मुख्य समाचार
खेलकूद
। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ। जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । दीपेन्द्र एनपीएलमा भने सुदूरपश्चिम रोयल्सबाट खेल्छन् । जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका ...
: शहीद स्मारक एन्फा महिला लिग–२०८२ को खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय महिला लिग २०८२ प्राविधिक कारणले स्थगित भएको जानकारी दिएको छ । चैत ४ देखि सुरु भएको महिला लिगको ४ खेल सम्पन्न भएका थिए ।
: आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइसीसी विश्वकप लिग–२ को लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि त्रिवि मैदानमा हुने खेल तल्लो मूलपानी मैदानमा सारिएको हो । त्रिवि क्रिकेट ...
: जारी राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताएको छ । एन्फाले विदेशी खेलाडीलाई कार्य सहमति र श्रम ...
: राष्ट्रिय लिग–२०८२ को आगामी खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्काे सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको बताएको छ । एन्फाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति साझा गर्दै सम्पूर्ण क्लबहरुलाई राष्ट्रिय लिग हालका लागि स्थगित गरिएको जानकारी ...
— संघीय सरकारले पटकपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेपछि कर्णाली रंगशालाको एक प्रतिशत काम पनि अधुरो बनेको छ । कर्णाली सरकारले पहिलो गौरवको आयोजनाका रुपमा २०७८ मंसिर २० गतेदेखि कर्णाली प्रदेश रंगशालाको निर्माणको काम सुरु गरेको थियो । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सञ्चालन गर्ने निर्णय भएपछि प्रदेश सरकारले उक्त रंगशालाको काम थालेको हो । १ ...
— श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा तानिएका छन् । अध्यागमन कानुन उल्लंघन गरेर विदेशी खेलाडीलाई काममा लगाएको भेटिएपछि विभागले यस विषयमा छानबिन अघि बढाएको हो । कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले बिहीबार नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेर कानुनी प्रावधान अवगत ...
— रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ । पुलिसले बिहीबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हाे । पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया ...
— गण्डकी प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई मेलबर्नमा अवस्थित अस्ट्रेलियाको शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) ले प्रायोजन गर्ने भएको छ । यस सम्झौतासँगै गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान तथा संरचनागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास छ । गण्डकी प्रदेशको महिला र पुरुष क्रिकेट टोलीले भीआईटीको लोगो अंकित जर्सी लगाएर खेल्नेछ । ...
— पहिलो पटक सहिद स्मारक महिला लिग फुटबल बुधबार सुरु हुँदा संकटा र त्रिभुवन आर्मी क्लबले अपेक्षित नतिजा निकालेका छन् । च्यासल रंगशालामा भएको दिनको पहिलो खेलमा संकटाले एनआरटीलाई ४–० ले हरायो । टोलीले पहिलो खेलबाटै विभागीय टिमलाई उपाधिमा चुनौती दिने संकेत गरेको छ । खेलमा टोलीका विदेशी खेलाडी चम्किए । चारमध्ये तीन गोल उनै ...
। जय ट्रफी क्रिकेटको फाइनल खेलअन्तर्गत दोस्रो दिनको समाप्तिमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध १७८ रनको अग्रता बनाएको छ । आर्मीको पहिलो इनिङ स्कोर पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अलआउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दिनको समाप्तिमा ५२ ओभर खेलेर १७८ रन बनाएको हो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३६ रन बनाए ...
: पर्यटकीय राजधानी पोखराको आकाशमा २१औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप चैत ५ गतेदेखि तीन दिनसम्म हुने भएको छ। पाँच वर्षदेखि रोकिएको अन्तर्राष्ट्रिय खुला प्याराग्लाइडिङ च्याम्पियनसिप पुनः सञ्चालन हुन लागेको आयोजक नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। प्रतिस्पर्धामा हालसम्म ९ देशका ८० जनाले जना प्यारापाइलटहरूले अनलाइनमार्फत नाम दर्ता गरिसकेको प्रतियोगिताका संयोजक सुनील भट्टराईले जानकारी दिए। ...
: नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा बागमती क्रिकेट संघले प्रधानमन्त्री कप खेल्ने १५ सदस्यीय टिम घोषणा गरेको छ । आठौं संस्करणको प्रधानमन्त्री कपका लागि बागमती प्रदेशले मंगलबार छनोट चरणको खेल सम्पन्न गरेसँगै बुधबार टिमको घोषणा गरेको हो । सन्दीप लामिछाने कप्तान छन्, भने इशान पाण्डे टिमको उपकप्तानको रुपमा हुनेछन् । आठौं संस्करणको प्रधानमन्त्री ...
: शहीद स्मारक एन्फा महिला लिग–२०८२ मा आज भएका २ खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । च्यासल मैदानमा आज भएको पहिलो खेलमा संकटा क्लबले न्यूरोड टिम (एनआरटी) लाई ४–० ले पराजित गरेको हो । संकटाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा १ गोल थप्दै संकटाले ...
: सुजन थपलियाको कप्तानीमा कोशी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । कोशीले बुधबार सुजनको नेतृत्वमा १५ सदस्यीय टिम घोषणा गरेको हो । कोशी प्रदेशको टिममा राजकुमार प्रधानले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । टिम व्यवस्थापकमा शशीशेखर झा रहेका छन् भने टिम फिजियोमा विपिन भट्टराई रहेका छन् । टिमले मुख्य १५ सदस्यीय ...
। मलेसिया फुटबल संघले दुई खेलमा अयोग्य खेलाडी खेलाएको ठहर भएको छ । एसियन फुटबल कन्फेडेरेसनको डिसिप्लिनरी तथा इथिक्स कमिटीले एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धको खेलमा मलेसियाले अयोग्य खेलाडी खेलाएको ठहर गरेको हो । मलेसियाले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन गरेको डिसिप्लिनरी तथा इथिक्स कमिटीको ठहर छ । योसँगै २०२५ ...
First Prev ... 9 10 11 12 13 14 15 16 17 18 19 ... Next Last