खेलकूद
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १०० रन मात्र बनायो। अस्ट्रेलियाका ज्याक वुडले सर्वाधिक ५५ रन बनाए भने एलेक्स रस १४ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि प्रतिश जिसीले ३ विकेट, लोकेश बम र विवेक यादवले १/१ विकेट लिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २ ...
। हङकङ सिक्सेस क्रिकेटमा नेपाल नेपाल एक खेल अघि नै क्वार्टरफाइनल प्रवेश गरेको छ । समूह बी अन्तर्गत देफमा अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालले समूहको अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ११३ रन मात्र बनाउन ...
। पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ । २८ वर्षीय मोहसिनले ३० टी-२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग ...
। अफगानिस्तानी अलराउण्ड मोहम्मद नावीका छोरा हसन इसाखिलले चितवन राइनोजबाट नेपाल सुपर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले बुधबार प्रेस वित्तप्ति जारी गर्दै तेस्रो विदेशी खेलाडीको रुपमा हसनलाई अनुबन्ध गरेको जनाएको छ । १८ वर्षीय हसन ओपनिङ ब्याटर हन् । उनले अहिलेसम्म १६ टी-२० खेल खेलेका छन् । हसनले २२०४ फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ ...
: नेपालले इंग्ल्याण्डविरुद्ध शानदार जीत निकालेको छ। शुक्रबार बिहान भएको द हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो। नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको छ। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो। नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १२ बलमा ३ ...
। न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलका लागि विराटनगरले ३८ वर्षीय गप्टिललाई अनुबन्ध गरेको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् । ३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कन्जुस्याइँ नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन्। उक्त ...
— काठमाडौं महानगरपालिकाले उपविजेता नेपाली महिला फुटबल टोलीलाई २५ लाख रुपैयाँबाट पुरस्कृत गरेको छ । नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएलगत्तै बुधबारै सोल्टी होटलमा महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एन्फा अध्यक्ष पंकज नेम्बाङको रोहबरमा नेपाली महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई २५ लाखको चेक हस्तान्तरण गरेका थिए । डिफेन्डिङ च्याम्पियन बंगलादेशले साफ वुमन्स ...
— इंग्लिस लिग कपको क्वार्टरफाइनलमा प्रिमियर लिगका सबै ठूला क्लब नै भिड्ने भएका छन् । बुधबार राति अन्तिम १६ को खेलमा आर्सनलले प्रिस्टनलाई ३–० ले हरायो । अब उत्तरी लन्डन क्लबले अर्को चरणमा त्रिस्टल प्यालेसको सामना गर्नेछ । प्यालेसले १६ वर्षयता पहिलो पटक लिगकपको क्वाटरफाइनल खेल्न एस्टन भिल्लालाई २–१ ले पराजित गर्‍यो । दिनको सबैभन्दा ठूलो ...
। न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टी-२० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । तीव्र गतिको बलिङ गर्ने उनीसँग तल्लोक्रममा ठूला ...
। साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् । बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा ...
। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले भुटानलाई ७–१ ...
। साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको छ । तर आठ नबज्दैदेखि टिकट काट्नेहरु लाइनमा बसेका थिए । एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । यसपटक ...
— नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत मंगलबार स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ । एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मंगलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ । दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण ...
: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।अमेरिकाको डालसमा आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हासिल गरेको हो। ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा पूरा गरेको हो। null नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करन केसी, सोमपाल ...
First Prev ... 34 35 36 37 38 39 40 41 42 43 44 ... Next Last