मुख्य समाचार
खेलकूद
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकप अन्तर्गत न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा हालसम्म प्रयोग भएका दुईवटा पिचहरू गुणस्तरहीन रहेको स्वीकार गरेको छ । यस्तै आईसीसीले उक्त स्थानमा हुने टी-२० विश्वकपका बाँकी खेलहरूका लागि यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ । आईसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म ...
। क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय ...
। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिमसम्म मात्रै छ । एनेस २०७९ साल फागुन १७ गते नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुमा एक वर्षका लागि नियुक्त गरेको थियो । पछि नेपालले फिफा विश्वकप र एसियन कपको छनोटको दोस्रो चरण खेलिरहेकोले एन्फाले एनेसको ...
। आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । रोएल स्पानिस फुटबल फेडेरेसनले शनिवार २६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । टिम सार्वजनिक कार्यक्रममा टेनिस लेजेण्ड राफायल नाडालको पनि उपस्थिती छ । बार्सिलोनाका १७ वर्षीय डिफेन्डर पाउ कुबार्सी युरो भने युरो खेल्ने स्पेनको ...
। नेपालमा आयोजना हुने साफ यू २० च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको ‘ड्र’अनुसार आयोजक नेपाल समूह ए मा छ । यस समूहमा नेपालसहित चार टोली छन् भने समूह बी मा तीन टोली छन् । समूह ए मा नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंका छन् भने साविक विजेता ...
। जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि साविक विजेता इटलीले अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक लुसियानो स्पालेट्टीले घोषणा गरेको अन्तिम टोलीमा २०२१ मा युरो जितेका ९ खेलाडी परेका छन् । प्रारम्भिक टोलीमा परेका इभान प्रोभेडेल, सामुएल रिक्की र रिकार्डो ओरसोलिनीले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । अगस्ट २०२३ मा ...
। टी–२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध जम्माजम्मी १०४ रनको सामान्य लक्ष्य पच्छ्याएको दक्षिण अफ्रिका क्रिजमा संघर्ष गर्दै थियो । ५ ओभरमा १२ रन बनाउँदा दक्षिण अफ्रिकाको ४ विकेट पतन भइसकेको थियो । त्यसपछि क्रिजमा आए ट्रिस्टन स्टब्स र डेभिड मिलर । उनीहरुको उत्कृष्ट साझेदारीमा दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलको म्यान अफ दि म्याच ...
– अफगानिस्तानले आईसीसी टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डमाथि ८४ रनको सानदार जित हात पारेको छ । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा न्युजिल्यान्डलाई कुनैपनि खेलमा पहिलो पटक हराएको हो । १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १८ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए । ओपनर फिन एलेन ...
– बंगलादेशले आईसीसी टी-२० विश्वकप २०२४ मा श्रीलंकालाई २ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । बंगलादेशले समूह डी मा २ महत्वपूर्ण अंक जोडेको हो । १२५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । तौव्हीद ह्दोयले २० बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४० रन बनाए । लिटन दासले ३८ ...
। आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो ...
। १ कात्तिकदेखि १४ कात्तिकसम्म नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा पनि नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान रहेका छन् । समूह ए मा भारत बंगलादेश र पाकिस्तान रहेका छन् । दक्षिण एसियामा भारत र बंगलादेश पनि बलिया टोली हुन् । दक्षिण एसियाली स्तरको महिला फुटबलमा ...
। ओलम्पिक डे २०२४ को अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा एनओसीअन्तर्गत रहेको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा नेपालमा ओलम्पिक डे २०२४ को कार्यक्रम सुरु गरिएको हो । पाटन मंगलबजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे २०२४ को थालनी गरिएको हो । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका ...
। आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिला र पुरुष दुवैतर्फ गत वर्षकै बिजेताले उपाधि रक्षा गरेका छन् । महिलातर्फ नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो भने पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर हेल्प नेपाल बिजेता बन्यो । दुबैले टिमले जनही ८/८ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने ...
– फिनिसर डेविड मिलरको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ मा नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित भएको छ छ । योसँगै समूह डी मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर–८ को सम्भावना मजबुत बनाएको छ । १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । डेविड मिलर ...
– उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ । २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ ...
। पाकिस्तानले टी–ट्वान्टी विश्वकप २०२४ मा आइतबार भारतको सामना गर्दा यो टिम रहनेछ, घाइते स्थितिमा । घाइते नहोस् पनि किन, अमेरिकाविरुद्ध बेहोरेको हारलाई पाकिस्तानी क्रिकेटले पचाउन सकेको छैन । अनि टिम आफैं आपतमा धकेलिएको छ । समूह ‘ए’ को खेलमा अमेरिकाले डलासमा पाकिस्तानलाई सुपर–ओभरमा हराएको थियो । अमेरिकाको यो लगातार दोस्रो जित रह्यो । अब पाकिस्तानी ...
First Prev ... 44 45 46 47 48 49 50 51 52 53 54 ... Next Last