मुख्य समाचार
खेलकूद
काठमाडौं : एसिसी महिला इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ। हङकङविरुद्धको खेल टस पनि नभई रद्द हुँदा नेपालको यात्रा समूह चरणमै सीमित भयो। यससँगै नेपालको सेमिफाइनल खेल्ने सपना पनि अधुरै भएको छ। नेपालले पहिलो खेलमा पाकिस्तान 'ए' सँग ९ रनको पराजय बेहोरेको थियो। दोस्रो खेलमा ...
पेरिस : युरोपियन च्याम्पियनसिप छनोटको समूह बीअन्तर्गत शुक्रबार राति भएको खेलमा फ्रान्सले ग्रिबाल्टारलाई ०–३ गोलको नतिजामा पराजित गरेको छ। पोर्चुगलको स्टाडियो डी अल्ग्राभमा भएको खेलको तेस्रो मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्स लागि अग्रता दिलाएका थिए। ग्रिबाल्टारमाथि हाबी बनेको फ्रान्सका लागि किलियान एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सको अग्रता ०–२ मा लम्ब्याएका थिए। दोस्रो हाफमा ग्रिबाल्टारका एमेन मोयेलहीले ...
काठमाडौं : नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आइतबार घरेलु टोली जिम्बावेको सामना गर्दैछ। हरारे स्पोट्स क्लबमा नेपाल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध मैदान उत्रिन लागेको हो। ६ महिना अघि आईसीसी विश्वकप क्रिकेट लिग टुमा अविश्वसनीय प्रदर्शन गर्दै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लिग टुका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै नेपालले ...
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने महिला विश्वकप फुटबलको टिकट भागबण्डा गरेको छ । फिफाले एन्फाले महिला विश्वकपको अष्ट्रेलियामा हुने खेलका १२५ वटा र न्युजिल्याण्डका १०५ गरी कुल २३० वटा टिकट दिएको छ । जुन फिफाले विश्वभरका आफ्ना सदस्यलाई बेचेको टिकट हो । गत शनिबार बसेको एन्फाको आपतकालीन समितिको बैठकले ती ...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् । तर ...
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारको सामना गर्दैछ । नेपाल र म्यानमारबीचको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । नेपालभन्दा माथिल्लो वरीयताको टोली भए पनि उच्च मनोबलका साथ नेपालका प्रशिक्षक यामबहादुर गुरुङले बताएका छन् । सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य ...
। सेल्टिकका प्रशिक्षक एञ्जे पोस्टेकोग्लु प्रिमियर लिग क्लब टोटनहम जाने भएका छन् । पोस्टेकोग्लु लण्डन क्लब टोटनहमको म्यानेजर बन्न सहमत भएको बीबीसीले उल्लेख गरेको छ । ५७ वर्षीय अष्ट्रेलियन पोस्टेकोग्लुले सेल्टिकमा आफ्नो दोस्रो सिजन सकाएका छन् । उनले सेल्टिकलाई दुवै पटक लिग जिताए भने यस सिजन डोमेस्टिक ट्रेबल जिताए । उनले सेल्टिक पुगेपछि ६ सम्भावित उपाधिमध्ये पाँच ...
। भारतमा हुने साफ च्याम्पियनसिपको लागि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने भएको छ । साफ च्याम्पियनसिपको १४औं संस्करण यही जुन ८ देखि जुलाई ४ सम्म भारतको बेंगलुरुमा हुँदैछ । त्यसको तयारीका लागि माल्दिभ्सको राष्ट्रिय टिम सोमबार जापान प्रस्थान गरेको छ । माल्दिभ्सले जापानमा १० दिन प्रशिक्षण गर्नेछ । माल्दिभ्सले दुई साताअघि देखि नै साफ च्याम्पियनसिपमा लागि घरेलु ...
। स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् । ३५ वर्षीय फ्रेन्च स्ट्राइकरले पाँच च्याम्पियन्स लिगसहित २५ ट्रफी जितेका छन् । रियल मड्रिडसँग सम्झौता बाँकी नै रहेपनि स्पानिस क्लबले बेन्जेमालाई क्लब ...
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल मंगलबार घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको छ । समूह बी मा आफ्नो पहिलो खेलमा नेपालले कडा चुनौती प्रस्तुत गर्ने लक्ष्य राखे पनि गोल गर्न सकेन । याङ्गुनस्थित युवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानमारका लागि यिन लुन इयानले ह्याट्रिक गरिन् । उनले ४४औं, ...
— स्पेनी रेफ्री अन्तोनियो मातेउ लाहोसले संन्यास लिएका छन् । आइतबार मालोर्का र रायो भालेकानोबीचको खेल उनले खेलाएको अन्तिम खेल बन्यो । खेल सकिएपछि पूरा रंगशाला उनको सम्मानमा उभियो । दुवै टिमका खेलाडी र अफिसियलले पनि सम्मान व्यक्त गरे । सन् २००८ देखि लालिगामा रेफ्रीका रूपमा रहेका उनको आइतबारको बिदाइ भावुकसमेत देखियो । उनी आफै ...
काठमाडौँ — अन्ततः त्यही टिमले लिग उपाधि जितेको छ, जसलाई पूर्णतः च्याम्पियन हुने हक थियो । हक बनेको थियो टोलीको प्रदर्शनले । चर्च ब्वाइज युनाइटेड क्लबले डेब्यु सिजनमै मंगलबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्यो । लिगको आफ्नो दोस्रो अन्तिम खेलमा च्याम्पियन हुनुको औपचारिकता पूरा गर्न एक अंक आवश्यक थियो । चर्च ब्वाइजले त्यो एक अंक थ्रीस्टारविरुद्धको निरस ...
पेरिस — लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो । डिफेन्डर रामोसले नै पीएसजीका लागि पहिलो गोल गरे । त्यसपछि केयनलिन एमबाप्पेले दोस्रो गोल गरे र पीएसजी २–० ले अगाडि रह्यो । ...
मिलान — एसी मिलानका ज्लाटन इब्राहिमोविचले ४१ वर्षको उमेरमा आइतबार फुटबलबाट संन्यास लिएका छन् । यससँगै उनको सफल फुटबल खेल जीवनमा पूर्णविराम लागेको छ । इटालीको सिरी ए मा मिलानका लागि अन्तिम खेल खेल्दै उनले भनेका छन्, ‘मैले फुटबलसँग बिदा लिएको छुं ।’ सिजनको अन्तिम दिनको खेलमा मिलानले भेरोनालाई ३–१ ले हरायो । उनले आफ्नो खेल जीवनमा ...
— करिम बेन्जेमाले रियल म्याड्रिडका लागि आफ्नो अन्तिम खेलमा आइतबार पेनाल्टीबाट एक गोल गरे । त्यसको मदतले स्पेनी ला लिगामा रियलले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेल्यो । उनी रियलका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । यसअघि रियलले बेन्जेमाले १४ वर्षको बसाईपछि क्लब छाड्ने घोषणा गरेको थियो । सम्भवतः फ्रान्सेली खेलाडीको अबको ...
काठमाडौँ — ११ औं एनएसए कप पौडी प्रतियोगितामा दोस्रो दिन सोमबार थप चार कीर्तिमान कायम भएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा एलेक्जेन्डर शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरे । ५० मिटरमा एलेक्सले बिहान हिट चरणमा आफ्नै नामको २४.९७ सेकेन्डमा सुधार गर्दै २४.१२ सेकेन्ड कायम गरे । उनले फाइनलमा पुनः त्यसमा सुधार गर्दै २३.९७ ...