मुख्य समाचार
खेलकूद
। ओमर मरमाउशको शानदार ह्‍याट्रिक मद्दतले म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युकासललाई ४-० गोलअन्तरले हराएको हो । सिटीको जितमा मरमाउशले पहिलो हाफमै ह्‍याट्रिक गरेका थिए । उनी केही साताअघि मात्र सिटीमा अनुबन्ध भएका खेलाडी हुन् । मरमाउशले १९औं, २४औं र ३३औं मिनेटमा ह्‍याट्रिक गर्दै सिटीलाई ...
। स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सीमित रियल मड्रिडलाई ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । पहिलो हाफमा अग्रता लिएको भएपनि रियलले दोस्रो हाफमा पेनाल्टीमार्फत अग्रता गुमाएको थियो । त्यसपछि गोल गर्न नसक्दा रियलले लगातार दोस्रो बराबरी खेलेको हो । १५औं मिनेटमा किलियन एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ...
। नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको योग्यतासहित ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ । साथै एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख ...
। ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिवार पोखरा रंगशालमा भएको खेलमा सफल टोली पुलिसलाई ३-१ ले हराएर उज्बेकी क्लब पहिलो सहभागितामै च्याम्पियन बनेको हो । ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ...
: नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभा, विधान संशोधन र निर्वाचनका विषयमा उठेको विवाद र त्यसको निराकरणका लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले पहल थाल्ने भएको छ। शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशक जेम्स म्याकलियोडले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीमा आवद्ध संघहरुलाई पत्र लेख्दै पछिल्लो समय देखिएको विवाद समाधानको पहल ओसीएले गर्ने जानकारी गराएको ...
। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति तय गरेको हो । एनएसएलको तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि पहिलो संस्करणमा ७ ...
। काठमाडौंमा आगामी सातादेखि सुरू हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले बिहीबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको टोलीमा दुई नयाँ खेलाडी छन् । टोलीमा कप्तान एन्जिलासँगै अन्जना राना मगर र उषा नाथ गोलरक्षकका रूपमा छन् । त्यस्तै ...
। काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको ...
। २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो । यसअघि भएको पहिलो सेमिफाइनलमा मनाङसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले ए डिभिजन लिग विजेता चर्च ...
— पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो । ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा अपेक्षित खेलाडीलाई नै सामेल गरेका छन् । घोषित टिमको गोलरकिपरमा अन्जली सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमल विक, पूजा राना, निशा थोकर, समीक्षा ...
। इंग्लिस प्रिमियर लिग फुटबलमा मर्सीसाइडका दुई क्लब लिभरपुल र एभर्टनले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेल २-२ को बराबरीमा सकिएको हो । इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै एभर्टनले लिभरपुललाई बराबरीमा रोकेको हो । खेल सकिने क्रममा दुवै टोलीका खेलाडीले रातो कार्ड समेत पाएका थिए । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र मोहमद सालाहले ...
— विभागीय टोली नेपाल पुलिस क्लब ११ औं पटक आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधबार ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पुलिस २४ औं संस्करणको फाइनल पुग्यो । प्रतियोगिताकै २ सय ५० औं खेलमा सञ्जीव लामाले निर्णायक गोल गर्दा छपल्टको च्याम्पियन पुलिसले उत्सव मनायो । उनले ५८ औं मिनेटमा गोल ...
— बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिगको नकआउट राउन्ड प्ले अफ पहिलो लेगमा बुधबार सेल्टिकलाई २–१ को साँघुरो अन्तरले हराएको छ । सेल्टिक पार्कमा बायर्नका लागि माइकल ओलिस र ह्यारी केनले गोल गरे । यी दुई गोल गोल चार मिनेटको अन्तरमा भएको थियो । खेलको अन्त्यतिर सेल्टिकका लागि जापानी खेलाडी डाइजेन माडाले एक गोल फर्काए र आफ्नो ...
। आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो । माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा ...
। आगामी अप्रिलमा नेपालमा हुने आईसीसी यू-१९ विश्‍वकप एसिया छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको क्याम्प घोषणा गरेको छ । प्रारम्भिक चरणको ३६ सदस्यीय टोलीबाट १२ खेलाडीहरू कटौती गर्दै क्यानले २४ सदस्यीय टोलीसहित दोस्रो चरणको क्याम्पको घोषणा गरेको हो । माघ १५ देखि २२ गतेसम्म भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा ३६ खेलाडीहरूलाई तीन टोलीमा ...
First Prev ... 27 28 29 30 31 32 33 34 35 36 37 ... Next Last