मुख्य समाचार
खेलकूद
– अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा सेमिफाइनलमा स्थान बनाउन भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बेलुका ८ः १५ मा सुरु हुनेछ । सुपर-८ को ग्रुप-१ मा भारत २ खेलमा २ मा जितका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ ...
– दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा एकै संस्करणमा ७ खेल जित्ने पहिलो देश बनेको छ । आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ मा सोमबार वेष्टइण्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै उक्त कीर्तिमान बनाएको हो । यसअघि टी२० विश्वकपमा सन् २००९ मा श्रीलंका तथा अष्ट्रेलियाले २०१० र २०२१ मा एकै संस्करणमा ६-६ खेल जितेका थिए ...
। क्रिकेटर सन्दीप लामिछानेले धेरै पछि क्रिकेट खेल्न पाउँदा आफूलाई डेब्यू गरेजस्तो लागेको बताएका छन् । वेष्ट इण्डिजमा टी–२० विश्वकप खेलेर शनिबार नेपाल फर्र्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले धेरै उतारचढावका बीच क्रिकेट खेल्न पाएको बताए । ‘धेरै लामो समयदेखि क्रिक्रेट फिल्डमा पाइला राख्दा डेब्यू गरेजस्तो लागेको थियो’, उनले भने, ‘यहाँदेखि त्यहाँसम्म जाँदा धेरै अप्स एण्ड ...
– साविक विजेता इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । सुपर-८ को ग्रुप २ बाट ३ खेलमा ४ अंकका साथ शीर्ष दुईमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको हो । ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । कप्तान जस बटलर ३८ बलमा ६ चौका ...
। टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । ...
। अफगनिस्तानले टी–२० विश्वकपमा अष्ट्रेलियालाई स्तब्ध पारेको छ । सुपर ८ बाट बाहिरिनबाट बच्न जित चाहिएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अनि अष्ट्रेलियालाई १२७ रनमा अलआउट गर्दै २१ रनको ऐतिहासिक जित निकालेको हो । अफगानिस्तानको यो जितको आर्किटेक्ट भने गुलबद्दीन नायबलाई मान्न सकिन्छ । सेन्ट भिन्सेन्टमा अफगानिस्तानका सिमरहरुले अष्ट्रेलियाको टप अर्डर ध्वस्त बनाए ...
। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदमा रहेका समस्या समाधानमा आफू केन्द्रित रहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । केही सांसदले खेलकुद परिषदमा पञ्चायती व्यवस्था जस्तो देखिएको भन्ने प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘…हामीले पनि अहिले भोगिरहेका छौं ।’ मन्त्री ...
। नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् । ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् । नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप ...
: सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुनिल कार्की र मनिस खड्काले जितेका छन्। जिल्ला ब्याडमिन्टन संघ सङ्खुवासभाको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भारतसहितका ९२ जोडिको सहभागिता रहेको थियो। असार ६ गते देखि भएको प्रदेश स्तरीय पुरुष डबल ब्याडमिन्टन तर्फको उपाधि सङ्खुवासभाका कार्की र मोरङका खड्काको जोडीले हात पारेको हो। खाँदबारी नगरपालिका ...
। आईसीसी टी-२० क्रिकेट विश्वकपको सुपर एटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा भारतले साउथ एसियन प्रतिद्वन्दी बंगलादेशलाई ५० रनले पराजित गरेको हो । दोस्रो जितपछि सुपरन एट को समूह ए मा भारत ४ अंकसहित शीर्ष स्थानमा छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । अब अन्तिम खेलमा ...
। साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्‍यो। ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफमा ...
। आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो । यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र अष्ट्रेलियाले समान २–२ अंक जोडेका छन् । अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ...
। लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान भएको खेलमा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले हराएको छ । दुबै गोलमा मेस्सीको भूमिका रह्यो । एटलान्टामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमै जुलियन अर्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीले ...
। अष्ट्रेलियाका प्याट कमिङ्स आईसीसी टी-२० क्रिकेट विश्वकप २०२४ मा पहिलो ह्याट्रिक विकेट लिएका छन् । अमेरिका र वेष्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कमिङ्सले शुक्रबार बिहान सुपर एट अन्तर्गत बंगलादेश विरुद्धको खेलमा ह्याट्रिक विकेट लिएका हुन् । सुपर एटको समूह ए को खेलमा अष्ट्रेलियाले कमिङ्सको ह्याट्रिक र डेविड वार्नरको अर्धशतक मद्दतमा बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले पराजित ...
बंगलादेशसँग २१ रनको हार व्यहोर्दै नेपालको जारी पुरुष टी– २० विश्वकप क्रिकेट यात्रा टुंगिएको छ। समूह चरणबाटै बाहिरिएको नेपालले आफ्नो समूह ‘डी’ भित्रका अन्य राष्ट्रहरू क्रमशः नेदरल्यान्डसँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशसँग २१ रनअन्तरको पराजय भोग्यो। नेपाल र श्रीलंकाबीचको खेल भने वर्षाको कारणले अवरुद्ध बन्न पुग्यो। प्रतियोगितामा नेपालले कुल एक अंक जोड्न ...
: नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । आईसीसीले मंगलबार जारी गरेको टी-ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा ऐरी छैटौं स्थानमा उम्कलिएका हुन। आईसीसीका अनुसार उनी यस अघि नवौं स्थानमा रहेका थिए। अमेरिका र वेस्ट इन्डिजमा जारी टि-ट्वान्टी विश्वकपमा ऐरीले बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँगको खेलमा ३२ रन जोड्नुका साथै ६ ...