मुख्य समाचार
खेलकूद
— सहिद स्मारक लिग ‘ए’ डिभिजन नभएको तीन वर्ष छुनै लाग्दा त्यसको आयोजनालाई लिएर बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ । लिग आयोजनाका लागि यस्तो छलफल मन्त्रालयमा अनावश्यक रहेको धारणा बाहिर आइरहेकै बेला यो भेला भएको हो । युवा तथा खेलकुदमन्त्रीमा बल्लु गुप्ताको नियुक्तिपछि यो छलफल सुरु भएको हो । त्यसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ...
— नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा शुक्रबार हरि खड्का नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।
— काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि शिखर इन्स्योरेन्ससँग व्यावसायिक सम्झौता गरेको छ । गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरका रूपमा भित्र्याएको जनाएको छ । गोर्खाजले एनपीएल खेल्दा आफ्नो जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो लगाएर खेल्नेछ । यसका लागि गोर्खाज र शिखर इन्स्योरेन्सबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया ...
— रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा दुई शतक बनाउने नेपालको पहिलो खेलाडी बनेका छन् । रोहितले बिहीबार दुबईमा भइरहेको विश्वकप लिग २ क्रिकेटमा यूएईविरुद्ध १ सय ९ रन बनाउँदै यो उपलब्धि छोएका हुन् । रोहितको प्रयासमा नेपालले यूएईलाई २ सय ३४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरा ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा क्यान सचिव पारस खड्का र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका ...
: आइसिसी विश्वकप लिग २ अन्तर्गतको जारी श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ। नेपाल र यूएईबीचको खेल दुबईको आइसिसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार ११:१५ बजेदेखि सुरु हुनेछ। नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। त्यस्तै, यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो। आज दुबै टोली जारी श्रृङ्खलाको पहिलो जितको खोजीमा हुनेछन् ...
: नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष टोलीको जिम्मेवारी सम्हालेका म्याट रसले एन्फा कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन्। नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव किरण राईले उनले राजीनामा पेस गरेको बताए। २०८१ फागुन १८ गते राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकको रूपमा एन्फाले म्याट रसलाई जिम्मेवारी सुम्पिएको थियो।
: मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको छ। सिक्किमको पाल्जोर रङ्गशालामा भएको खेलमा दुवै टोलीले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए। दोस्रो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेनन्। खेलको निर्धारित ९० मिनेटसम्म नेपालको पोस्ट उषा नाथले सम्हालेकी थिइन्। खेल बराबरीमा जाने भएपछि नेपालका प्रशिक्षक नवीन न्यौपानेले नेपाली ...
: मेलबर्नमा अभ्यासका क्रममा घाइते भएका अस्ट्रेलियाली एक युवा क्रिकेटरको मृत्यु भएको छ। १७ वर्षीय बेन अस्टिन नामका क्रिकेटर नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बल उनको टाउको र घाँटीमा लागेको थियो। अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको छ। मंगलबार घाइते भएका बेनलाई अस्पतालको जीवनरक्षक प्रणालीमा राखिएको थियो। तर बुधबार उनको मृत्यु भएको हो। उनको ...
। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापन राम्रो नभएको गुनासो आएको भन्दै नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग स्पष्टीकरण लिएका छन् । छठ पर्वका लागि धनुषा गएका मन्त्री गुप्ताले एन्फा महासचिव राईलाई टेलिफोन सम्पर्क गरेर भारत यात्राका क्रममा नेपाली महिला फुटबल टोलीको उचित व्यवस्थापन नभएको गुनासो आएको भन्दै स्पष्टीकरण ...
: नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो। नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्। सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती ...
। स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ । बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे । सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ...
: इरान, भारत र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक भारतलाई घरेलु मैदानमा हराएको छ। सिलोङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई २-१ ले हराएको हो। कप्तान साबित्रा भण्डारीको दुई गोलमा नेपालले भारतलाई उसकै घरमा हराएको छ। खेलको दोस्रो मिनेटमा नेपालकी स्ट्राइकर साबित्रा भण्डारीले दुईजना डिफेन्डर र गोलकिपरलाई ...
। बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलको आफ्नो अन्तिम लिग खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित भएको छ । ढाकास्थित शहिद सुह्रवर्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपाल श्रीलंकासँग ३-० को सेटमा सहजे पराजित भयो । श्रीलंकाले नेपाललाई २५-१८, २५-१७, २५-२० ले पराजित गर्‍यो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि यस प्रतियोगितामा नेपालको लिगमा यो चौथो हार ...
: नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्सवेल प्याट्रिक ओ डाउड नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका छन्। कर्णाली याक्स स्पोट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो संस्करणका लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर म्याक्सवेललाई अनुबन्ध गरेको जानकारी दिए। कर्णाली याक्सले पहिलो विदेशी खेलाडीका रुपमा यसअघि स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्सवाट र दोस्रोमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको ...
— इंग्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति एभरटनलाई ३–० ले पराजित गरेको छ र लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । टोटनहमका लागि मिकी भान डे भेनले दुई गोल गरे । यो जितपछि टोटनहमको ९ खेलबाट १७ अंक भएको छ र उसले आफ्नो उत्तरी लन्डन क्लब प्रतिद्वन्द्वी आर्सनललाई पछ्याइरहेको छ । आर्सनल भने ९ खेलबाट २२ अंकमा ...
First Prev ... 23 24 25 26 27 28 29 30 31 32 33 ... Next Last