मुख्य समाचार
खेलकूद
: साफ महिला फुटसल च्याम्पियसिपमा नेपालले दोस्रो जित दर्ता गरेको छ। नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ ले हराएको हो। पहिलो पिरियडमा ३ गोल गरेको नेपालले दोस्रो पिरियडमा २ गोल गर्दै १ गोल बेहोर्‍यो। नेपालका लागि मनिषा थापा मगरले दुई गोल गरिन्। रोशनी बोहोरा, दिपा राई र जेनिफर रानाले १–१ गोल ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीले फ्रेन्च क्लब पीएसजीलाई २-१ ले पराजित गरेको छ । स्पोर्टिङको जितमा लुइस जेभियर स्वारेजले दुवै गोल गरे । पीएसजीका लागि भिचा भरत्सखेलियाले १ गोल गरे । स्वारेजले ७४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७९औं मिनेटमा भरत्सखेलियाले बराबरी गोल फर्काए । ९०औं मिनेटमा स्वारेजले विजयी गोल गरे । ...
। पोखरामा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट मुख्य प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम टोली छनोट गरेका हुन् । यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालमा हुने साफ यू-१९ ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिगको शीर्ष क्लब आर्सनलले लगातार सातौं जित निकाल्दै अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा आर्सनलले इटालियन क्लब इन्टर मिलानलाई ३-१ ले हराउँदै शतप्रतिशत जितको यात्रा कायमै राखेको हो । आर्सनलको जितमा ग्याब्रियल जेससले २ गोल गर्दा भिक्टर ग्योकेरेसले १ गोल गरे । इन्टरका पेटार सुसिकले गोल गरे । खेलको ...
: साफ यु-१९ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। पोखरा रंगशालामा हुने यस प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। साफको प्रतियोगिता धेरै पछि काठमाडौंबाहिर हुँदैछ। नेपालले पहिलो खेल माघ १७ गते भारतसँग खेल्नेछ। प्रतियोगिताको लिग चरणको शीर्ष २ टिमले फाइनल खेल्नेछन्। नेपालको खेल तालिका माघ १७ : नेपाल भर्सेस भारत माघ १९ ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ । एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । एन्फाको माघ २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया ...
पाँच पटकको विजेता टोली पर्थ स्कोर्चर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश
। मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो । मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा सनिश ...
आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा नेपालको समूहमा रहेको नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ
आगामी महिना भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुन सक्ने चर्चाका बीच स्कटल्यान्डलाई भने सहभागिताबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको खुलेको छ
। यूएईमा सुरु भएको अफगानिस्तान र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गत दुबईमा भएको पहिलो खेलमा अफगानिस्तान विजयी भएको छ । अफगान टिमले वेस्ट इन्डिजलाई ३८ रनले पराजित गरेको हो। आगामी महिनामा हुने टी–२० विश्वकपको तयारीस्वरूप भएको यस खेलमा अफगानिस्तानले बलियो प्रदर्शन गर्‍यो। अफगानिस्तानले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र ...
: साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो। बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले गोल गरे। नेपाललाई हराउँदै बंगलादेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघिको ३ खेलमा नेपालले १ जित, १ हार र ...
: आयरल्यान्डले पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसमा विजयी सुरुवात गरेको हो। माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको दोस्रो खेलमा आयरल्यान्डले पीएनजीलाई ४१ रनले हराउँदै विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। आयरल्यान्डले दिएको १४७ रनको ...
: साफ फुटसल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा अन्तिम सेकेन्डमा गोल खाँदा नेपालले भारतसँग अंक बाँडेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल र भारतले ३–३ बराबरी खेले । नेपालका लागि विक्रम नरसिंह रानाले पहिलो गोल गरे। त्यसको केही सेकेन्डमै नेपालले बराबरी गोल व्यहाेर्याे। भारतका लाल्टुएन्जेलाले बराबरी गोल फर्काए। नेपालका लागि अमित लामाले दोस्रो ...
— नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको छ । टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का ...
— नटिंघम फरेस्टले शनिबार इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको आर्सनललाई गोलरहित बराबरीमा रोकेको छ । आर्सनलले एक अंकमा चित्त बुझाए पनि त्यसले धेरै घाटा भने गर्ने छैन। शनिबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइेटडको हातबाट २–० ले पराजित भएको हुनाले आर्सनल अनुकुल स्थितिमै रहेको हो । यस्तै चौथोमा रहेको लिभरपुल पनि बर्नलीको हातबाट ...
First Prev 1 2 3 4 5 6 7 8 9 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम