मुख्य समाचार
खेलकूद
। स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् । साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् । ‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । ...
। स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । त्यसपछि ...
। फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा सकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो । दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको ...
। न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । यो इजिप्टको पहिलो जित हो । यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरीमा रोकिएको थियो । इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे ...
। फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे । ‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन् । उनी स्कटल्याण्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने ...
। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा ...
। ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ...
। गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार ...
। फिफा विश्वकप २०२६ अघि उनको खासै चर्चा थिएन । न कुनै स्टार खेलाडी, न महँगा क्लबमा खेल्ने । तर उत्तर अमेरिकाको अमेरिका मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा भने अहिले एक जना खेलाडी स्टार बनेर उदाइरहेका छन् । उनी हुन् जर्मनीका डेनिस उन्डाभ । जर्मनीमा जमाल मुसिएला, काइ हाभार्ट्स, फ्लोरिएन विर्ट्ज, कप्तान जोसुअ किम्मिच जस्ता खेलाडी चर्चामा छन् ...
। इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ । अगस्ट २१ मा हुने उक्त खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमनपछिको पहिलो खेल हुनेछ । मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले गत सिजन २००४ यताकै पहिलो प्रिमियर ...
। लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यो नतिजासँगै सहआयोजक अमेरिका भने एक खेल अगावै समूह ‘डी’ काे विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाको २ खेलबाट ६ अंक ...
। ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० को सहज जित निकाल्यो । ब्राजिलको जितमा दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । खेलको २३औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए । त्यसपछि ३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ...
। अटलान्टा स्टेडियम । बिहीबार, जुन १८ । समूह ए अन्तर्गतको खेल सुरु हुन केही मिनेट मात्र बाँकी थियो । स्टेडियमका हजारौँ दर्शकको नजर मैदानतर्फ थियो । चेक गणतन्त्र र दक्षिण अफ्रिकाका खेलाडीहरू टनेलबाट बाहिर निस्कने तयारीमा थिए । राष्ट्रगान बज्नुअघि मैदानको माहोल क्रमशः रोमाञ्चक बन्दै गइरहेको थियो । विश्वकपको अर्को महत्वपूर्ण खेल सुरु हुन लागेको उत्साह वातावरणभर ...
। स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा ...
। अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेकाे छ । सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण प्रवेश गरेकाे हाे । यस जितपछि अमेरिका कम्तिमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको हो । समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last