मुख्य समाचार
खेलकूद
। चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको छ । भरतपुर महानगरपालिकाले आज सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेको छ । सो समय अवधि भित्र कुनै उजुरबाजुर नभए आठौं दिनमा निर्माण सम्झौता हुने छ । सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण लागत ...
। दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै इतिहासमै पहिलो पटक फाइनलमा पुग्यो । दक्षिण अफ्रिकाले आफ्नो उत्कृष्ट बलिङमा समूह चरण र सुपर–८ मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । सुपर ८ को गु्रप–१ बाट अष्ट्रेलिया अप्रत्याशित रुपमा बाहिरिनु दक्षिण अफ्रिकालाई थप सहज बन्यो । ब्रायन लारा क्रिकेट रंगशाला ट्रिनिडाडमा ...
– भारतले आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले सन् २०१४ पछि टी२० विश्वकपको फाइनलमा स्थान बनाएको हो । १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा १०३ रनमा अल आउट भयो । इंग्ल्यान्डका ह्यारी ब्रुकले १९ बलमा ३ चौकासहित सर्वाधिक २५ रन बनाए ...
। लगातार दुई खेल जित्दै भेनेजुएला कोपा अमेरिका-२०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत बिहीबार बिहान भएको खेलमा मेक्सिकोलाई १-० ले पराजित गर्दै भेनेजुएलाले अन्तिम आठमा स्थान पक्का गरेको हो । क्यालिफोर्नियास्थित सोफी स्टेडियममा भएको खेलमा भेनेजुएलालका लागि सालोमन रोन्डोनले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरे । मेक्सिकोले खेलमा बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ...
। जर्मनीमा जारी युरो २०२४ अन्तर्गत बुधबार राति भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ । स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा फ्रांकफर्टमा रोमानिया र स्लोभाकियाले पनि १-१ को बराबरी खेले । ओन्ड्रेज डुडाले २४औं मिनेटमा गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएपनि रोमानियाका राजभान मारिनले ३७औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरेका थिए ...
– अफगानिस्तानलाई ९ विकेटले हराउँदै जारी आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल यात्रा तय गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा ऐतिहासिक जित निकाल्दै दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा ५ र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ...
– अफगास्तिानका तीव्र गतिका बलर फजलहक फारुकी एकै टी-२० विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । आईसीसी टी-२० विश्वकप २०२४ मा उनले ८ खेलमा १७ विकेट लिदै उक्त कीर्तिमान रचेका हुन् । बिहीबार बिहान ब्रायन लारा क्रिकेट रंगशालामा ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककलाई ५ रनमा बोल्ड आउट गर्दै उक्त कीर्तिमान ...
। लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । बन्द प्रशिक्षणमा रहेकामध्ये डिफेण्डर प्रतीक्षा चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारी अन्तिम टोलीमा अटाउन सकेनन् । एन्जिला ...
। साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्‍यो । न्यु जर्सीस्थित मेट ...
: आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ। अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अफगानिस्तानले २० ओभरमा ५ विकेट ...
। माटिअ जाकाग्गीले इन्जुरी टाइमको अन्तिमममा गोल गरेपछि इटली युरो २०२४ को नकआउट चरणमा छनोट भएको छ । ८१औं मिनेटमा माटिओ डार्मिनको स्थानमा मैदान प्रवेश गरेका जाकाग्नीले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि क्रोएसिया विरुद्ध १-१ को नाटकिय बराबरी खेल्दै इटलीले समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो । स्पेन सबै ट्टीन खेल ...
: आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ। ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो। यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ। भारतले फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नेछ। यसैगरी सुपर ‘आठको ...
: इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खेल्दै साविक विजेता इटाली नकआउट चरणमा पुगेको हो। ५५ औं मिनेटमा क्रोएसियाका लुका मोड्रिचले गोल गरेका थिए। त्यसअघि ५४औं मिनेटमा पाएको पेनाल्टीमा मोड्रिचले गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार इटलीका किपर जियानलुजी डोनारुम्माले ...
। दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लुइस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर-८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ...
– अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा सेमिफाइनलमा स्थान बनाउन भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बेलुका ८ः १५ मा सुरु हुनेछ । सुपर-८ को ग्रुप-१ मा भारत २ खेलमा २ मा जितका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ ...
– दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा एकै संस्करणमा ७ खेल जित्ने पहिलो देश बनेको छ । आईसीसी टी-२० विश्वकप २०२४ मा सुपर-८ मा सोमबार वेष्टइण्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै उक्त कीर्तिमान बनाएको हो । यसअघि टी२० विश्वकपमा सन् २००९ मा श्रीलंका तथा अष्ट्रेलियाले २०१० र २०२१ मा एकै संस्करणमा ६-६ खेल जितेका थिए ...
First Prev ... 37 38 39 40 41 42 43 44 45 46 47 ... Next Last