मुख्य समाचार
खेलकूद
। क्यानडा पहिलोपटक फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डसँग पराजित भएपनि घरेलु टोली विश्वकपको नकआउटमा प्रवेश गरेको हो । समूह ‘बी’ बाट स्विट्जरल्यान्ड विजेता बन्दा क्यानडा उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडासँग समान अंक भएको बोस्निया एन्ड हर्जगोभिना गोलअन्तरको आधारमा तेस्रो स्थानमा रह्यो ...
। फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा मोरक्कोले हाइटीलाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै मोरक्कोले यो जित हात पारेको हो । खेलको १० औं मिनेटमै आत्मघाती गोल खाएर मोरक्को पछि परेको थियो । त्यसपछि ३९ औं मिनेटमा मोरक्कोका अचरफ हाकिमीले गोल फर्काएर खेल १–१ को ...
। ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । समूह ‘सी’ अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई पराजित गर्‍यो । मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बन्यो । ब्राजिलको ७ अंक छ । समान ...
। बोस्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो । बोस्नियाले समूह चरणका तीन खेलमा एक खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । सहआयोजक क्यानडासँग हेड टु हेडमा पछि पर्दा ...
। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ। निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय ...
। फिफा विश्वकप २०२६ अन्तर्गत लिग चरणमा समूह ‘ए’को विजेता मेक्सिको बनेको छ । बिहीबार सम्पन्न खेलमा चेक रिपब्लिकलाई ३–० गोलअन्तरले हराउँदै मेक्सिकोले समूह विजेता बनेको हो । मेक्सिकोको ३ खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ । मेक्सिकोसँग पराजित भएको चेक रिपब्लिक तीन खेलमा एक बराबरी र दुई हार बेहोर्दै अंक तालिकाको पुछारमा रह्यो । अर्को ...
। दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै दक्षिण अफ्रिका नकआउट चरणमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकाको जितमा थापेलो मासेकोले निर्णायक गोल गरे । थापेलोले ६३औं मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो । चौथोपटक विश्वकप खेलेको दक्षिण अफ्रिका ...
: मनासलु हिमालको फेदीमा ‘हाइअल्टिच्यूड’ फुटबल प्रतियोगिता सुरु भएको छ । समुद्री सतहदेखि ३,५०० मिटर उचाइको स्याला खेल मैदानमा आज बुधबारदेखि मनास्लु कप फुटबल प्रतियोगिता भएको थार्पा लामाले जानकारी दिए । हिमालपारिको चुमनुब्री गाउँपालिका २ स्याला खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको चुमनुब्री–२ का निवर्तमान वडाअध्यक्ष पेम्बारेता लामाले उद्घाटन गरेका छन् । आलोपालो पद्धति अनुसार यस पटकको ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा कोलम्बियाले डीआर कंगोमाथि १–० को जित दर्ता गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। स्टाडियो ग्वाडालाजारामा भएको खेलको ६७ औं मिनेटमा भएको १ गोल नै निर्णायक बन्यो। कोलम्बियाको जितमा डानियल मुनोजले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफमा कोलम्बियाले निकै प्रहार गरेपनि डीआर कंगोका गोलकिपरले उत्कृष्ट बचाव ...
। फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाएको हो । पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्यान्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो । यस विश्वकपमा गोलरहित बराबरीमा सकिएको ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को खेलमा पोचुर्गलले उज्वेकिस्तानलाई ५–० ले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा ३–० को अग्रता बनाएको पोचुर्गलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे। खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले अग्रता बनाएको थियो। दायाँतर्फबाट आएको क्रसलाई उनले गोलमा ...
: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेलमा क्रोएसियाले पानामालाई १–० ले हराएको छ। टोरन्टो स्टेडियममा भएको खेलमा लगातारको २ हारपछि पानामाको विश्वकप यात्रा सकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा क्रोएसियाको लागि आन्टे बुडिमिरले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा पानामाले क्रोएसियामाथि राम्रो दबाव बनायो। यद्यपी गोल भने ...
। फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् । ‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु । विशेष ...
। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट ...
। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ...
। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार टार्न सकेनन् ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 16 ... Next Last