मुख्य समाचार
खेलकूद
। स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले स्पानयोलसँग बराबरी खेलेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले स्पानयोलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ५४औं मिनेटमा एट्लेटिकोका रोड्रिगो रिक्वेल्मेले गोल गरेपनि भिएआरले मान्तया नदिंदा एट्लेटिकोले अग्रता लिने अवसर गुमाएको थियो । नयाँ सिजन एट्लेटिकोको यो दोस्रो बराबरी हो । तीन खेल खेलिसकेको एट्लेटिको ५ ...
: कर्णाली प्रदेशमा तय भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने कि नहुने भन्ने अन्योलता बढेको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुदको १०औं संस्करणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएपछि पूर्वनिर्धारित समयमा हुने कि नहुने भन्ने अन्योलता झन् बढेको हो। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद ...
: साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ। बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित बनेको हो। दुई पटकको च्याम्पियन नेपाललाई हराउँदै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको हो। फाइनल खेलको पहिलो हाफमै मिराजुलको गोलबाट बंगलादेशले अग्रता लिएको थियो। खेलको ५५औं मिनेटमा मिराजुलले दोस्रो गोल गर्दै अग्रता पनि डबल बनाएका थिए। ७१औं मिनेटमा बंगलादेशका ...
। २ देखि ९ मंसिरमा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो । मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ग्यारेन्टी माग गरेको ...
। डानी ओल्मोले बार्सिलोनाबाट डेब्यु खेलमै गोल गरेपछि स्पानिस ला लिगामा बार्सिलोनाले रायो भालेकानोमाथि २-१ को पुनरागमन जित हात पारेको छ । यसै समरमा लाइपजिगबाट बार्सिलोना पुगेका ओल्मोले ८२औं मिनेटमा लामिन यामलको पासमा विजयी गोल गरेका थिए । त्यसअघि उनाई लोपेजले नवौँ मिनेटमा गोल गर्द घरेलु टोली रायो भालेकानोलाई अग्रता दिलाएका थिए । तर उसले अग्रता जोगाउन ...
। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठसहितको टोलीले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर २ देखि ९ मंसिरसम्म कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद त्यही मितिमा हुनुपर्ने माग गरेका हुन् । उनीहरुले संघीय सरकारले ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको कार्यसमिति बैठकले प्रशिक्षक एनेसको सम्झौता थप नगर्ने निर्णय गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए । सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका एनेसको यसअघि तीन महिला सम्झाैता ...
। साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल पनि सातदोबाटोमै हुने भएको छ । उपाधिका लागि पर्सि नेपाल र बंगलादेशबीच खेल हुनेछ । सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेशले नेपालसँगको भेट पक्का गरेको हो । प्रतियोगिताको सेमिफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । फाइनल भने दशरथ रंगशाला, त्रिपुरेश्वरमा गर्ने तय भएको थियो । तर लगातार ...
। कोलम्बियाका जेम्स रोड्रिगेज स्पानिस क्लब रायो भालेकानोमा अनुबन्ध भएका छन् । रियल मड्रिडका पूर्वखेलाडी रोड्रिगेजलाई भालेकानोले फ्रि एजेन्टका अनुबन्ध गरेको हो । ३३ वर्षी कोलम्बियाली मिडफिल्डरल रोड्रिगेजले समरमा ब्राजिलियन क्लब साओ पाउलो छाडेपछि क्लबविहिन थिए । जुलाईमा भएको कोपा अमेरिका फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगेज प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कोलम्बिया भने फाइनलमा अर्जेन्टिनासँग ...
। नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् । समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २-१ ले पराजित गर्दा रेखाले गोल गरेकी हुन् । एक गोलको अग्रता ...
। नोनी मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा आइतबार वल्भ्सलाई ६-२ ले पराजित गरेको छ । नयाँ सिजन चेल्सीको यो पहिलो जित हो । चेल्सीलाई सानदार जित दिलाउन मादुएकेले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । उनले खेलको ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गरे । त्यसअघि खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ...
। प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ । नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे । खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । डियाजकै असिस्टमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि ...
। साविक विजेता रियल मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ । मड्रिडले आइतबार राति भएको खेलमा रियल भाल्लाडोलिडमाथि ३-० को सहज जित हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गरेको थियो । रियलका लागि फेडरिक भेलभर्डेले ५०औं, ब्राहिम डियाजले ८८औं र एन्ड्रिकले इन्जुरी टाइमको छैटौं ...
। नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन ...
। लण्डन क्लब आर्सनलले गएराति प्रिमियर लिगमा एस्टन भिल्लालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । भिल्लापार्कमा भएको खेलमा लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले ३ अंक जोड्न सफल भयो । पछिल्लो दुई सिजन च्याम्पियन म्यानचेष्टर सिटीभन्दा पछि रहँदै उपाधिबाट बन्चित भएको आर्सनलले नयाँ सिजनको सुरुवातमै महत्वपूर्ण जित हासिल गरेको ...
। नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको छ । भलिबल संघले एक कार्यक्रम आयोजना गर्दै काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो । काठमाडौंमा ...
First Prev ... 20 21 22 23 24 25 26 27 28 29 30 ... Next Last