मुख्य समाचार
खेलकूद
: इटालियन गोलरक्षक फुटबलर जिगायनलुइजी बुफन केपी ओली कपको फाइनल हेर्न नेपाल आउने भएका छन्। उनी १८ गते नेपाल आउने तालिका रहेको आयोजक स्रोतले बताएको छ । १९ गते हुने केपी ओली कपमा आफू प्रमुख अतिथिको रुपमा नेपाल आउने उनले एक भिडियो मार्फत जानकारी दिएका हुन्। २००६को विश्वकप विजेता गोलरक्षक बुफनले १७६ अन्तर्राष्ट्रिय खेल खेलेका ...
: इटालियन स्टार गोलरक्षक जियानलुइजी वुफनले नेपाल आउन पाउँदा आफ्नो लागि सपना पूरा भएको बताएका छन्। तेस्रो संस्करणको केपी ओली कप २०२५ को फाइनलमा सहभागी हुन उनी नेपाल आएका हुन्। आइतबार पत्रकार सम्मेलनमा बोल्दै वुफनले नेपालको झन्डा निकै फरक भएका कारण नेपाल आउनु आफ्नो लागि ‘ड्रीम कम्स ट्रु मोमेन्ट’ भएको बताए। २८ वर्ष लामो करिअरमा निकै ...
: नेपाली पुरुष फुटबल टिमको प्रशिक्षकका रूपमा अष्ट्रेलियन प्रशिक्षक म्याट रोस नियुक्त भएका छन्। उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईले १ वर्षको सम्झौता पत्र हस्तान्तरण गरेका हुन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्झौतामा हस्ताक्षर गरिएको हो। एन्फाले सोमबार नवनियुक्त प्रशिक्षक म्याटसँग पत्रकार सम्मेलन राखेको छ।
च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको ...
: आयोजक केपी एफसीलाई हराउँदै मछिन्द्र एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो। मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकएक गोल गरे। खेलको ३८औं मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै ...
— बार्सिलोना र एटलेटिको म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा मंगलबार ४–४ को रोमाञ्चक बराबरी खेलेका छन् । एटलेटिकोले सुरुमा दुई गोलले अग्रता लिएपछि दुई गोलले पछाडि रहेको स्थितिमा बराबरी खेलेको हो । डिएगो सिमोनीको एटलेटिकोका लागि सुरआती छ मिनेट भित्र जुलियन एल्भारेज र एन्टोन ग्रिजमनले गोल गरे । त्यसपछि बार्सिलोनाका तर्फबाट पेड्रि गोन्जालेज, पउ ...
। पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा लगातार दोस्रो जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह ए को खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हराएको हो । न्युजिल्याण्डको यस जितले भारत पनि एक खेल खेल्नुअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब भारत र न्युजिल्याण्डबीच हुने खेलको विजेता समूहविजेता हुनेछ । बंगलादेशले दिएको २३७ रनको ...
। ललितपुर सिटी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि हाइटीका पूर्वविंगर केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको छ । ३२ वर्षीय बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्। गत संस्करणको विजेता ललितपुरले नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त ...
— बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले)मा ‘ड्रोमर’ले गोल्डेन बियर जितेको छ । यौनिक तथा अल्पसंख्यक समुदाय(क्वेयर)को प्रेमकथामा आधारित यो फिल्मले फेस्टिभलको सबैभन्दा ठूलो अवार्ड जितेको हो । फिल्ममा यस्तो एक किशोरीको कथा देखाइएको छ, जो आफ्नो महिला शिक्षकसँग प्रेममा पर्छिन् । मुख्य प्रतिस्पर्धामा ‘ड्रोमर’सँग १८ फिल्मले प्रतिस्पर्धा गरेको थियो । त्यस्तै यो वर्ष ‘सिल्भर बियर ...
— लउटारो मार्टिनेजको एक मात्र गोलको मद्दतले इन्टर मिलानले इटालीको सिरी ए मा जेनोआलाई १–० ले हराएको छ । यस जितपछि इन्टर शीर्ष स्थानमा उक्लेको छ र दोस्रोमा झरेको नेपोलीमाथि दबाब सिर्जना गरेको छ । नेपोलीले आइतबार कोमो १९०७ को सामना गर्दैछ । इन्टरको ५७ अंक भएको छ भने नेपोली एक अंकले मात्र पछाडि छ ...
— डानी ओल्मो र फेरान टोरसले गरेको गोल मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार लास पाल्मासमाथि २–० को झिनो अन्तरको जित निकालेको छ । यो जितपछि बार्सिलोना अंक तालिकाको शीर्षमा पनि उक्लेको छ । यसअघि एटलेटिको म्याड्रिडले भ्यालेन्सियालाई सजिलै ३–० ले हराएको थियो र केही समयका लागि शीर्ष स्थान कब्जा गरेको थियो । तर बार्सिलोनाले फेरि ...
— विराट कोहलीको अविजित १ सय रनमा भारतले च्याम्पियन्स ट्रफी क्रिकेटमा आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो ५१ औं शतक बनाएपछि भारतले २ सय ४२ रनको लक्ष्य ४३ औं ओभरमा २ सय ४४ रन बनाउँदै पूरा गरेको थियो । लगातार दोस्रो हारपछि डिफेन्डिङ च्याम्पियन पाकिस्तान प्रतियोगिताबाट बाहिरिने खतरा प्रबल बनेको छ । ...
— आर्सनलको इंग्लिस प्रिमियर लिग उपाधि होडमा गम्भीर धक्का लागेको छ । दस खेलाडीमा सीमित आर्सनललाई वेस्ट ह्यामले १–० ले पराजित गरेको हो । पहिलो हाफमा जारोड बोवेनले गरेको एक मात्र गोल निर्णायक रह्यो । इमिरेट्समा भएको खेलको ७३ औं मिनेटमा मेयलेस लेविस–स्केलीलाई रातो कार्ड देखाइएको थियो । यो हारको अर्थ दोस्रो स्थानमा रहेको आर्सनल शीर्षको लिभरपुलसँग ...
— लुका मोडरिचले लामो दूरीबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएपछि रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा जिरोनालाई २–० ले हराएको छ । यो जितसँगै लिग तालिकाको शीर्षमा रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । सान्टियागो बर्नाबाउमा रियलको प्रदर्शन शानदार रह्यो र खेलको अन्त्यतिर कार्लो एन्सेलोटीको टिमका लागि भिनिसियस जुनियरले दोस्रो गोल थपे । खेलपछि मोडरिचले ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार ११ अंकको अग्रता लिएको छ । उसले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । यससँगै लिभरपुल कीर्तिमान २० लिग उपाधितर्फ उन्मुख रह्यो । मोहमद सलाहले फेरि एकपल्ट लिभरपुलको जितमा नायक रहे । उनले खेलको पहिलो गोल गरे र यो उनको सिजनको ३० औं गोल रह्यो । पहिलो ...
: नेपाली यू१९ टिमका स्पाइकर सूर्य विकलाई राष्ट्रिय खेलकुद परिषद(राखेप)ले सहयोग प्रदान गरेको छ। सदस्य सचिव टंकलाल घिसिङले उनका दाजु सन्तोष विकलाई ७५ हजारको चेक हस्तान्तरण गरेका हुन्। घिसिङ सहित खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले उनलाई उपचार खर्च प्रदान गरेका हुन्। गत असोजको १९ देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा भएको यू१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने ...
First Prev ... 43 44 45 46 47 48 49 50 51 52 53 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम