मुख्य समाचार
खेलकूद
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए । विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ...
। बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो । बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल ...
। आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० ले हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधितर्फ थप एक कदम अघि बढाएको छ । लन्डन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८३औं मिनेटसम्म गोल हुन सकेको थिएन । त्यसपछि लिएन्ड्रो ट्रोसार्डले गरेको प्रहार विपक्षी खेलाडी टोमास सोसेकलाई ...
: भारतको गोवामा आगामी जेठ ११ गतेबाट आठौं साफ महिला च्याम्पियनसिप सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाली टोलीले भाग लिन पाउने कि नपाउने भन्ने विषय नै हाल सर्वाधिक चर्चामा छ । नेपाली महिला फुष्टबल टोली हाल यहि प्रतियोगिताको लागि गत हप्ताबाट प्रशिक्षणमा रहेको छ । ६ पटकको उपविजेता नेपाली महिला फुटबल टोलीले यस पटक प्रतियोगिता ...
: काभा महिला च्याम्पियनसिप–२०२६ को ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो । जेठ ८ बाट १५ गतेसम्म हुने यस प्रतियोगिताका ८ वटा राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका ...
। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च गरेको पाइएको छ । एन्फाको आर्थिक विषयमा छानबिन गर्न गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार संस्थाले निर्वाचनको तयारीका लागि भन्दै ५५ लाख खर्च गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा कमल भट्टराईको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन ...
। नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्कले ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ । शुक्रबार साँझ राजधानीमा आयोजित विशेष कार्यक्रम बीच ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरिएको हो । त्यस्तै, फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकपको प्रसारणका लागि ...
। भारतको गोवाको आयोजना हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टोली केही दिनदेखि प्रशिक्षण गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन हुनु र अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाबाट समेत निलम्बनको खतरा रहेको अवस्थामा नेपाली महिला टोली भने साफ जित्ने लक्ष्यका साथ तयारीमा जुटेको हो । यसअघि खेलेको सात मध्ये ६ पटक ...
: नेपाल ‘ए’ ले अभ्यास खेलमालगातार दुई जित दर्ता गरेको छ । नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो । माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाउँदै ...
। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो । निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ । निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि ...
। स्पीन बलरहरूले राम्रो प्रदर्शन गरेपछि नेपाल ए क्रिकेट टोलीले स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेल जितेको छ । बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४६ रनले पराजित गरेको हो । नेपालले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो । फिनले माकरिथले सर्वाधिक ५२ रन बनाए भने ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा १५ स्थान सुधार गरेका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ५८औं स्थानबाट ४३औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ४८८ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले शानदार प्रदर्शन गरेका थिए । शृंखलाका ...
। साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ को बराबरी खेलेर समग्रमा ६–५ को जित निकाल्दै पेरिस सेन्ट-जर्मेनले उपाधि रक्षा गर्ने यात्रालाई निरन्तरता दिएको हो । म्युनिखको एलियान्ज एरिनामा भएको खेलमा पेरिस सेन्ट-जर्मेनका लागि उस्मान डेम्बेलेले तेस्रो मिनेटमै गोल गरेका ...
: आइसीसी विश्वकप लिग–२ को श्रृंखला सुरु हुनुअघि नेपाल ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग खेल्ने तालिका सार्वजनिक भएको छ । सिनियर टोलीले खेल्नु अघि नेपालको ‘ए’ टिमले स्कटल्याण्ड र अमेरिकासँग २/२ खेल खेल्ने तालिका सार्वजनिक भएको छ । यसअघि पनि तालिका सार्वजनिक भएको थियो । तर प्राविधिक कारणबस् तालिका एक दिन पछि धकेलिएको हो । नेपाल ...
— नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिया खेलकुद छनोट तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले १४ सदस्यीय नेपाली महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । वैकल्पिकमा भने चारजना छन् । टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने छिन् । सो टोलीमा विन्दु रावल, सम्झना ...
: नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिभित्रको विवाद उत्कर्षमा पुगेको छ । क्यानका उपाध्यक्ष रोशन सिंहसहित ९ जनाले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा क्यानको आर्थिक पारदर्शिताको छानबिनको माग राख्दै निवेदन बुझाएका छन् । आफ्नै संस्थामा भइरहेको कार्यप्रति असन्तुष्ट पक्षले कानुनी तथा संस्थागत आधारमा नेपाल क्रिकेट संघको निर्धारित समय सीमाभित्र लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्षको ...
First Prev ... 22 23 24 25 26 27 28 29 30 31 32 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम