मुख्य समाचार
खेलकूद
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...
: युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनाएको थियो। नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमा बिना कुनै विकेट क्षति लक्ष्य पूरा गर्‍यो। अघिल्लो २ खेल हार्दै सिरिज गुमाएको वेस्ट इन्डिजले सान्त्वना जित निकालेको हो। वेस्ट इन्डिजको ...
— उल्भ्सले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहमलाई १–१ को बराबरीमा रोकेको छ । लिग तालिकाको पुछारमा रहेको उल्भ्सले सान्टियागो बुएनोको गोलले अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले टोटेनहमका लागि गोल गर्दै टिमलाई हारबाट जोगाए । यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुलेको छ । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा उक्लेको छ ...
— क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–१ ले पराजित गरेको छ । प्यालेसका लागि एडि एनकेटिहले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट निर्णायक गोल गरेका हुन् । यो नयाँ सिजन लिभरपुलको लिगमा पहिलो हार हो । लिभरपुल कम्युनिटी सिल्डको खेलमा पनि प्यालेसकै हातबाट पराजित भएको थियो । हारका बावजुत लिभरपुल १५ अंकमा ...
— अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मद्दतले भिल्लारियलले आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबोआलाई १–० ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । मोलेरोले खेलको ७७ औं मिनेटमा गोल गरे र यससँगै भिल्लारियलका १६ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो । यसअघि रियल आफ्नो ...
— चोटग्रस्ट खेलाडीको समस्याबाट गुज्रिरहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फेरि फ्रान्सेली लिग वानको शीर्ष स्थान कब्जा गरेको छ । यसका लागि उसले अजुरेलाई सजिलै २–० ले हराएको हो । इलाय जाबारनयीले पहिलो हाफमा एक गोल गरे पछि लुकास बेराल्डोले दोस्रो हाफमा अर्को गोल थपे । यो नतिजापछि पीएसजीको छ खेलबाट १५ अंक भएको छ ...
— इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार एटलान्टासँग १–१ को बराबरी खेलेको छ । यो नतिजाले युभेन्ट्स शीर्ष स्थानमा उक्लिन असफल रह्यो । उसको पाँच खेलबाट ११ अंक छ । डिफेन्डिङ च्याम्पियन नेपोली चार खेलबाट १२ अंकमा शीर्षमा छ । दस खेलाडीमा सीमित एटलान्टाले कमालादिन सुलेमानको गोलले अग्रता लिएको थियो । त्यसपछि जुवान काबललले युभेन्ट्सका लागि बराबरी गोल ...
— वेस्ट ह्यामले शनिबार आफ्ना प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । क्लबको जिम्मेवारी सम्हालेको नौ महिनापछि नै उनी बर्खास्तीमा परेका हुन् । अब उनको स्थान नटिङघम फरेस्टका पूर्वप्रशिक्षक नुनो स्पिरिटो सान्टुले अवसर पाउने बताइएको छ । इंग्लिस प्रिमियर लिगमा खराब सुरुआतपछि पोर्टरले आफ्नो जागिर गुमाउने अनुमान रहेको थियो । वेस्ट ह्याम अहिले पाँच खेलबाट ३ अंकमा ...
: एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज बेलुका ८:१५ बजे प्रतिस्पर्धा गर्न लागेका हुन्। ४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन्। यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा ...
: नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ ...
: नेपाली क्रिकेट टिमले शनिबार ऐतिहासिक खेल खेल्दैछ। नेपालले पहिलो पटक आइसीसीबाट मान्यता प्राप्त पूर्ण राष्ट्रसँग तीन दिवसीय टी-२० सिरिज खेल्दैछ। नेपाली टोलीले युएईको शारजाह क्रिकेट मैदानमा यो सिरिज खेल्दैछ। नेपाली क्रिकेटमा ऐतिहासिक महत्त्व बोकेको यो सिरिजले नेपाली क्रिकेटलाई विश्व क्रिकेटमा पहिचान बनाउन मद्धत गर्नेछ। नेपाली क्रिकेट टोली शारजाह क्रिकेट मैदानलाई घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ। नेपाल ...
। यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ । शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्‍यो । त्यसअघि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले पनि २० ...
। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो । खेलअघि शुक्रबार ...
। आगामी महिना भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला प्रारम्भिक टोलीको घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । न्यौपाने बिहीबार प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाली महिला टोलीले आउँदो अक्टोबर २६ (कात्तिक ९) मा भारतको सिक्किममा गएर भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । टोलीमा नेपालको यू-२० ...
। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् । शुक्रबार आयोजित प्रि म्याच कन्फेरेन्समा कुरा गर्दै रोहितले यस्तो बताएका हुन् । रोहितले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका हुन् । ‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना ...
First Prev ... 16 17 18 19 20 21 22 23 24 25 26 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम