मुख्य समाचार
खेलकूद
— जिल्ला सदरमुकाम मन्थलीमै बहुउद्देश्यीय कभर्डहल वर्षौंदेखि अधुरो छाडिएको छ । मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा निर्माणाधीन कभर्डहल ५ वर्षदेखि अलपत्र छ । २०७७ असारमा निर्माण सुरु गरिएको कभर्डहल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैयाँमा सुनकोसी–गिरी जेभी, काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । ...
। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ । कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो । मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा ...
। भिनिसियस जुनियरको दुई गोल मद्तमा भियारियाललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो । भिनिसियसले ४७औं मिनेटमा केलिएन एमबाप्पेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरी अग्रता दोब्बर पारे । भियारियालका मिकाउटाड्जेले ...
। एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले प्रारम्भिक चरणको प्रशिक्षणबाट ११ खेलाडी बाहिर राख्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपालले भियतनामसँगको अवे म्याच अक्टोबर ९ मा बिन दुंग रंगशालामा खेल्नेछ । त्यस्तै नेपालको आफ्नो होम म्याच पनि अक्टोबर १४ मा भियतनाममै हुनेछ । घरेलु ...
। नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको वार्म अप खेलमा ओमानलाई पराजित गरेको छ । गएराति भएको खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले १७ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाए। त्यस्तै ...
— भारतले पहिलो टेस्टमा वेस्ट इन्डिजलाई शनिबार एक इनिङ्स र १ सय ४० रनले पराजित गरेको छ । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा १ सय ४६ रनमा अलआउट भएपछि भारतको सजिलो जित सम्भव भएको हो । दुई दिन भन्दा बढी समयको खेल बाँकी छँदै प्राप्त जितपछि भारतले दुई टेस्टको सिरिजमा १–० को ...
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...
: युनिटी कपअन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिजले नेपाललाई १० विकेटले हराएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले १२२ रन बनाएको थियो। नेपालले दिएको १२३ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमा बिना कुनै विकेट क्षति लक्ष्य पूरा गर्‍यो। अघिल्लो २ खेल हार्दै सिरिज गुमाएको वेस्ट इन्डिजले सान्त्वना जित निकालेको हो। वेस्ट इन्डिजको ...
— उल्भ्सले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहमलाई १–१ को बराबरीमा रोकेको छ । लिग तालिकाको पुछारमा रहेको उल्भ्सले सान्टियागो बुएनोको गोलले अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले टोटेनहमका लागि गोल गर्दै टिमलाई हारबाट जोगाए । यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुलेको छ । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा उक्लेको छ ...
— क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा शनिबार डिफेन्डिङ च्याम्पियन लिभरपुललाई २–१ ले पराजित गरेको छ । प्यालेसका लागि एडि एनकेटिहले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट निर्णायक गोल गरेका हुन् । यो नयाँ सिजन लिभरपुलको लिगमा पहिलो हार हो । लिभरपुल कम्युनिटी सिल्डको खेलमा पनि प्यालेसकै हातबाट पराजित भएको थियो । हारका बावजुत लिभरपुल १५ अंकमा ...
— अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मद्दतले भिल्लारियलले आइतबार स्पेनी ला लिगामा एथलेटिको बिलबोआलाई १–० ले हराएको छ र अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । मोलेरोले खेलको ७७ औं मिनेटमा गोल गरे र यससँगै भिल्लारियलका १६ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग तीन अंकको दूरी हो । यसअघि रियल आफ्नो ...
First Prev ... 28 29 30 31 32 33 34 35 36 37 38 ... Next Last