मुख्य समाचार
खेलकूद
। आयोजक जर्मनीले युरो-२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५-१ ले पराजित गरेमो हो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जमाल मुसिएलाले १९औं मिनेटमा गोल ...
। नेपाल आईसीसी टी-२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर-८ यात्रा पनि समाप्त भएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले ...
। नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयतामा सुधार आएको छ । फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल २ स्थानमाथि उक्लिएको हो । यसअघि नेपाली महिला फुटबल टिम १००औं स्थानमा रहेको थियो, अहिले ९८औं स्थानमा आइपुगेको छ । दक्षिण एसियाको वरीयतामा भारत शीर्ष स्थानमा छ । नेपाल दोस्रो स्थानमा छ भने बंगलादेश तेस्रो स्थानमा ...
। किङ्गसटाउनमा नेदरल्याण्ड्सँग खेल्नुअघि बंगलादेशको अभ्यास सत्रका लागि सकिब अल हसन घाँटीमा सर्भिकल कोलर (पट्टी) लगाएर पुगे । उनलाई चोट लागेको त होइन ? उनले घाँटीमा पट्टी लगाएरै अभ्यास गरे । वास्तवमा उनी ठीक छन् । उनी सर्ट हान्ने क्रममा हाफ्नो टाउको सही पोजिसनमा राख्ने प्रयासमा थिए । उनका यो (टाउकोलाई सही पोजिसनमा राख्ने) समस्या २०२३ को ...
। मिनी विश्वकपको रुपमा रहेको युरोकप २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । फिफा विश्वकपपछि सबैभन्दा ठूलो टुर्नामेन्ट मानिने युरोको यो १७औं संस्करण हो । अहिलेसम्म भएका १६ संस्करणमध्ये जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि जितेका छन् । पछिल्लो पटक भएको युरो २०२० युरोपकका विभिन्न ११ देशमा आयोजना गरिएको थियो । जहाँ इटलील इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ...
। मिनी विश्वकप भनिने युरोकप फुटबल प्रतियोगिताको १७औं संस्करण आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित एलिएन्ज एरेनामा सुरु हुनेछ । तीन पटकको विजेता जर्मनी घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । त्यसैले जर्मनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ । जर्मनी र स्कटल्याण्ड मुख्य प्रतियोगितामा ...
। थप २० रन जोड्न सकेको भए नजिता के हुन्थ्यो कसलाई के थाहा ? एरोन जोनसनले जसरी सुरु गरेका थिए, त्यसलाई हेर्दा थप २० रन ठूलो डिल पनि थिएन । तर अब क्यानडाको टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना केही कमजोर भएको छ । एक समय उसले सपना देख्न थालिसकेको थियो । यद्यपि अरु ब्याट्सम्यानले ...
। टी-ट्वान्टी विश्वकप २०२४ खेल्न अमेरिका पुगेको श्रीलंकाली क्रिकेट टिमले सुरुमै आफूलाई दिइएको सुविधालाई लिएर गुनासो पोखेको थियो । श्रीलंकाली टिमलाई बसोबास र यात्रामै चित्त बुझेको थिएन । अब त्यही टिमलाई आफ्नै खेलमा गुनासो हुन थालेको छ । भयो के भन्दा यस विश्वकपको समूह ‘डी’ मा श्रीलंकाको तीन खेलबाट एकै अंक मात्र छ । त्यो भनेको ...
। सन् २००६ मा जर्मनीले विश्वकप फुटबल आयोजना गर्दा त्यहाँ एउटा अद्वितीय लहर देखा परेको थियो, राष्ट्रियताको । सबैलाई जर्मन हुनुमा गर्व देखिन्थ्यो । त्यो बेला धेरै लामो समयपछि जर्मन एउटा देशका रूपमा एकजुट देखिएको थियो । यसक्रममा जर्मनीले आफ्नो पुरानो डरलाग्दो इतिहास पनि बिर्सेको भान हुन्थ्यो । जर्मनीले शुक्रबारदेखि फेरि एक अर्को ठूलो फुटबलको ...
। जर्मन क्लब बोरुसिया डर्टमण्डका प्रशिक्षक एडिन टेर्जिकले क्लब छोडेका छन् । टेर्जिकले डर्टमण्डसँग तत्कालै लागू हुनेगरी आफ्नो सम्झौता रद्द गर्न भनेपछि क्लबले पनि त्यसमा सहमति जनएको हो । जर्मन क्लब डर्टमण्डले छलफलपछि टेर्जिकको प्रस्तावमा सहमत भएको जनाएको छ । टेर्जिकको प्रशिक्षणमा डर्टमण्ड युरोपियन च्याम्पियन्स लिग २०२३-२४ को फाइनलमा पुगेको थियो । तर वेम्बलीमा भएको फाइनलमा डर्टमण्ड रियल ...
। एएफसी यू-२० एसियन कप छनोटमा नेपाल साविक विजेता उज्वेकिस्तान रहेको समूह्य ‘बी’मा परेको छ । मलेसियाको क्वालाल्मपुरमा बिहीबार भएको ड्र अनुसार नेपाल र उज्वेकिस्तानसहित चाइनिज ताइपेई र कम्बोडिया समूह ‘बी’ मा छन् । समूह बी का खेलहरु चाइनिज ताइपेईमा आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ । नेपालले पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने दोस्रो ...
। अहिलेसम्मको प्रदर्शनको आधारमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप २०२४ मा उपाधिका लागि साँच्चै बलियो न बलियो दावेदार देखिएको छ । अनि अस्ट्रेलियालाई यति मजबुत बनाउन प्रमुख भुमिका खेल्ने खेलाडी हुन्, लेग स्पिनर एडम जाम्बा । अस्ट्रेलियाले आइतबार स्कटल्यान्डको सामना गर्दैछ र यो उसको लिग चरणको अन्तिम खेल हुनेछ । यो खेलअगाडि नै अस्ट्रेलिया सुपर–एट पनि पुगिसकेको छ ...
। मिनी विश्वकप भनिने फुटबल प्रतियोगिता युईएफए युरो २०२४ शुक्रबार सुरु हुँदैछ । १७औं संस्करणको युरो जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका विभिन्न १० शहरको १० स्टेडियममा सञ्चालन हुँदैछ । युरो २०२४ मा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । युरोको उद्घाटन खेलमा आयोजक जर्मनीले स्कटल्याण्डसँग जुन १४ मा खेल्नेछ । यो खेल म्युनिखमा नेपाली समय ...
। एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल एसियाको पावर हाउस जापान र कतारसँगै एकै समूहमा छ । नेपाल रहेको समूह एफमा जापान, कतार र मंगोलियास्ँग प्रतिस्पर्धा गर्नेछ । यस समूह चरणका सबै खेलहरु कतारमा हुनेछ । छनोटका खेलहरु आगामी अक्टोबर १९ देखि २७ ...
। मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो । नेपाल आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणका २ खेल खेल्न नेपाली टिम बुधबार वेस्ट इन्डिज जाने तालिका थियो । वेस्ट इन्डिजमा नेपालले दक्षिण ...
। आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो । १५० रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले ९ विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो । न्यूजिल्याण्डका ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, ड्यारिल मिचेलले ...
First Prev ... 41 42 43 44 45 46 47 48 49 50 51 ... Next Last