मुख्य समाचार
खेलकूद
। विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो । सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्‍यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले ...
। केलिएन एमबाप्पेको ह्याट्रिक मदतमा रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गरेको छ । यो जितपछि रियलले शीर्ष स्थानमा ४ अंकको अग्रता समेत बनाएको छ । फ्रेन्च स्टार एमबाप्पेले रियलको जर्सीमा पहिलो ह्याट्रिक गरेका हुन् । भाल्लाडोलिडको मैदानमा भएको खेलमा रियलका एमबाप्पेले ३०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५७औं मिनेटमा दोस्रो ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र बर्नमाउथले फराकिलो जित निकालेका छन् । लिभरपुलले इप्सविच टाउन तथा बर्नमाउथले शीर्ष चारको नोटिङहाम फरेस्टलाई फराकिलो अन्तरले हराएका हुन् । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले इप्सविचलाई ४-१ को अन्तरले हरायो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे भने मोहमद सालाह र डोमिनिक सोबोस्लाईले १-१ गोल ...
। पाँचौ टाइगर कप भलिबल अन्तर्गत पहिलो दिन शुक्रबार महिलातर्फ विभागीय टोली एपीएफ र न्यु डायमण्डले रोमाञ्चक जित हात पारेका छन् । पहिलो खेलमा एपीएफले ट्राभल इन्क्वाइरी युनाइटेड, थाइल्याण्डको टोलीलाई ३-२ को सेटमा पराजित गरेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीन सेट आफ्नो पक्षमा पार्दै ...
— कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले जितसहित शुक्रबार आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको यात्रा टुंग्याएको छ । नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । पूजाले ४ विकेट लिनुका साथै अविजित २३ रन बनाएपछि नेपालले सहज जित हात पारेको हो । पहिलोपल्ट यू–१९ विश्वकप खेलिरहेको नेपाल समूह चरणको खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट, स्कटल्यान्डसँग १ विकेट ...
— आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल बनायो ...
— अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त गरेको छ । यसको औपचारिक घोषणा भने गरिएको छैन । तर उनी काठमाडौं आइसकेका छन् । उनले सभापति कपको बिहीबार दशरथ रंगशालामा भएको खेल हेरेका थिए । रस यूईएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन् । उनले यसअघि दक्षिण कोरियाली महिला राष्ट्रिय टोली सम्हालेका थिए । उनले सन् ...
— मोहमद सलाहले गरेको ५० औं युरोपेली गोलको मद्धतले लिभरपुलले लिललाई पराजित गरेको छ र च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार सातौं जित निकाल्ने क्रममा लिभरपुलले एनफिल्डमा १० खेलाडीमा सीमित लिललाई २–१ ले पराजित गरेको हो । सलाहले ३४ औं मिनेमा गोलको खाता खोले । दोस्रो हाफमा आइसा मान्डीलाई दोहोरो पहेँलो कार्डमा गुमाएयता ...
। नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् । अस्ट्रेलियाका लागि हसरत गिल, ...
। साहसिक पर्यटकीय खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको जनाएको छ । यसअघि र्‍याफ्टिङलाई साहसिक पर्यटकीय गतिविधिका रूपमा मात्र हेरिन्थ्यो । प्रतियोगिता १६ र १७ माघमा सञ्चालन गरिने परिषद्ले जनाएको छ । परिषद् ...
— नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो । सन्दीपलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । ...
— दोस्रो हाफको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ । चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई पनि टुंग्याएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीका लागि पहिलो गोल गरे । पहिला हाफको इन्ज्युरी समयमा उल्भसका लागि म्याट डोहर्टीले बराबरी ...
— नेपालको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले सोमबार नेपाललाई नाटकीय खेलमा १ विकेटले हरायो । नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले अब बुधबार अस्ट्रेलियासँग खेल्नेछ । समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बंगलादेश र स्कटल्यान्डको ...
— मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् ...
— प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । ...
— बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले अंक तालिकाको शीर्षमा रहेको एटलेटिको म्याड्रिडले बेहोरेको हारको फाइदा लिन सकेन । बार्सिलोनाबाट २० खेलबाट ३९ अंक भएको छ भने एटलेटिको समान खेलबाट ४४ अंकमै कायम रह्यो । यो पाँच अंकको दूरी हो । बार्सिलोनाले जुलेस कोन्डको गोलले अग्रता लिएपछि गेटाफेका लागि मउरो ...
First Prev ... 32 33 34 35 36 37 38 39 40 41 42 ... Next Last