मुख्य समाचार
खेलकूद
। नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ । थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए । सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर ...
: नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्जाइज टिमका मालिकको टुंगो लागेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्जाइज टिमका मालिकहरूको नाम सार्वजनिक गरेको छ। क्यानका अनुसार सबैभन्दा महँगोमा टिम पोखरा बिकेको छ। पोखरालाई नेपाल टी-२० प्रालिले ३ करोड ५७ लाखमा किनेको छ। त्यस्तै दोस्रो महँगोमा टिम काठमाडौं बिकेको छ। काठमाडौंलाई कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ...
: राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै वालिङले सहज जित हासिल गरेको हो। वालिङका लागि ज्याक्लीन नास्सालीले १०, ४१ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने चौथो गोल सुक्रिया मियाले ९० औं मिनेटमा ...
। कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो । खेलको २६ औं मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल फर्काइन् । ५४ ...
। विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा बुधबार संकटा क्लबलाई ४-० ले पराजित गरेको छ । विमला चौधरीको दुई गोलमा आर्मीले सहज जित निकालेको हो । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री देवी मगर र अनिता लम्जेल १-१ गोल गरे। १९औं मिनेटमा सावित्रीले गोल गर्दै आर्मीलाई ...
। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज क्यानडा भ्रमण अघि अन्तिम तयारीलाई श्रीलंकामा गएको नेपालको दोस्रो खेल पनि वर्षाको कारण रद्द भएको छ । श्रीलंका डेभलेप्मेन्टसँग तीन एकदिवसीय अभ्यास खेलको सिरिज खेल्न नेपाल आइतबार त्यसतर्फ लागेको थियो। मंगलबार पहिलो अभ्यास खेल पनि वर्षाको कारण हुन सकेको थिएन । आज दोस्रो खेल पनि वर्षाको कारण हुन सकेन ...
। साफ महिला च्याम्पियनसिप २०२४ को पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले पहिलो खेल दशरथ रंगशालामा भुटानसँग अक्टोबर १८ मा खेल्नेछ । समूह बीमा नेपाल र भुटानसँगै श्रीलंका र माल्दिभ्स पनि छन्। नेपालले दोस्रो खेल अक्टोबर ...
। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् । बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो । पेरिसमा भएको ...
। फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो । मनोनयनको रमाइलो पक्ष के छ भने विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै सन् ...
। देशका लागि खेल्ने र जित्ने खेलाडी धेरै हुन्छन् । तर नगर वा शहर परिक्रमाको सम्मान निकै कम खेलाडीले पाउँछन् । असम्भव जस्तै मानिएको उपलब्धि हात पार्न सक्नुपर्छ । बुधबार ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई नगर परिक्रमा गरेर सम्मान गरिएको छ । फ्रान्सको पेरिसमा सन् २०२४ पारालिम्पिक्सको के ४४ क्याटेगोरी ५७ केजीमा कांस्य जितेपछि ...
। विकेटकिपर लिटन दास र स्पिनर मेहेदी हसन मिराजको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले पहिलो पटक पाकिस्तानविरुद्ध टेस्ट सिरिज जितेको छ ।मंगलबार घरेलु टोली पाकिस्तानलाई दोस्रो टेस्ट खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विपका साथ बंगलादेशले इतिहास रचेको हो । १८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले पाँचौं तथा अन्तिम ५६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। बंगलादेशका ओपनर जकिर हसनले ...
। भारतीय पूर्व टी-२० विश्वकप विजेता प्रशिक्षक राहुल द्रविड इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली राजस्थान रोयल्सको मुख्य प्रशिक्ष बन्ने भएका छन् । राहुल द्रविड र राजस्थानबीच सम्झौताई भइसकेको इएसपिएनक्रिकइन्फोले जनाएको छ । द्रविड सन् २०१२ र २०१३ मा राजस्थानको कप्तान थिए । सन् २०१४ र २०१५ मा उनी राजस्थानको निर्देशक तथा मेन्टरको रुपमा काम ...
। साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । गत बिहीबार सम्पन्न एन्फा कार्यसमिति बैठकले यु–२० टिमलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको हो । यसैगरी खेलाडीलाई टिकट विक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो । एन्फाका अनुसार खेलाडीले टिकट विक्रीको २० ...
। नेपाली महिला बास्केटबलको नयाँ कप्तानमा अनुशा मल्ल ठकुरी नियुक्त भएकी छन् । नेपाल बास्केटबल संघ (नेबा) ले यही सेप्टेम्बरमा भुटानमा हुने ट्राई नेसन्स महिला बास्केटबल प्रतियोगिताको लागि अनुशालाई कप्तान चयन गरेको हो । नेबाले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत अनुशालाई कप्तान नियुक्त गरिएको जनाएको छ । नेबाका अध्यक्ष भीमसिंह गुरुङले हाल टोलीमा रहेका खेलाडीमध्ये अनुभवी अनुशालाई ...
। भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् । मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ । मधेशले यसअघि ...
: राजधानीमा जारी एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चन्द्रपुर र कर्णालीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलको सातौ मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरकी रजनी थोकरले गोल गर्दै बराबरी गर्न सफल भइन्। दोस्रो ...