— पछिल्लो समय बायर्न म्युनिख साँच्चै कीर्तिमानी लयमा छ । यसलाई अद्धितीय भन्न पनि मिल्छ । भर्खरै बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराएको छ ।
अहिले छाँटकाँट के देखिएको छ भने भिन्सेन्ट कोम्पनीको टिमले जहाँ खेल्छ, त्यहीं जित्छ भन्ने लाग्न थालेको छ । अहिलेसम्म बायर्नले कुनै पनि प्रतियोगिताको खेल गुमाएको छैन । युरोपका खास पाँच ठूला लिगमा बायर्नको यो ...