मुख्य समाचार
खेलकूद
: रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु गरेको छ। रियल म्याड्रिडमा चार जना खेलाडी थपिएका छन्। फ्रान्को मास्टान्टुओनो बाहेक सबैलाई जर्सी नम्बर दिइएको छ। केही वर्तमान खेलाडीले पनि जर्सी नम्बर परिवर्तन गरेका छन्। यसैबीच रियल म्याड्रिडले केलियन एमबाप्पेको जर्सी नम्बर पनि परिवर्तन गर्ने निर्णय गरेको थियो। फ्रान्सेली फरवार्डले पेरिस सेन्ट–जर्मेनबाट आउँदा जर्सी नम्बर ...
: आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले विश्वकप छनोटको खेल नेपालमा हुने तय गरेको हो। प्रतियोगिता जुन १२ जनवरी २०२६ देखि २ फेब्रुअरी २०२६ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ। पूर्ण खेल तालिका भने घोषणा हुन बाँकी रहेको छ। यस प्रतियोगितामा १० ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्। प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे।
— एएफसी यू–२० वुमेन्स एसिया कप छनोटका खेल अर्को सातादेखि सुरु हुँदै छ । नेपालसामु त्यसमा छनोटको अवसर हुनेछ । तर, छनोट आफैंमा सजिलो भने हुने छैन । किनभने यसक्रममा नेपालले बलियो न बलियो टोली उत्तर कोरियाको सामना गर्नुपर्नेछ । छनोटको एउटा नियममा नेपाल केन्द्रित रहनेछ । त्यसको फाइदा लिने प्रयासमा हुनेछ । छनोटमा कुल ३२ टिम सहभागी छन् । त्यसमध्ये नेपाल नै सम्मिलित ...
— इंग्लिस कप्तान बेन स्टोक्सले काँधको चोटका कारण भारतविरुद्धको निर्णायक पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् । इंग्लिस एन्ड वेल्स क्रिकेट बोर्डका अनुसार उप–कप्तान रहेका ओली पोपले ओभलमा बिहीबार सुरु हुने टेस्टमा टिमको नेतृत्व गर्नेछन् । पाँच टेस्टको शृंखलामा इंग्ल्यान्ड २–१ ले अगाडि छ । शृंखलाको अघिल्ला टेस्टमा पनि स्टोक्स चोटसँग गुज्रिएका थिए । तर उनले सिरिजमा अहिलेसम्म १ सय ...
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र दोस्रोमा छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका अलराउण्डर रस्टन चेजको वरियता खस्किँदा दीपेन्द्र तेस्रोबाट दोस्रोमा उक्लिएका हुन् । नेपाली टोलीले डेढ महिनायता कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । यसबीचमा ...
। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ। गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि आवेदन खुलाइएको क्यानले जनाएको छ । ‘त्यसबेला २१ दिनको म्याद थियो, तर कुनै पनि आवेदन ...
। अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको पाँच खेलको टी-२०आई शृंखला क्लिन स्वीप गरेको छ । मंगलबार विहान भएको पाचौं टी-२०आईमा ३ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपटक टी-२०आई शृंखला ५-० ले जितेको हो । वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि मिचेल ओवेनले १७ बलमा ३७ रन बनाए । त्यस्तै ...
। चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ । रंगशाला निर्माणको जिम्मा लिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले समयमा नै कामको गति बढाउन नसक्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन गरिएको रकममध्ये ७ करोड ३४ लाख ३० हजार १ सय ६५ र बागमती प्रदेश ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल भएको छ। आइतबार भएको छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि र २२ वटा खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जापानमा हुने एसियन खेलकुद प्रतियोगिताअघि नै दशौं राष्ट्रिय ...
— इंग्ल्यान्डले नयाँ फुटबल इतिहास रच्ने क्रममा आइतबार स्पेनलाई हराएर वुमेन्स युरो २०२५ को उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्ड टाइब्रेकरमा ३–१ ले विजयी रहेको हो । बासेलमा भएको फाइनलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । पेनाल्टी सुटआउटमा क्लोइ केलीले निर्णायक गोल गरिन् । ...
— क्यामरुन ग्रिनले बनाएको अविजित ५५ र जोस इंग्लिसको ५१ रनको मदतले अस्ट्रेलियाले शनिबार वेस्ट इन्डिजलाई चौथो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा तीन विकेटले पराजित गरेको छ । पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले नौ विकेटमा २ सय ५ रन बनाएको थियो । अस्ट्रेलियाले जवाफमा सात विकेट गुमाएर १९.२ ओभरमा विजयी लक्ष्य आत्मसात् गर्‍यो । यस जितसँगै अस्ट्रेलियाले पाँच खेलको सिरिजमा ...
— आर्सनलका नयाँ स्ट्राइकर भिक्टोर ग्योकेरेसलाई आइतबार सिंगापुरमा प्रस्तुत गरिएको छ । आर्सनलले प्रि सिजन फ्रेन्ड्लीमा प्रिमियर लिगको प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेडलाई ३–२ ले पराजित गर्दा ग्योकेरेसलाई समर्थकमाझ प्रस्तुत गरिएको थियो । ग्योकेरेस शनिबार पोर्चुगिज टोली स्पोर्टिङबाट ६ करोड ४० लाख पाउन्डमा आर्सनल आएका थिए । सिंगापुरमा न्युक्यासलसँगको खेल सुरु हुनुअघि मैदानमा पुगेर उनले समर्थकलाई हात हल्लाएका थिए । समर्थकहरूले ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराउँदै कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेको र मिनी अक्सन साउन २४ मा हुने जानकारी गराएको हो । क्यानका अनुसार दर्ता भएका खेलाडीहरुको विवरण आठ फ्रेन्चाइज टोलीलाई उपलब्ध ...
। इंग्ल्याण्डका स्टार ब्याटर जो रुट टेस्ट क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । भारतविरुद्ध म्यानचेस्टरमा भइरहेको चौथो टेस्टको पहिलो इनिङमा शतक बनाउँदै उनले यो उपलब्धि हासिल गरेका हुन्। उनले यसअघि अक्टोबरमा एलास्टेयर कुकलाई पछि पार्दै इंग्ल्यान्डको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। बिहीबार उनले राहुल द्रविड, ज्याक क्यालिस र रिकी पोन्टिङलाई ...
। टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार तेस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो । वेस्ट इन्डिजले दिएको २१५ रनको बलियो लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । डेभिडले ३७ बलमा अविजित १०२ रन बनाए । यसक्रममा उनले ६ चौका ...
First Prev ... 25 26 27 28 29 30 31 32 33 34 35 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम