— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा लिएको अग्रताले ५ अंक छोएको छ । मर्सिसाइड डर्बीमा एभरटनमाथिको जितसँगै आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि लिभरपुललाई यो फाइदाको स्थिति तयार भएको हो ।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले एभरटनविरुद्ध विशेषतः दोस्रो हाफमा राम्रो खेल्न सकेन । यसले देखाउँछ, यो टिममा पनि कमजोरी त छ । लिभरपुलले कीर्तिमानी रकममा एलेक्जान्डर इसाकलाई भित्र्याए पनि उनको ...