मुख्य समाचार
खेलकूद
। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध राम्रो खेल प्रदर्शन गर्ने बताएका छन् । शुक्रबार आयोजित प्रि म्याच कन्फेरेन्समा कुरा गर्दै रोहितले यस्तो बताएका हुन् । रोहितले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताएका हुन् । ‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना ...
: नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०२६ को साफ च्याम्पियनसिपसम्मका लागि न्यौपानेलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको हो। उनलाई बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरेका हुन्। नेपाली महिला टिमको सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त भएका छन्। वृन्दा ...
: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। आईसीसीको विधान अनुसारको भूमिका निर्वाह गर्न नसकेको र पटक पटकको निर्देशनलाई पनि अवज्ञा नगरेको भन्दै आईसीसीको बोर्ड बैठकले अमेरिकाको सदस्यता निलम्बन गरेको हो। अमेरिकी क्रिकेट बोर्डले आफ्नो संरचनामा सुधार नगरेको, आफ्नो ओलम्पिक तथा पारालिम्पिक कमिटीसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदिएको र विभिन्न ...
: बंगलादेशलाई हराउँदै भारत एसिया कप २०२५ को फाइनल प्रवेश गरेको छ। बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एक खेल अगावै फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाउँदासम्म भारत अपराजित रहेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। भारतले दिएको १६९ ...
: साफ यू १७ च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत नेपालले आज भारतसँग खेल्दैछ। समूह एको उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको नेपालले समूह बीको विजेताको रुपमा रहेको भारतसँग फाइनल पुग्नको लागि प्रतिस्पर्धा गर्नेछ। समूह एमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गर्दै नेपाल समूह एकको उपविजेता बनेको हो। नेपालले समूह चरणको दोस्रो खेलमा भने बंगलादेशसँग ४–० को हार बेहोरेको थियो। भारत समूह ...
: फ्रेन्च फरर्वाड तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डी'ओर अवार्ड जितेका छन्। २८ वर्षीय डेम्बेलेले युइएफए च्याम्पियन्स लिग र डोमेस्टिक डबल्समा ३७ गोल र १५ वटा असिस्ट गरेका छन्। यो अवार्ड पाएपछि उनले भने,'यो व्यक्तिगत अवार्ड हो तर यो अवार्ड टिमको सामूहिक एकताका कारण सम्भव भएको हो। ...
— नेपोलीले इटालीको सिरी ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्दै सोमबार राति पिसामाथि ३–२ को जित निकालेको छ । यससँगै नेपोली लिग तालिकाको शीर्षमा पनि कायम रह्यो । डिफेन्डिङ च्याम्पियनको चार खेलबाट अधिक्तम १२ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको युभेन्टसमाथि दुई अंकको अग्रता हो । नेपोलीका लागि बिली गिलमोर, लियानार्डो स्पिनजोला र ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो। नयाँ जर्सीमा नासा सेक्युरिटिजको लोगो बीचमा राखिएको छ। नेपाल क्रिकेट संघसँग प्रायोजनको सम्झौता गरेको नासाले जर्सीको बीचमा स्थान पाएको छ। नयाँ जर्सीमा रङ परिमार्जन गरिएको छ। रातो र गाढा नीलो कलरमा नयाँ जर्सी सार्वजनिक ...
। नेपाली राष्ट्रिय महिला फुटबल टिमले इन्डोनेसिया र चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)ले नोभेम्बर २६ देखि २ डिसेम्बरसम्म इन्डोनेसियामा सिरिज हुने जानकारी दिएको हो। नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोली इन्डोनेसियासँग खेल्नेछ। त्यस्तै दोस्रो खेल नेपालले डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्नेछ। पछिल्लो समय महिला टिमको प्रशिक्षक ...
— इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्षस्थानमा लिएको अग्रताले ५ अंक छोएको छ । मर्सिसाइड डर्बीमा एभरटनमाथिको जितसँगै आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेपछि लिभरपुललाई यो फाइदाको स्थिति तयार भएको हो । डिफेन्डिङ च्याम्पियन लिभरपुलले एभरटनविरुद्ध विशेषतः दोस्रो हाफमा राम्रो खेल्न सकेन । यसले देखाउँछ, यो टिममा पनि कमजोरी त छ । लिभरपुलले कीर्तिमानी रकममा एलेक्जान्डर इसाकलाई भित्र्याए पनि उनको ...
: अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२५ को बाँकी क्यालेन्डर सार्वजनिक गरेको छ। जसमा हाल सर्वाधिक चर्चामा रहेको ए डिभिजन लिग पुष ९ गतेदेखि असार २६ गतेसम्म हुने मिति तोकिएको छ। मिति तोकिए पनि हालसम्म यो प्रतियोगिताको भेन्यु भने तोकिएको छैन। ए डिभिजन लिगको मिति तोकिएर आउँदा नेपाल सुपर लिग (एनएसएल) भने एन्फाको ...
— नेपालले यू-१७ साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । भारतले प्रतियोगिताको समूह ‘ए’ जितेपछि सेमिफाइनलको यो समीकरण तयार भएको हो । नेपाल समूह ‘ए’ को उपविजेता हो । समूह ‘ए’ को विजेता बंगलादेशले भने अर्को सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तान आफ्नो समूहका विजेता रह्यो । भारतले सोमबार कोलम्बोको रेस कोर्स मैदानमा भएको ...
: एएफसी एसियन कप छनोटका लागि प्रशिक्षक म्याट रसले नेपालको प्रारम्भिक टोली घोषणा गरेका छन्। प्रशिक्षक म्याट रसले भियतनामसँगको खेलका लागि ३४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन्। नेपालले अवे म्याच दुंगा रंगशालामा अक्टोबर ९ मा खेल्नेछ। त्यस्तै, नेपालले होम म्याच अक्टोबर १४ मा भियतनाममा नै खेल्नेछ। नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको रंगशाला ...
: दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले सन्न्यास फिर्ता लिएका छन्। उनले सन्न्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको एकदिवसीय र टी-२० दुवै टिममा फर्किएका छन्। उनी एकदिवसीय क्रिकेट श्रृंखलाको लागि पाकिस्तान भ्रमणमा र टी-२० अन्तर्राष्ट्रिय सिरिज नामिबीयासँगको भ्रमणमा उनको नाम समावेश गरिएको छ । डि ककले २०२३ मा ५० ओभरको क्रिकेटबाट अन्तर्राष्ट्रिय स्टेजबाट सन्न्यास लिएका थिए। ...
— लयमा रहेका ह्यारी केनले यो सिजनको दोस्रो ह्याट्रिक रचेपछि बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा होफनहाइनलाई सजिलै ४–१ ले हराएको छ । इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा सम्भव भएको थियो । उनले यो सिजन १३ गोल गरिसकेका छन् । यो जितपछि बायर्नको चार खेलबाट १२ ...
— एसी मिलानले इटालीको सिरी ए मा शनिबार युनिडेजीलाई सजिलै ३–० ले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मिलानका लागि क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे । यस्तै योसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । यो जितपछि मिलानको नौ अंक भएको छ । युभेन्ट्स १० अंकसहित शीर्ष ...
First Prev ... 17 18 19 20 21 22 23 24 25 26 27 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम