मुख्य समाचार
खेलकूद
— आयोजक आइभरीकोस्टले लिग चरणमा आफ्नो खराब प्रदर्शनलाई ओझेलमा पार्दै सोमबार सेनेगेललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको छ । यससँगै आइभरीकोस्ट क्वाटरफाइनल पुगेको छ भने डिफेन्डिङ च्याम्पियन सेनेगलको चुनौती समाप्त भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेको थियो । सेनेगलले हबिब डिलोको गोलले अग्रता लिएयता फ्रान्क केसीले आइभरीकोस्टका लागि बराबरी गोल ...
— सामर जोसेफले सात विकेट लिएपछि वेस्ट इन्डिजले आइतबार अस्ट्रेलियाली भूमिमा सन् १९९७ यता पहिलो टेस्ट जित निकालेको छ । पाहुना टिम रोमाञ्चक तथा तनावपूर्ण डे नाइट टेस्टमा आठ रनले विजयी रहेको हो । तीव्र गति बलर जोसफले ६८ रनमा सात विकेट लिए र जितका लागि २ सय १६ रनको लक्ष्य पाएको अस्ट्रेलिया २ सय ७ ...
। केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति अगाडि इटालीका चौथो वरियता ...
: बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको विदाइ गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले ...
। नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो । नेपालले माघ १७ गते बुधबार (३१ जनवरी) मा बंगलादेशसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले माघ १९ ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो । सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए । श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको ...
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेल्ने सबै १२ टोलीको टुङ्गो लागेको छ । सुपर सिक्स १ मा भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन् । सुपर सिक्स २ मा अष्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन् । नेपालले सुपर सिक्समा बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । नेपालले ...
। आखिरमा प्रशिक्षक जाभीले पनि बार्सिलोना छाड्ने नै भए । सन् २०२१ को नोभेम्बरमा उनले पहिलो पटक बार्सिलोना सम्हालेका थिए । अब यस सिजनको अन्त्यमा उनले क्लब छाड्ने छन् । बार्सिलोना आउन अगाडि उनी कतारमा थिए, अल साद हेरिरहेका थिए । सन् २०२२–२०३३ उनले बार्सिलोना हेरेको पहिलो पूरा सिजन थियो । त्यही बेला क्लबले लिग ...
। वेस्ट इन्डिजले दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियामाथि ८ रनको रोमाञ्चक जित हात पारेको थियो । अष्ट्रेलियालाई जितको लागि ९ रन चाहिँदा तीव्र गतिका बलर शमार जोशेफले जोश हेजलवुडलाई अफ स्टम्प बोल्ड गर्दै रोमान्चक जित दिलाएका हुन् । वेस्ट इन्डिजले २७ वर्षपछि अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएको हो । जितको लागि २१६ रनको विजयी लक्ष्य पछ्याएको ...
। ब्राजिलका महान फुटबलर पेले सन् २०२२ सेप्टेम्बर ३० मा संसारबाट बिदा भएका थिए । तर उनको पारिवारिक जीवन भने मृत्युपछि पनि विवादमै रुमल्लिइरहेको छ । विवादको निरुपण गर्नका लागि पेलेको चिहान उत्खनन गरिने भएको छ । आफूलाई पेलेकी छोरी दाबी गर्ने एक महिलाले पेलेको शवलाई चिहानबाट बाहिर निकाल्न माग गरेकी छिन् । ६० वर्षीया मारिया डो सोकोरो ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु ...
— एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा एक/एक गोल गरे । अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेपछि नाइजेरियाली फुटबल टिम । तस्बिर : सीएएफ अनलाइन क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा ...
। पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई १–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ...
। नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो ।त्यसैको कारण आईसीसीको आचार संहिता २.९ ...
। दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए । दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो ...
— लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने शुक्रबार बताएका छन् । उनको यो निर्णय स्तब्धपूर्ण र अप्रत्यासित रहेको छ । सन् २०१५ मा उनले पहिलो पल्ट एनफिल्डको जिम्मेवारी सम्हालेका थिए । क्लोप आएयता लिभरपुल फेरि युरोपेली क्लब फुटबलको शक्ति बनेको थियो । जर्मन प्रशिक्षकको नेतृत्वमा लिभरपुलले सन् २०२० मा इंग्लिस प्रिमियर लिग जितेको ...