मुख्य समाचार
खेलकूद
। २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो । यसअघि भएको पहिलो सेमिफाइनलमा मनाङसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले ए डिभिजन लिग विजेता चर्च ...
— पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा अपेक्षित खेलाडीलाई नै सामेल गरेका छन् । घोषित टिमको गोलरकिपरमा अन्जली सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमल विक, पूजा राना, निशा थोकर, समीक्षा ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सीसाइडका दुई क्लब लिभरपुल र एभर्टनले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेल २-२ को बराबरीमा सकिएको हो । इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोकेको हो । खेल सकिने क्रममा दुवै टोलीका खेलाडीले रातो कार्ड समेत पाएका थिए । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहमद सालाहले ...
— विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिस २४ औं संस्करणको फाइनल पुग्यो । प्रतियोगिताकै २ सय ५० औं खेलमा सञ्जीव लामाले निर्णायक गोल गर्दा छपल्टको च्याम्पियन पुलिसले उत्सव मनायो । उनले ५८ औं मिनेटमा गोल ...
— बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिगको नकआउट राउन्ड प्ले अफ पहिलो लेगमा बुधबार सेल्टिकलाई २–१ को साँघुरो अन्तरले हराएको छ । सेल्टिक पार्कमा बायर्नका लागि माइकल ओलिस र ह्यारी केनले गोल गरे । यी दुई गोल गोल चार मिनेटको अन्तरमा भएको थियो । खेलको अन्त्यतिर सेल्टिकका लागि जापानी खेलाडी डाइजेन माडाले एक गोल फर्काए र आफ्नो ...
। आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो । माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा ...
। आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो । माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा ...
। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ‌ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो । रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले जोगाउन सकेन । १९औं मिनेटमा हालान्डले ...
। बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई म्याच फिक्सिङ गराउन पैसा अफर गरेको आरोपमा दोषी ठहर हुँदै प्रतिबन्ध लगाइएको हो । ३६ वर्षीय अफस्पीनर सोहेलीले अब पाँच वर्षसम्म कुनैपनि क्रिकेट खेलहरू खेल्न पाउने छैनन् । यस्तो आरोपमा प्रतिबन्ध व्यहोर्ने उनी पहिलो महिला क्रिकेटर हुन् । उनी म्याच फिक्सिङ गराउन खोजेको, ...
। अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने भएको छ । श्रीलंकामा भएको दुई टेस्ट खेलमा जित निकाल्न अस्ट्रेलियाका लागि २८ वर्षीय कुहनेमानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ इनिङमा सर्वाधिक १६ विकेट लिएका थिए । उनी बुधबारदेखि सुरू हुने श्रीलंकाविरूद्धको एकदिवसीय शृंखला तथा अस्ट्रेलियाको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा ...
— आगामी चैत २३ देखि ३० गतेसम्म आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा प्रदेश रंगशालासहित आवश्यक संरचनाहरू तयारी अवस्थामा छन् । प्रतियोगिताका लागि संघीय सरकारले ६० करोड रुपैयाँ विनियोजन गरेको छ । तर राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र खर्च मापदण्ड स्वीकृत नहुँदा आवश्यक तयारीका सबै काम अलपत्र परेका छन् । निर्देशिका र खर्च ...
— इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा फियोरेन्टिनााई २–१ ले पराजित गरेको छ र यससँगै गत साताको हारको बदला पनि लिएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ । सानसिरोमा भएको खेलमा इन्टर मानिर पोनग्रासिचको आत्मघाती गोलले अगाडि रहेको थियो । दोस्रो हाफको अन्त्यतिर रोलान्डो मान्ड्राागोराले ...
: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो। प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए। नेपालमा ...
— नेपोलीले इटालीको सिरी ‘ए’ मा आइतबार युडिनेजीसँग १–१ को निराशाजनक बराबरी खेलेको छ । स्टाडियो डिएगो आरमन्डो म्याराडोनामा आत्मसात् गरेका यो नतिजापछि नेपोलीले शीर्षमा छ अंकको अग्रता खोल्न असफल रह्यो । एन्टोनियो कोन्टेको टिमले लिगमा बराबरी खेलेको यो लगातार दोस्रो खेल हो । नेपोलीको ३४ खेलबाट ५५ अंक छ । उसको ठीक पछाडि एक खेल ...
। साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last