मुख्य समाचार
खेलकूद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य ललित नारायण राजवंशीले एसियन गेम्स गुमाउने भएका छन् । बायाँ हाते स्पिनर ललितको दायाँ क्लाभिकल फ्राक्चर (कलर बोन) भएको हो । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका ललितको आज बी एण्ड बी अस्पतालमा शल्यक्रिया गरिएको छ । उनको शल्यक्रिया सफल भइसकेको नेपाल क्रिकेट संघ क्यानका अफिसियल डाक्टर अभिषेकराज ...
। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो । पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । अलि जाफरले टाढाबाट गरेको प्रहार कप्तानसमेत रहेका किपर जियारथ शेखले भेट्नै नसक्ने गरी पोस्टको माथिल्लो कुनाबाट गोल भएको थियो । यसअघि ३४ औं मिनेटमा पाकिस्तानका आदिल युनसले ...
। १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । चीनको हान्झाउमा शनिवार औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरु यसअघि नै सुरु भइसकेका छन् । त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली ...
: अभ्यासका क्रममा नेपाली क्रिकेटर ललित राजवंशी घाइते भएका छन्। उनी चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा घाइते भएका क्यानले जनाएको छ। राजवंशी घाइते भएपछि उनको आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ। 'चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय ...
। खेलको अन्त्यतिर गरेको दुई गोलको मद्दतमा लिभरपुलले वल्भ्समाथि जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले एक गोलले पछाडि परेको अवस्था उल्टाउँदै वल्भ्समाथि ३–१ गोल अन्तरको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा वल्भ्सले सातौं मिनेटमै ह्वाङ ही चानको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो । ५५औं मिनेटमा ग्याक्पोले ...
। स्थानिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५-० ले पराजित गरेको छ । घरुल मैदान स्टाडियो ओलम्पिको लुइस कापान्यामा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २५औं मिनेटमा जाआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ३२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि ...
। म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार राति वेष्टहममाथि ३-१ को पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थितिमा नतिजा उल्टाउन सफल सिटी केही घण्टापछि नै अंकतालिकामा शीर्ष स्थानमा फर्केको छ । घरेलु मैदानमा जेम्स वार्ड प्रोवसले ३६औं मिनेटमा गोल गरी वेष्टहमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा प्राप्त उक्त सफलताले वेष्टहमले जोगाउन ...
। चीनको हाङझाउमा हुने एसियन गेम्समा नेपालले जापान, भियतनामजस्ता बलिया टिमसँग प्रतिस्पर्धा गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्य भन्दा माथि नउठेको नेपाली महिला फुटबलका लागि एसियन गेम्स ठूलो अवसर हो । नेपाल रहेको समूह डी मा जापान, भियतनाम र बंगलादेश छ । जापान महिला विश्वकपको शीर्ष ८ भित्र परिसकेको टिम हो । एसियन गेम्सका लागि महिला फुटबल ...
। एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट ...
: अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसीबिनै सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा प्रभावशाली जित निकालेको छ। विश्वकप विजेता अर्जेन्टिनाले बुधबार भएको छनोट खेलमा बोलिभियालाई ३–० गोलले पराजित गरेको हो। समुन्द्र सतहभन्दा तीन हजार ६ सय मिटरमाथि रहेको बोलिभियाको राजधानी लापाजमा भएको खेल अर्जेन्टिनाले तुलनात्मक रुपमा सहज जित निकालेको हो। यसअघिका खेलमा चुनौतीपूर्ण नतिजा निकाल्दै ...
: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई बिहीबार सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले प्रतियोगितामा नेपाली टोलीले राम्रो खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए। प्रधानमन्त्री दाहालले यसअघि घोषणा गरिएको खेलाडीका लागि पुरस्कार रकम प्राविधिक कारणले केही ढिला भएको भन्दै शुक्रबार ...
: एसिया कपमा आज आयोजकद्वय पाकिस्तान र श्रीलंका भीड्ने भएको छ। सवा तीन बजे सुरू हुने खेलमा बाजी मार्ने टोली फाइनलमा प्रवेश गर्नेछ। आगामी आइतबार हुने फाइनलका लागि भारतले यसअघि नै स्थान पक्का गरेको छ। उसले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। भारतले भोलि बंगलादेशसँग खेल्नेछ। यता पाकिस्तान र श्रीलंका एक-एक ...
First Prev ... 119 120 121 122 123 124