मुख्य समाचार
खेलकूद
। काभा महिला नेसन्स भलिबल लिग आगामी जेठ ८ गतेदेखि हुने भएको छ । नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले यसअघि स्थगित भएको लिग आगामी जेठ ८ गतेदेखि १६ गतेसम्म हुने तय भएको जानकारी दिए । यसअघि गत नोभेम्बरमा काठमाडौंको खुला मैदान उक्त लिग गर्ने तय भएको थियो । तर, भदौं २३ र २४ गते भएको ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चैत १३ गतेका लागि तोकिएको साधारण सभा तथा निर्वाचन स्थगित गरी जानकारी गराउन अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र पठाएको छ । राखेपका संघ संस्था समन्वय शाखा प्रमुख चन्दकुमार राईले पत्र लेख्दै निर्वाचनका लागि स्वीकृति नभएकोले स्थगित गरी ३ दिनभित्र त्यसको लिखित जानकारी गराउन निर्देशन दिएका हुन् । राखेपले पटक-पटक भएको ...
। सेनेगल सरकारले अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको घटनापछि अफ्रिकी फुटबलमा ‘भ्रष्टाचारको आशंका’ भन्दै स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ । कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याउँदै मोरक्को लाई ३-० को जित दिँदै उपाधि प्रदान गरेपछि विवाद चर्किएको हो । जनवरीमा भएको तनावपूर्ण फाइनलमा सेनेगलले मोरक्कोलाई १-० ले हराएको थियो । ...
। अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी ले करियरका ९०० गोल पूरा गर्दै विश्व फुटबलमा नयाँ इतिहास रचेका छन् । इन्टर मियामी बाट खेल्दै उनले कन्काकाफ च्याम्पियन्स कप अन्तर्गत न्यासभिल एससी विरुद्ध खेलको सातौं मिनेटमै गोल गर्दै यो उपलब्धि हासिल गरेका हुन् । ३८ वर्षीय मेसी ९०० गोलको कीर्तिमान छुने इतिहासकै दोस्रो खेलाडी बनेका छन् । यसअघि यो उपलब्धि ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलको क्‍वाटरफाइनल समिकरण पूरा भएको छ । गएराति अन्तिम १६ का खेल सकिएसँगै क्‍वाटरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । क्‍वाटरफाइनलमा स्पेनिस महारथी रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने भएको छ । रियलले अन्तिम १६ मा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई पराजित गरेको थियो भने बायर्नले एट्लान्टालाई हराएको थियो । त्यस्तै ...
। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जेबी ब्रुग्सबाट इयू टी–२० लिग बेल्जियम खेल्ने भएका छन् । जेबी ब्रुग्सले सामाजिक सञ्जालमार्फत् दीपेन्द्रलाई अनुबन्ध गरेको जनाएको छ। जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको छ । दीपेन्द्र एनपीएलमा भने सुदूरपश्चिम रोयल्सबाट खेल्छन् । जेबी ब्रुग्सले यसअघि न्युजिल्यान्डका आक्रामक ओपनर कलिन मनरो र दक्षिण अफ्रिकाका ...
: शहीद स्मारक एन्फा महिला लिग–२०८२ को खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रिय महिला लिग २०८२ प्राविधिक कारणले स्थगित भएको जानकारी दिएको छ । चैत ४ देखि सुरु भएको महिला लिगको ४ खेल सम्पन्न भएका थिए ।
: आठौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको त्रिवि क्रिकेट मैदानमा हुने निर्धारित खेलहरु तल्लो मूलपानी क्रिकेट मैदानमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आइसीसी विश्वकप लिग–२ को लागि त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि त्रिवि मैदानमा हुने खेल तल्लो मूलपानी मैदानमा सारिएको हो । त्रिवि क्रिकेट ...
: जारी राष्ट्रिय लिग–२०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ । अध्यागमन नियमावली २०५१ को नियम २० मा विदेशीहरु जुन भिसामा नेपाल आएको त्यो बाहेक अन्य गर्न नपाउने भन्ने उल्लेख रहेको बताएको छ । एन्फाले विदेशी खेलाडीलाई कार्य सहमति र श्रम ...
: राष्ट्रिय लिग–२०८२ को आगामी खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना जारी गर्दै लिगको ९७ देखि १३६ सम्मको खेलहरु अर्काे सूचना जारी नहुँदासम्मको लागि स्थगित गरिएको बताएको छ । एन्फाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति साझा गर्दै सम्पूर्ण क्लबहरुलाई राष्ट्रिय लिग हालका लागि स्थगित गरिएको जानकारी ...
— संघीय सरकारले पटकपटक राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सारेपछि कर्णाली रंगशालाको एक प्रतिशत काम पनि अधुरो बनेको छ । कर्णाली सरकारले पहिलो गौरवको आयोजनाका रुपमा २०७८ मंसिर २० गतेदेखि कर्णाली प्रदेश रंगशालाको निर्माणको काम सुरु गरेको थियो । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सञ्चालन गर्ने निर्णय भएपछि प्रदेश सरकारले उक्त रंगशालाको काम थालेको हो । १ ...
— श्रम स्वीकृति र कार्यसहमतिबिनै विदेशी नागरिकलाई फुटबल खेलमा भित्र्याएपछि नेपालका ७ वटा फुटबल क्लब अध्यागमन विभागको छानबिनमा तानिएका छन् । अध्यागमन कानुन उल्लंघन गरेर विदेशी खेलाडीलाई काममा लगाएको भेटिएपछि विभागले यस विषयमा छानबिन अघि बढाएको हो । कानुनविपरीत विदेशी खेलाडीलाई क्लबमा भित्र्याएको भेटिएपछि विभागले बिहीबार नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काटेर कानुनी प्रावधान अवगत ...
— रशिद खान र कुशल भुर्तेलले ९४ रनको साझेदारी गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलिट कप क्रिकेटको उपाधि लगातार दोस्रोपटक जितेको छ । पुलिसले बिहीबार मूलपानीको माथिल्लो क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको हाे । पुलिसले २ सय २७ रनको लक्ष्य तेस्रो तथा अन्तिम दिनको खेलको चिया ...
— गण्डकी प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई मेलबर्नमा अवस्थित अस्ट्रेलियाको शैक्षिक संस्था भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआईटी) ले प्रायोजन गर्ने भएको छ । यस सम्झौतासँगै गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान तथा संरचनागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास छ । गण्डकी प्रदेशको महिला र पुरुष क्रिकेट टोलीले भीआईटीको लोगो अंकित जर्सी लगाएर खेल्नेछ । ...
— पहिलो पटक सहिद स्मारक महिला लिग फुटबल बुधबार सुरु हुँदा संकटा र त्रिभुवन आर्मी क्लबले अपेक्षित नतिजा निकालेका छन् । च्यासल रंगशालामा भएको दिनको पहिलो खेलमा संकटाले एनआरटीलाई ४–० ले हरायो । टोलीले पहिलो खेलबाटै विभागीय टिमलाई उपाधिमा चुनौती दिने संकेत गरेको छ । खेलमा टोलीका विदेशी खेलाडी चम्किए । चारमध्ये तीन गोल उनै ...
। जय ट्रफी क्रिकेटको फाइनल खेलअन्तर्गत दोस्रो दिनको समाप्तिमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध १७८ रनको अग्रता बनाएको छ । आर्मीको पहिलो इनिङ स्कोर पछ्याउने क्रममा पुलिसले पनि समान २२१ रन बनाएर अलआउट भएपछि दोस्रो इनिङ थालेको आर्मीले दिनको समाप्तिमा ५२ ओभर खेलेर १७८ रन बनाएको हो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ३६ रन बनाए ...
First Prev ... 30 31 32 33 34 35 36 37 38 39 40 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम