कालाई पराजित गर्दै यूएस ओपन जितेकी छन् । उनले जितेको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । आर्थर ऐस स्टेडियम कोर्टमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा १९ वर्षीया गउफले २ घण्टा ६ मिनेट चलेको खेल २–६, ६–३ र ६–२ ले आफ्नो पक्षमा पारिन् । फाइनल ...
— विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्दै छ । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यान्मारले पाहुना टिमलाई दबाबमा राखेको थियो । लगातार गोलको अवसर सिर्जना पनि गरेको थियो । नेपाली खेलाडीहरूको रक्षापंक्तिमा जुझारु खेल र गोलकिपर ...
— नोभाक जोकोभिचले ड्यानिल मेभडेभेडलाई सिधा सेटमा पराजित गर्दै शनिबार यूएस ओपनको उपाधि जितेका छन् । उनले जितेको यो चौथो यूएस ओपनको उपाधि हो । यस्तै जोकोभिचले २४औं ग्रान्ड स्लामको उपाधि जित्दै कीर्तिमान बराबर पनि गरेका छन् । दुई वर्षअघिको यूएस ओपन फाइनलमा जोकोभिच रुसी खेलाडी मेडभेडेभकै हातबाट पराजित भएका थिए । अब उनले यसको पनि ...
: फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिलले बोलिभियालाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दा स्टार फरावर्ड नेमारले भने भिन्न कीर्तिमानको आत्मसाथ गरेका छन्। शनिबार बिहान भएको खेलमा घरेलु टोली बोलिभियाविरुद्ध दुई गोल गरेका नेमारले ब्राजिलका सर्वकालीन महान खेलाडी पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानसँग बराबरी गरेका हुन्। नेमारले शनिबार नै पेलेलाई पछाडि ...
: जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला-२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ। न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए। यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने ...
: आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त भएको छ । थाइल्याण्डले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको नेपाल ...
: नेपालकी रजनी श्रेष्ठले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई पछि पार्दै रजनीले स्वर्ण पदक जितेकी हुन्। रजनीले यसअघि माल्दिभ्समा आयोजना भएको ५३औंमा एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा रजत र कांस्य पदक जितेकी थिइन्। तेस्रो ...
काठमाडौं : एसिया कप खेल्न श्रीलंका पुगेका नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। पाकिस्तान हुँदै श्रीलंका पुगेको नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको हो। पहिलोपटक एसिया कपमा सहभागी भएको नेपालले क्रिकेटका महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो। दुवै टोलीसँग पराजित भए पनि राम्रो प्रदर्शन गरेको भन्दै विश्वभरिबाट नेपाली टोलीको प्रशंसा भइरहेको छ।
काठमाडौं : ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको टिम च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ। २६० अंक हासिल गर्दै नेपालले तेस्रो स्थान हात पारेको हो। ७९५ अंकका साथ भारत पहिलो र ५९० अंक जोडेको थाइल्यान्ड दोस्रो भयो। महिलामा थाइल्यान्ड पहिलो, भियतनाम दोस्रो र हङकङ तेस्रो भयो। च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधि भारतका सराभनन मनिले ...
— नेपालले आईसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी वर्ल्डकप क्वालिफायरमा सोमबार लगातार चौथो जित निकाल्यो र यसका लागि कतारमाथि नौ विकेटको जित रह्यो । यो जितपछि नेपालको चार खेलबाट आठ अंक भएको छ र प्रतियोगिताको सेमिफाइनल पुग्ने निश्चित भएको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा यूएईको सामना गर्नेछ र यही खेलले समूह विजेताको निधो गर्नेछ । प्रतियोगितको फाइनल ...
— नेपालका ‌‌ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् । सोमबार श्रीलंकाको क्यान्डीमा एसिया कपअन्तर्गतको खेलमा भारतविरुद्धको खेलमा उनले १ हजार रन पूरा गरेका हुन् । उनले यसअघि ९९४ रन बनाएका थिए । सोमबार भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।भुर्तेलले सोमबार भारतविरुद्ध २५ बलमा ३ चौका र २ ...
— किशोर खेलाडी इभान फर्गुसनको ह्याट्रिकको मद्दतले ब्राइटनले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई ३–१ ले हराएको छ । आयरल्यान्डका १८ वर्षीय स्ट्राइकरले २७, ६५ र ७० औं मिनेटमा गोल गरे । यस जितपछि ब्राइटनको चार खेलबाट नौ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । यसअघिका अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले फुलहमलाई ५–१ ...
— जुड वेलिङघमले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा गेटाफेलाई २–१ ले हराएको छ । नयाँ सिजन रियलको यो लगातार चौथो जित हो । यससँगै उसको १२ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ । बर्नाबाउमा भएको खेलमा बोरजा मायोरलको गोलले गेटाफेले ११ औं ...
— डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ए मा शनिबार घरमै लाजियोसँग २–१ को स्तब्धपूर्ण हार बेहोरेको छ । नयाँ सिजन सुरु भएयता नेपोलीको यो पहिलो हार हो । लाजियोका लागि लुइस अल्बर्टो र कामादाले गोल गरे । जापानी मिडफिल्डर कामदाले इन्ट्राख्ट फायन्कफर्टबाट लाजियो आएयता गरेको यो पहिलो गोल हो । नेपोलीका लागि पिट्र जिलिन्स्कीले एक गोल ...
— सन ह्युङ–मिनको ह्याट्रिकको सहयोगमा टोटेनहम हर्टस्परले पछाडि परेको स्थिति उल्टाउँदै बर्नलीलाई टर्फ मुरमा शनिबार ५–२ ले पराजित गरेर प्रिमियर लिगको नयाँ सिजनमा अपराजित यात्रा कायम राखेको छ । लिली फोस्टरले आकर्षक गोलमा चौथो मिनेटमै बर्नलीलाई अगाडि बढाएका थिए । तर, कप्तान सनले १२ औं मिनेटमै टोटेनहमलाई बराबरी दिलाए । त्यसपछि पाहुना टिमले पछाडि फर्किनुपरेन । क्रिस्टियन रोमेरोले पहिलो हाफको ...