मुख्य समाचार
खेलकूद
। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो । निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ । निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि ...
। स्पीन बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४६ रनले पराजित गरेको हो । नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । फिनले माकरिथले सर्वाधिक ५२ रन बनाए भने ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा १५ स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ५८औं स्थानबाट ४३औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ४८८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले शानदार प्रदर्शन गरेका थिए । शृंखलाका ...
। साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो । म्युनिखको एलियान्ज एरिनामा भएको खेलमा पेरिस सेन्ट-जर्मेनका लागि उस्मान डेम्बेलेले तेस्रो मिनेटमै गोल गरेका ...
: आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक भएको छ । सिनियर टोलीले खेल्नु अघि नेपालको ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग २/२ खेल खेल्ने तालिका सार्वजनिक भएको छ । यसअघि पनि तालिका सार्वजनिक भएको थियो । तर प्राविधिक कारणबस् तालिका एक दिन पछि धकेलिएको हो । नेपाल ...
— नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिया खेलकुद छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चारजना छन् । टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने छिन् । सो टोलीमा विन्दु रावल, सम्झना ...
: नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिभित्रको विवाद उत्कर्षमा पुगेको छ । क्यानका उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा क्यानको आर्थिक पारदर्शिताको छानबिनको माग राख्दै निवेदन बुझाएका छन् । आफ्नै संस्थामा भइरहेको कार्यप्रति असन्तुष्ट पक्षले कानुनी तथा संस्थागत आधारमा नेपाल क्रिकेट संघको निर्धारित समय सीमाभित्र लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्षको ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ अलराउन्डर आरिफ शेखले विभागीय बढुवा प्राप्त गरेका छन् । उनी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् । नेपाल पुलिस क्लबको कप्तानी गर्र्दै लगातार २ वटा जय ट्रफीको उपाधि जितेको, प्रो क्लब च्याम्पियनसिपमा विभागलाई उपाधि दिलाएको र विश्वकपमा समेत नेपालको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबले ...
: मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले काठमाडौंकै मछिन्द्र एफसीलाई १-० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो। चित्लाङको जीतमा एरोन थापाले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्लेयर अफ दि म्याच थापा घोषित भए। उनले ...
— आसिफ शेखको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ । आसिफले ९४ रन बनाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । गुलशनले ५ विकेट लिएपछि ...
— टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । यो जितपछि टोटनहमको ३७ अंक भएको छ र १७ औं स्थानमा उक्लिन सफल रह्यो । वेस्ट ह्याम भने ३६ अंकमा १८ औं स्थानमा झर्‍यो । यस जितमा टोटनहमका लागि कोनोर ग्यालिघर र रिचार्लिसनले एक एक गोल गरे । भिल्ला भने ...
। आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो । आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे । उनले पहिलो गोल गोन्सालो गार्सियासँगको उत्कृष्ट वन–टु ...
। इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पार्मालाई २-० ले पराजित गर्दै इन्टरले ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो । सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एक गोल गरे । थुरामले पहिलो हाफमा इन्जुरी टाइममा गोल गर्दै अग्रता ...
। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको लिभरपुलसँगको खेलमा जित निकाल्दै युनाइटेडले शीर्ष ४ मा फिनिस गर्ने पक्का गरेर च्याम्पियन्स लिगका लागि छनोट भएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हरायो । खेलको सुरुवातबाटै आक्रामक देखिएको युनाइटेडले ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य समायोजन गरेको छ । क्यानले सामाजिक सञ्जालमा पोस्ट राख्दै ओमानसँगको खेलका लागि टिकट मूल्य घटाएर २०० रुपैयाँ तोकेको हो । यसअघि नेपालको खेलका लागि ४०० तथा बाँकी खेलका लागि १०० रुपैयाँ टिकट मूल्य तोकिएको ...
: काठमाडौंको चित्लाङ एफसीले मकवानपुरमा जारी आठौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ। शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले एपीएफलाई २-१ गोलले हराएको हो। चिल्ताङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत र एरोन थापाले दोस्रो हाफको ६० औं मिनेटमा एक-एक गोल गरे। एपीएफका बुद्धिमान ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम