मुख्य समाचार
खेलकूद
: आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले ...
। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनको टिम भारत नआउने भएका छन् । १७ नोभेम्बर मा हुने भनिएको मैत्रिपूर्ण खेलका लागि अर्जेन्टिना फुटबल एशोसिएसन (एएफए) को टिमका साथ आउन लागेका मेस्सीको यात्रा अन्तिम समयमा रोकिएको हो । उनी १७ नोभेम्बर अर्थात १ मंसिरमा केरलको कोच्चीमा अवस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने मैत्रिपूर्ण खेलका लागि भारत आउने भनिएको ...
। लगातार दोस्रोपटक अनि समग्रमा तेस्रोपटक टी-२० विश्वकपमा छनोट भएर नेपाली क्रिकेट टोली अब आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँगको शृंखला खेल्न यूएई पुगिसकेको छ । गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ । लिग २ ...
। प्रिमियर लिगमा लिभरपुलको खराब लय जारी रहँदा ब्रेन्टफोर्डसँग ३-२ ले पराजित भएको छ । लिगमा लिभरपुलको यो लगातार चौथो हार हो । ब्रेन्टफोर्टको घरेलु मैदानमा भएको खेलमा डाङ्गो ओउटाराले पाँचौ मिनेटमै गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । केभिन सेडले ४५औं मिनेटमा गोल गर्दै ब्रेन्टोफर्डको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा लिभरपुलका मिलोस केर्केजले ...
: अर्जेन्टिना फुटबल टोली र स्टार खेलाडी लियोनेल मेस्सीले अर्को महिना भारतको केरला भ्रमण नगर्ने भएका छन्। लियोनेल मेस्सीको अर्जेन्टिना टोलीले अब अर्को महिना भारतमा खेल्ने छैन। यो खेल नोभेम्बर १७ मा कोच्चिको जवाहरलाल नेहरू रंगशालामा हुने तालिका थियो। तर फिफाको अर्को अन्तर्राष्ट्रिय खेल विन्डोमा आयोजना हुने भएपछि उनी भारत नआउने जनाएको छ। खेलको प्रायोजक रिपोर्टर ...
: भारतको इन्दौरमा अष्ट्रेलियाली महिला क्रिकेट टोलीसँग सम्बन्धित एउटा ठुलो सुरक्षा उल्लङ्घनको रिपोर्ट गरिएको छ। होटल रेडिसन ब्लूबाट क्याफे जाँदै गर्दा मोटरसाइकलमा सवार एक युवकले दुई खेलाडीलाई दुर्व्यवहार गरेको आरोप छ। घटना हुने बित्तिकै अष्ट्रेलियाली खेलाडीहरूले तुरुन्तै एसओएसमा सूचना पठाएका थिए। सुरक्षाकर्मीहरू तुरुन्तै घटनास्थलमा पुगे। सुरक्षा अधिकारी ड्यानी सिमन्सको उजुरी पछि एमआईजी ...
— पिसासँग मिलानको बराबरी एसी मिलानले इटालीको सिरी ए मा शुक्रबार राति पिसालाई २–२ को बराबरीमा रोकेको छ । हारतर्फ अग्रसर रहेको मिलानका लागि जाचरी एथेकमले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरे । त्यस अगाडि सानसिरोमा मिलानले नै राफेल लियोओको गोलको मदतले अग्रता लिएको थियो । त्यसपछि यसै सिजन बढुवा भएको पिसाले दुई गोल ...
— इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले शुक्रबार राति वेस्ट ह्यामलाई २–१ ले हराएको छ । खराब लयबाट गुज्रिरहेको वेस्ट ह्याम हारले थप दबाबमा आएको छ र रेलिगेसन क्षेत्रमा कायम रह्यो । एलान रोडमा भएको खेलमा लिड्सले सुरुआती १५ मिनेटभित्र दुई गोल गरेको थियो र यो नै जितको आधार भयो । ब्रेन्डेन आरोन्सनले तेस्रो मिनेटमा पहिलो गोल ...
— बंगलादेशमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ । बंगलादेशको ढाकास्थित इन्डोर हलमा शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले ४ अंक बटुलेको छ । नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ ...
। अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) पनि जनकपुर बोल्ट्सबाटै खेल्ने भएका छन् । जनकपुर बोल्ट्सले श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई यो सिजन पनि अनुबन्ध गरेको जनाएको हो । एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् ...
। अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् । पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका पूर्व खेलाडी बोसिस्टोलाई ...
। पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको छ । शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको पोखराले जनाएको छ । इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० ...
: भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग भिड्दै छ। खेल भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ। सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ। पहिलो खेलमा ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको बताएको छ । आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेपछि एन्फाले विज्ञप्ति जारी गरेर राईको निलम्बनबारे एन्फाको सचिवालयमा कुनै जानकारी नभएको बताएको हो । ‘एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्‌काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न ...
: विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ। साम हिजलेटले अस्ट्रेलिया यू–१९ हुँदै सिनियर टिमबाट एक अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। अस्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्। साम हिजलेटले खेलहरूमा उत्कृष्ट स्ट्राइक रेटका साथ प्रदर्शन गर्दै आइरहेका छन्। उनीसँग ५० भन्दा माथि बिग ब्यास ...
: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यही कात्तिक ९ देखि १९ गतेसम्म नेपालले यूएई र अमेरिकासँग सिरिज खेल्न लागेको छ। टिममा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, ...
First Prev ... 24 25 26 27 28 29 30 31 32 33 34 ... Next Last